मुख्य समाचार
अब कांग्रेसका उम्मेदवार केन्द्रले नछान्ने र पार्टी सभापति पनि देशभरका करिब ९ लाख साधारण सदस्यको प्रत्यक्ष मतदानबाटै चुनिने उद्घोष
अब कांग्रेसका उम्मेदवार केन्द्रले नछान्ने र पार्टी सभापति पनि देशभरका करिब ९ लाख साधारण सदस्यको प्रत्यक्ष मतदानबाटै चुनिने उद्घोष

। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको टिकट वितरणमा काठमाडौं अर्थात् केन्द्रको एकाधिकार अन्त्य गर्दै उम्मेदवार र पार्टी नेतृत्व छनोटमा महत्त्वपूर्ण प्रस्ताव अघि सारेका छन्।

काठमाडौंको खुलामञ्चमा जारी १५औं महाधिवेशनमा आफ्नो राजनीतिक प्रस्ताव प्रस्तुत गर्दै सभापति थापाले अब कांग्रेसका उम्मेदवार केन्द्रले नछान्ने र पार्टी सभापति पनि देशभरका करिब ९ लाख साधारण सदस्यको प्रत्यक्ष मतदानबाटै चुनिने उद्घोष गरेका हुन्।

उनले प्रस्तुत गरेको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ नामक दस्तावेजमा पार्टीको आन्तरिक लोकतन्त्रलाई तल्लो तहसम्मै पुर्‍याउने कठोर सङ्कल्प गरिएको छ।

‘टिकट अब नेताको कृपा होइन’

विगतमा निर्वाचनका बेला टिकट पाउन नेताहरूको घरदैलो गर्नुपर्ने र काठमाडौं धाउनुपर्ने बाध्यताको अन्त्य गर्न दस्ताबेजमा प्राइमरी निर्वाचनको व्यवस्था प्रस्ताव गरिएको छ।

सभापति थापाले आफ्नो प्रस्तावमा प्रस्ट लेखेका छन्, ‘उम्मेदवारी नेतृत्वको कृपा वा आर्थिक सामर्थ्यको पुरस्कार हुने छैन। छनोटदेखि निर्वाचित भएपछि गर्ने कामसम्म स्पष्ट प्रक्रिया र सार्वजनिक प्रतिबद्धता आवश्यक हुनेछन्।’

अब कांग्रेसले चुनाव लड्ने उम्मेदवार छनोट गर्दा पैसा र पहुँचलाई पूर्ण रूपमा निषेध गर्ने नीति लिएको छ। दस्ताबेजमा भनिएको छ, ‘प्राइमरी, योग्यता, सामुदायिक योगदान र नैतिक आचरणलाई छनोटको आधार बनाउनेछौं। पैसा, पहुँच वा नेतृत्वसँगको निकटतालाई योगदानको विकल्प बनाउने छैनौं।’

कुनै पनि व्यक्तिले उम्मेदवार बन्नका लागि पार्टीका सदस्यहरूको मत, समर्थक तथा शुभेच्छुकको सहभागिता र सार्वजनिक मतसर्वेक्षणबाट अनुमोदित हुनुपर्ने कडा मापदण्ड प्रस्ताव गरिएको छ।

९ लाख सदस्यले सीधै सभापति चुन्ने

महाधिवेशन प्रतिनिधिहरूको अङ्कगणित र गुटगत समीकरणका आधारमा मात्र पार्टी नेतृत्व चयन हुने प्रणालीलाई भत्काउँदै थापाले आम पार्टी सदस्यलाई नै सर्वोच्च अधिकार दिने नीति अघि सारेका छन्।

उनले पार्टीका करिब ९ लाख सदस्यलाई इङ्गित गर्दै नीति र नेतृत्व चयनमा उनीहरूकै प्रत्यक्ष सहभागिता सुनिश्चित गर्ने बताएका छन्। ‘सदस्यले छलफल गर्न, असहमति राख्न, चुन्न र चुनिन पाउनुपर्छ,’ दस्ताबेजमा भनिएको छ, ‘त्यसैले नीति र विचार निर्माण, उम्मेदवार छनोट तथा नेतृत्व चयनमा सदस्यको प्रत्यक्ष सहभागिता विस्तार गर्ने दिशामा हामी अग्रसर हुने छौं।’

पार्टीलाई केही नेताहरूको प्राइभेट क्लब बन्नबाट रोक्न उनले सदस्यहरूलाई केवल भिड जम्मा गर्न र निर्वाचनमा भोट माग्न मात्र परिचालन गर्ने अभ्यासलाई खारेज गर्ने घोषणासमेत गरेका छन्। दस्ताबेज भन्छ, ‘निर्णयमा पार्टी सदस्यको भूमिका कमजोर राखेर परिचालनमा मात्र सक्रिय बनाउन खोज्ने अभ्यास बदल्नुपर्छ।’

