मुख्य समाचार
कांग्रेसले पार्टीका नेता, जनप्रतिनिधि र कार्यकर्ताले पालना गर्नुपर्ने राजनीतिक मर्यादा र आचरणको कठोर मापदण्ड सार्वजनिक
कांग्रेसले पार्टीका नेता, जनप्रतिनिधि र कार्यकर्ताले पालना गर्नुपर्ने राजनीतिक मर्यादा र आचरणको कठोर मापदण्ड सार्वजनिक

। नेपाली कांग्रेसले पार्टीका नेता, जनप्रतिनिधि र कार्यकर्ताले पालना गर्नुपर्ने राजनीतिक मर्यादा र आचरणको कठोर मापदण्ड सार्वजनिक गरेको छ। काठमाडौंमा जारी १५औं महाधिवेशनमा सभापति गगनकुमार थापाले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा पार्टीले अबदेखि ‘के गर्ने र के नगर्ने’ भन्ने स्पष्ट सीमारेखा कोरिएको छ।

दस्तावेजको खण्ड ९.७ मा प्रस्तुत गरिएको यो मापदण्डअनुसार अब कांग्रेसले चुनावमा गठबन्धन नगर्ने, भ्रष्टाचारमा मुछिएकालाई संरक्षण नदिने र गुट वा पैसाका आधारमा टिकट नबाँड्ने प्रतिबद्धता जनाएको छ।

यसैगरी, संवैधानिक नियुक्तिमा दुई वर्षको कुलिङ अफ लागू गर्ने र बिचौलियाको प्रभावलाई रोक्ने नीति लिइएको छ।

नेतृत्वको सदिच्छामा मात्र भर नपरी यी मापदण्डलाई विधान, कार्यविधि, अभिलेख र सार्वजनिक समीक्षाबाटै लागू गरिने कांग्रेसले जनाएको छ।




अरूसँग मागिएको मापदण्ड आफ्नै निर्णयमा लागू गर्नु पार्टीको विश्वसनीयताको आधार हुने दस्तावेजमा उल्लेख छ।

कांग्रेसले अंगीकार गर्ने र निषेध गर्ने राजनीतिक मर्यादाको पूर्ण सूची तलको तालिकामा प्रस्तुत गरिएको छ:

क्षेत्र हामी के गर्नेछौं हामी के गर्नेछैनौं


लोकतान्त्रिक मूल्य लोकतन्त्र, मानव अधिकार, नागरिक स्वतन्त्रता र संवैधानिक मर्यादामा अडिनेछौँ। सत्ता, सुविधा वा तत्कालीन लाभका लागि मूल मूल्यमा सम्झौता गर्ने छैनौं।
राजनीतिक सहकार्य स्पष्ट सार्वजनिक उद्देश्य र नीतिगत आधारमा सहकार्य गर्नेछौँ। पद, प्रभाव र सुविधाको लेनदेनलाई राजनीतिक सहकार्य बनाउने छैनौं।
निर्वाचन र जनविश्वास आफ्नै पार्टीको चिह्न, कार्यक्रम र उम्मेदवारसहित प्रतिस्पर्धा गर्दै जित्न योग्य बन्नेछौँ। निर्वाचनपूर्व गठबन्धन र मतको अंकगणितमा आफ्नो पहिचान निर्भर बनाउने छैनौँ।
सार्वजनिक संवाद तथ्य, तर्क, विकल्प र कामका आधारमा बहस गर्नेछौँ।


घृणा, अपमान, समग्र निन्दा, निराशा वा लोकरिभ्याइँलाई राजनीतिक विधि बनाउने छैनौं।
राज्यका संस्था न्यायपालिका, संवैधानिक निकाय, विश्वविद्यालय र प्रशासनको स्वतन्त्रता तथा क्षमता बलियो बनाउनेछौं। दलीय नियुक्ति र भागबन्डाको क्षेत्र बनाउने छैनौं।
सार्वजनिक नियुक्ति समावेशितासहित योग्यता, क्षमता र इमानदारीमा आधारित छनोट अघि बढाउनेछौं; संवैधानिक नियुक्तिमा दुई वर्षको कुलिङ अफको व्यवस्था अघि सार्नेछौँ। दलगत निकटता, पारिवारिक सम्बन्ध वा दबाबलाई नियुक्तिको आधार बनाउने छैनौँ।
सार्वजनिक स्रोत सम्पत्ति, बजेट र अधिकारको उपयोग सार्वजनिक हित र नागरिक निगरानीमा गर्नेछौँ। दल, गुट वा व्यक्तिको लाभका लागि सार्वजनिक स्रोत दुरुपयोग हुन दिने छैनौँ।
नीतिगत सदाचार स्वार्थको द्वन्द्व, बिचौलियाको प्रभाव र नीतिगत भ्रष्टाचार नियन्त्रण गर्नेछौँ। नीतिगत निर्णयको नाममा अनुचित लाभ दिने वा छानबिनबाट उम्काउने छैनौँ।
भ्रष्टाचार र न्याय निष्पक्ष अनुसन्धान र न्यायिक परीक्षण चल्न दिनेछौं; आफ्नै पक्षमा पनि एउटै नियम लागू गर्नेछौँ। आरोपितको पार्टीगत बचाउ, राजनीतिक संरक्षण वा अनुसन्धानमा हस्तक्षेप गर्ने छैनौँ।
समावेशी अवसर महिला, युवा र वञ्चितिकरणमा परेका समुदायको नीति तथा नेतृत्वमा वास्तविक प्रभाव बढाउनेछौँ। प्रतिनिधित्वलाई संख्या, औपचारिकता वा सजावटमा सीमित गर्ने छैनौँ।
सदस्यको अधिकार नीति, नेतृत्व र उम्मेदवार छनोटमा सदस्यको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नेछौँ।


