मुख्य समाचार
सामान्य विवादका क्रममा भएको कुटपिटबाट एक वृद्धको मृत्यु
सामान्य विवादका क्रममा भएको कुटपिटबाट एक वृद्धको मृत्यु

: पोखरा महानगरपालिका–२४ कार्कीको तगरामा सामान्य विवादका क्रममा भएको कुटपिटबाट एक वृद्धको मृत्यु भएको छ।

सोमबार साँझ ७२ वर्षीय पूर्णभद्र त्रिपाठीमाथि सोही ठाउँका २२ वर्षीय जगत दाहालले बियरको बोतल प्रहार गरेका थिए। बोतल प्रहारबाट त्रिपाठीको टाउकोमा गम्भीर चोट लागेर उनी बोल्न नसक्ने अवस्थामा पुगेका थिए। उपचारका लागि मेट्रोसिटी अस्पताल लगिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको हो।

घटनापछि फरार रहेका दाहाललाई पामे पुलनजिकैबाट नियन्त्रणमा लिएर प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कुश्मा बजार हुँदै मालढुंगा र बेनी बजारसम्मै ठाउँ ठाउँमा पहिरो खसेका छन् । कुनै ठाउँमा पहिरोले सडकसमेत सोहोरेर लग्यो भने कुनै ठाउँमा सडक किनारमै ढुंगामाटो थुप्रिएका छन् । भीरका अडिएका ढुंगाहरु झर्न ठिक्क परेझैँ देखिन्छन् । पर्वतको कुश्मा नगरपालिकाको सहस्रधारा र मालढुंगा–बेनी सडकका ठाउँ–ठाउँमा क्षतविक्षत सडकमा गाडी चल्न त थालेका छन् तर टाउकै माथिबाट खस्लाजस्तो ...
: सरकारले सहसचिव पद्मकुमार मैनालीलाई नेपाली इन्जिनियर सेवा सामूहिकरणतर्फको सचिवमा बढुवा गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद‍् बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेल मैनालीलाई सचिवमा बढुवा गरी पूर्वाधार विकास मन्त्रालयमा पदस्थापन गर्ने निर्णय भएको जानकारी दिए। यसअघि सचिव बढुवा समितिको बैठकले मैनालीलाई प्राविधिक सचिव बढुवाका लागि सिफारिस गरेको थियो।
। चितवनका उद्योगी व्यवसायीले नारायणी नदी नियन्त्रण तथा नारायणगढ बजार संरक्षणका लागि आवश्यक पहल गर्न रास्वपा सभापति रवि लामिछानेलाई भेट गरेका छन् । नदीको कटान र बाढीका कारण नारायणगढ बजारसहित आसपासका क्षेत्र जोखिममा परेको जनाउँदै उद्योग वाणिज्य संघ चितवनको टोलीले सोमबार सभापति लामिछानेसँग भेट गरेका छन् । टोलीले नारायणी नदीको दीर्घकालीन व्यवस्थापन, तटबन्धनसहित तत्काल आवश्यक पहल गर्न ...
: नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोकतन्त्रको केन्द्रमा ‘मान्छेको मूल्य’ हुनुपर्ने बताएका छन्। कांग्रेसको १५औँ महाधिवेशनका लागि प्रस्तुत प्रतिवेदनमा उनले निर्वाचनमा प्राप्त हुने ‘मान्छेको भोट’भन्दा नागरिकको जीवन र मानवीय मूल्यलाई प्रधान मान्नुपर्ने उल्लेख गरेका हुन्। शर्माले लोकतान्त्रिक संस्कृतिमा ‘मान्छेको मूल्य’ अनमोल हुने भन्दै अस्थायी ‘भोट’का लागि स्थायी रूपमा मानिसको अवमूल्यन गर्नु कुनै पनि दृष्टिले जायज नहुने ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ । विश्व बैंकका अध्यक्षको निमन्त्रणामा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका अर्थमन्त्री डा. वाग्ले र अध्यक्ष बाङ्गाबीच अमेरिकाको वासिङ्टनडिसीमा भेटवार्ता भएको हो । भेटघाटका क्रममा अर्थमन्त्री वाग्लेले हालै रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त बनेका भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माण, बृहत् ...