मुख्य समाचार
केन्द्रीय कार्यसमिति २९७ सदस्यीय हुने
केन्द्रीय कार्यसमिति २९७ सदस्यीय हुने

: नेपाली कांग्रेसको संशोधित विधान पारित भएको छ। १५ महाधिवेशनअन्तर्गत दोस्रो दिन खुलामञ्चमा भइरहेको बन्द सत्रले महामन्त्री प्रदीप पौडेलले पेस गरेको संशोधित विधान पारित गरेको हो।

प्रवक्ता देवराज चालिसेले मिडिया ब्रिफिङ गर्दै दिएको जानकारी अनुसार संशोधित विधानअनुसार केन्द्रीय कार्यसमिति २९७ सदस्यीय रहने छ। जसमा सभापति एक, वरिष्ठ उपसभापति एक तथा उपसभापति चार जना रहने छन्। उपसभापतिमा एक जना महिला अनिवार्य गरिएको छ।

त्यस्तै महामन्त्री ३ जना रहने छन्। जसमा एक जना महिला अनिवार्य गरिएको छ त्यस्तै सहमहामन्त्रीमा १५ जना रहने छन्। कोषाध्यक्ष केन्दूीय सदस्य मध्येबाट एक जना हुनेछन्।

प्रवक्ता एक जना हुनेछन् भने सहप्रवक्ता पनि हुनेछन्। केन्द्रीय सदस्यहरूमा खुलामा ४५ जना रहने छन्। महिला खुलामा १५ जना हुनेछन्। हरेक प्रदेशबाट एक महिलासहित चार जना हुनेछन्।

साथै उपत्यकाबाट एक महिलासहित दुई जना अनिवार्य गरिएको छ। त्यस्तै दलिततर्फ पाँच महिला र एक मधेसीसहित १४ जना रहने छन्। जनजातितर्फ ८ महिलासहित २० जना हुनेछन् भने खस आर्यबार्ट ८ महिलासहित १८ जना हुनेछन्।

मधेसीतर्फ पाँच महिलासहित १३ जना हुनेछन्। त्यस्तै जनसम्पर्क समितिबाट २ महिलासहित ७ जना हुनेछन्। पिछडिएको बर्गबाट ३ जना हुनेछन्। थारूबाट २ महिलासहित ६ जना रहेका छन्। श्रमिकबाट १ महिलासहित ३ जना, पेशागत विज्ञबाट दुई महिलासहित ७ जना रहेका छन्।

साथै सातै प्रदेशबाट २१ जना ३५ वर्ष मुनिका युवा रहने छन्। त्यस्तै अपाङ्गता भएकाबाट एक जना तथा प्रजातन्त्र सेनानीबाट तीन जना हुनेछन्। केन्द्रीय कार्यसमितिले पछि ६६ जना मनोनित गर्नेछ।

सोमबार विधान पारित भए पनि सभापति, उपसभापति र कोषाध्यक्षको प्रतिवेदन भने मंगलबारको बन्द सत्रलेमात्र पारित गर्नेछ। मंगलबार बिहान १० बजेदेखि उम्मेदवारको मनोनयन हुने भएकाले विधान भने सोमबारै पारित गरिएको हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सरकारले अत्यावश्यकबाहेक हालका लागि भोटेकोशी-त्रिशूली बाढीपछिको खोज तथा उद्धार चरणलाई स्थगन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को एक्काइसौँ बैठकले अत्यावश्यक खोजसँगै पुनर्निर्माण र पुनर्स्थापनाको कार्य तीव्र रुपमा अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको छ। जिल्ला सुरक्षा ...
: नेपाली कांग्रेसका सभापति गगन थापाले नेपालमा मात्र नभई विश्वका धेरै देशमा राजनीतिभन्दा बाहिरका नेताले निर्वाचन जितेको बताएका छन्। कांग्रेस महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै उनले संसार भरी एन्टी पोलिटिक्सको लहर रहेको उल्लेख गरेका हुन्।। उनले गत फागुन २१ को निर्वाचनमा नेपालमा पनि त्यस्तै भएको संकेत गरे। उनले युरोपसहित १४ वटा फरक-फरक देशमा पुराना पार्टीको मत ...
: नेपाल–भारत सीमावर्ती नाका काँकडभिट्टा–पानीट्यांकीस्थित नयाँ पुलबाट हतियारसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। सीमामा तैनाथ सशस्त्र सीमा बल (एसएसबी) ४१औँ बटालियनको बीआईटी टोलीले आइतबार दिउँसो ४ः१० बजे भारतबाट नेपालतर्फ आउँदै गरेको सवारीसाधन जाँचका क्रममा पेस्तोल, म्यागजिन तथा गोलीसहित सिक्किमका ताशी पाल्की भुटियालाई पक्राउ गरेको हो। सिक्किमबाट आएका भुटिया एसके ०२ पी ४८०० नम्बरको गाडी ...
: प्रधानमन्त्री वालेन्द्र शाहले संघ,प्रदेश र स्थानीय सरकारबीच आपसी समन्वयमा भदौ १० गतेयताको विपद् व्यवस्थापन निरन्तर भइरहेको बताएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकमा उनले सरकार कुनै पनि किसिमको सम्झौता नगरी विपद् व्यवस्थापनमा निरन्तर खटिरहेको स्पष्ट पारेका हुन्। बैठकमा गण्डकी,बाग्मती, मधेश र कोशी प्रदेशका मुख्यमन्त्रीहरूको पनि ...
: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सही राजनीतिक दिशा दिने जिम्मेवारी कांग्रेसको भएको बताएकछन्। कांग्रेसको १५औँ महाधिवेशनको बन्द सत्रमा राजनीतिक प्रस्ताव प्रस्तुत गर्दै थापाले कांग्रेस केवल चुनावी दल मात्र नभएर देशको राष्ट्रिय राजनीतिक शक्ति भएको बताएका हुन्। समाजमा व्याप्त निराशा, अविश्वास, घृणा र असन्तोषलाई चिर्दै देशलाई सही राजनीतिक दिशा दिने जिम्मेवारी कांग्रेसकै भएको थापाको ...