‘सम्पत्ति र पद उत्तराधिकारमा सर्दैन’

पार्टीभित्र परिवारवाद हावी भएको भन्दै भइरहेको आलोचनालाई सम्बोधन गर्न पनि थापाले कडा नीति प्रस्ताव गरेका छन्। उनले पदलाई पारिवारिक उत्तराधिकार वा आफ्नालाई सुरक्षित गर्ने माध्यम नबनाउने दस्ताबेजमार्फत प्रतिबद्धता जनाएका छन्।

‘राजनीतिक अवसर उत्तराधिकारमा सर्दैन,’ दस्ताबेजमा लेखिएको छ, ‘पारिवारिक निकटतालाई योग्यता र योगदानको विकल्प बनाउने अभ्यासले कांग्रेसको परिवारलाई साँघुरो बनाउँछ।’

१५औं महाधिवेशनमार्फत पारित हुने यो प्रस्तावले कांग्रेसको साङ्गठनिक संरचना, उम्मेदवार छनोट र नेतृत्व चयनको सम्पूर्ण परम्परागत ढाँचालाई भत्काएर ‘प्रत्यक्ष र सहभागितामूलक लोकतन्त्र’ तर्फ पार्टीलाई लैजाने थापाको दाबी छ। अब यो प्रस्ताव महाधिवेशनको बन्दसत्रमा विस्तृत छलफलका लागि प्रवेश गर्दै छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसले भविष्यमा हुने कुनै पनि निर्वाचनमा चुनावअघि अन्य दलसँग गठबन्धन नगर्ने प्रस्ट नीति अघि सारेको छ। काठमाडौंमा जारी १५औं महाधिवेशनमा सभापति गगन थापाले पेस गरेको राजनीतिक प्रस्तावमा आफ्नै चुनाव चिह्न रुखमा मात्रै चुनाव लड्ने दृढ संकल्प गरिएको हो। विगतका निर्वाचनहरूमा अन्य दलसँग गठबन्धन गर्दा पार्टीको पहिचान र जनसम्बन्ध कमजोर भएको निष्कर्ष निकाल्दै कांग्रेसले अब एक्लै ...
। नेपाली कांग्रेसले पार्टीको वित्तीय प्रणालीलाई पारदर्शी बनाउन र स्वार्थ समूहको प्रभाव अन्त्य गर्न कडा वित्तीय अनुशासनको प्रस्ताव अघि सारेको छ। १५औं महाधिवेशनमा सभापति गगनकुमार थापाले पेस गरेको राजनीतिक दस्तावेजमा पार्टीका हरेक तहलाई स्वीकृत वार्षिक तथा कार्यक्रमगत बजेटअनुसार चलाइने उल्लेख छ। पार्टीको कोषसम्बन्धी निर्णय अब नेतृत्वको व्यक्तिगत विवेकमा मात्र निर्भर नरहने र प्राइमरी तथा आन्तरिक निर्वाचनको खर्चमा ...
। सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले सिक्सर पेस्तोल बरामद गरेको छ । गएराति करिब १ बजे जनकपुरबाट घरतर्फ जाँदै गरेको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना भएको थियो । दुर्घटनामा मदनपुरका ३३ वर्षीय तुलसी ठाकुर सामान्य घाइते भएका छन् । घटनास्थलमा पुगेको प्रहरीले ठाकुरको शरीर खानतलासी गर्दा एक थान सिक्सर पेस्तोल फेला ...
। सरकारले अत्यावश्यकबाहेक हालका लागि भोटेकोशी–त्रिशूली बाढीपछिको खोज तथा उद्धार चरणलाई स्थगन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री वालेन शाहको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को एक्काइसौँ बैठकले अत्यावश्यक खोजसँगै पुनर्निर्माण र पुनर्स्थापनाको कार्य तीव्र रुपमा अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको छ । जिल्ला सुरक्षा ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तोसिमा कार्कीले नेपाली कांग्रेसलाई व्यवहारमा सुधारिएको देख्न चाहेको टिप्पणी गरेकी छन् । कांग्रेसको जारी १५ औं महाधिवेशनप्रति धारणा राख्दै रास्वपा केन्द्रीय सदस्य कार्कीले संघीय संसद्‌मा संख्यामा सानो देखिए पनि लोकतान्त्रिक इतिहासमा नेपाली कांग्रेसको योगदान अग्लो रहेको बताइन् । कांग्रेस केवल एक राजनितिक दलको नाम मात्रै नभई लोकतान्त्रिक ईतिहासको महत्वपूर्ण ...