सदस्यलाई निर्देशन पालना र निर्वाचन परिचालनमा मात्र सीमित गर्ने छैनौं।
उम्मेदवार र जिम्मेवारी प्राइमरी, योग्यता, सामुदायिक योगदान र नैतिक आचरणलाई छनोटको आधार बनाउनेछौँ। पैसा, पहुँच वा नेतृत्वसँगको निकटतालाई योगदानको विकल्प बनाउने छैनौं।
पार्टीको परिवार योगदानको सम्मान, कठिनाइमा साथ र समान अवसरको संस्कृति बनाउनेछौं। पदलाई पारिवारिक उत्तराधिकार वा आफ्नालाई सुरक्षित गर्ने माध्यम बनाउने छैनौँ।
असहमति र अनुशासन आलोचना सुन्ने, निष्पक्ष सुनुवाइ गर्ने र गल्ती सच्याउनेछौँ। असहमतिलाई अनुशासनहीनता र आलोचकलाई शत्रु ठान्ने छैनौँ।


अधिवेशन र सदस्यता नियमित अधिवेशन, विश्वसनीय अभिलेख र निष्पक्ष प्रतिस्पर्धा सुनिश्चित गर्नेछौँ। अधिवेशन टार्न वा निर्वाचन प्रभावित पार्न अन्तिम समयमा सदस्यता दिने नियम बदल्ने छैनौँ।
पार्टीको वित्त सहयोगको स्रोत, आय-व्यय र लेखापरीक्षण सार्वजनिक गर्नेछौं।


आर्थिक सहयोगको बदलामा निर्णय, ठेक्का वा नियुक्तिबाट अनुचित लाभ दिने छैनौं।
काम र मूल्याङ्कन समुदायमा गरेको काम, सार्वजनिक उत्तरदायित्व र परिणामलाई सम्मान गर्नेछौं। प्रचार, व्यक्तिगत छवि वा गुटको सेवाबाट वास्तविक योगदान छोप्ने छैनौं।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसले भविष्यमा हुने कुनै पनि निर्वाचनमा चुनावअघि अन्य दलसँग गठबन्धन नगर्ने प्रस्ट नीति अघि सारेको छ। काठमाडौंमा जारी १५औं महाधिवेशनमा सभापति गगन थापाले पेस गरेको राजनीतिक प्रस्तावमा आफ्नै चुनाव चिह्न रुखमा मात्रै चुनाव लड्ने दृढ संकल्प गरिएको हो। विगतका निर्वाचनहरूमा अन्य दलसँग गठबन्धन गर्दा पार्टीको पहिचान र जनसम्बन्ध कमजोर भएको निष्कर्ष निकाल्दै कांग्रेसले अब एक्लै ...
। नेपाली कांग्रेसले पार्टीको वित्तीय प्रणालीलाई पारदर्शी बनाउन र स्वार्थ समूहको प्रभाव अन्त्य गर्न कडा वित्तीय अनुशासनको प्रस्ताव अघि सारेको छ। १५औं महाधिवेशनमा सभापति गगनकुमार थापाले पेस गरेको राजनीतिक दस्तावेजमा पार्टीका हरेक तहलाई स्वीकृत वार्षिक तथा कार्यक्रमगत बजेटअनुसार चलाइने उल्लेख छ। पार्टीको कोषसम्बन्धी निर्णय अब नेतृत्वको व्यक्तिगत विवेकमा मात्र निर्भर नरहने र प्राइमरी तथा आन्तरिक निर्वाचनको खर्चमा ...
। सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले सिक्सर पेस्तोल बरामद गरेको छ । गएराति करिब १ बजे जनकपुरबाट घरतर्फ जाँदै गरेको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना भएको थियो । दुर्घटनामा मदनपुरका ३३ वर्षीय तुलसी ठाकुर सामान्य घाइते भएका छन् । घटनास्थलमा पुगेको प्रहरीले ठाकुरको शरीर खानतलासी गर्दा एक थान सिक्सर पेस्तोल फेला ...
। सरकारले अत्यावश्यकबाहेक हालका लागि भोटेकोशी–त्रिशूली बाढीपछिको खोज तथा उद्धार चरणलाई स्थगन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री वालेन शाहको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को एक्काइसौँ बैठकले अत्यावश्यक खोजसँगै पुनर्निर्माण र पुनर्स्थापनाको कार्य तीव्र रुपमा अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको छ । जिल्ला सुरक्षा ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तोसिमा कार्कीले नेपाली कांग्रेसलाई व्यवहारमा सुधारिएको देख्न चाहेको टिप्पणी गरेकी छन् । कांग्रेसको जारी १५ औं महाधिवेशनप्रति धारणा राख्दै रास्वपा केन्द्रीय सदस्य कार्कीले संघीय संसद्‌मा संख्यामा सानो देखिए पनि लोकतान्त्रिक इतिहासमा नेपाली कांग्रेसको योगदान अग्लो रहेको बताइन् । कांग्रेस केवल एक राजनितिक दलको नाम मात्रै नभई लोकतान्त्रिक ईतिहासको महत्वपूर्ण ...