मुख्य समाचार
संवेदनशील सूचना चुहावट गरेको आरोपमा सरकारले सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाललाई पदबाट निलम्बन
संवेदनशील सूचना चुहावट गरेको आरोपमा सरकारले सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाललाई पदबाट निलम्बन

। संवेदनशील सूचना चुहावट गरेको आरोपमा सोमबार दिउँसो सरकारले सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाललाई पदबाट निलम्बन गरेको छ ।

गृह मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार उनले पदीय आचारणविरुद्धका कार्य गरेको र संवेदनशील सूचना चुहावट गरेका छन् ।

स्रोतले अनलाइनखबरलाई दिएको जानकारी अनुसार, उनको पद निलम्बन गर्नुका दुई कारण खुलेका छन् ।

पहिलो, पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँगको ‘कनेक्सन’ । गृह मन्त्रालय स्रोतका अनुसार, एआईजी दाहाल असोज ११ गते राति नै टेकुस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुगेका थिए । जहाँ पूर्व प्रधानन्यायाधीश जबरालाई घरबाटै नियन्त्रणमा लिएर प्रहरीले केहीबेर अघि मात्रै पुर्‍याएको थियो ।

‘जबरालाई चौकी लगेको केही समयमै उहाँ टेकु पुगेको देखिन्छ,’ स्रोतले भन्यो, ‘पदीय आचरणलाई ध्यानमै नराखि रातारात प्रहरी कार्यालय पुगेपछि उहाँमाथि थप अनुसन्धान थालिएको थियो ।’

स्रोतका अनुसार, उनले कसैलाई जानकारी नै नदिइ ‘चेन अफ कमाण्ड’ समेत मिचेका थिए ।

एआईजी वंशीराज टेकु पुग्नुको कारण खोज्दै जाँदा दोस्रो कारण खुलेको स्रोतको भनाइ छ ।

त्यो हो– झापाका इनम सापकोटा नाम गरेका व्यक्तिसँगको ‘कनेक्सन’ ।

प्रहरीको विशेष ब्युरोले गरेको अनुसन्धानका क्रममा इनम सापकोटासँग एआईजी दाहाल सम्पर्कमा रहेको देखिन्छ । जसलाई प्रहरीको अनुसन्धानले शंकास्पद रुपमा हेरेको थियो ।

उनै इनममार्फत एआईजी दाहालले पूर्व प्रधानन्यायाधीश जबरालाई संवेदनशील सूचना ‘सेयर’ गरेको देखिएको स्रोत बताउँछ ।

त्यस्तै, अनुसन्धानपछि इनमलाई समेत प्रहरीले नियन्त्रणमा लिएको थियो । उनलाई प्रहरीले नियन्त्रणमा लिएर एक दिनमा छाडेको थियो ।

इनमको मोबाइलबाट वंशीराजले सबै कुरा ‘सेयर’ गर्ने गरेको देखिएको अनुसन्धान ब्युरो स्रोतले जनाएको छ ।

आज बसेको गृह मन्त्रालयको बैठकले जाँचबुझ अधिकृत तोकेर छानबिन अघि बढाउने निर्णय पनि गरेको छ । तीन दिनभित्र जाँचबुझ गरी मन्त्रालयमा प्रतिवेदन पेश गर्न जाँचबुझ अधिकृतलाई कार्यादेश तोकिएको छ ।

तयार पारिने प्रतिवेदनमा जबरा, दाहाल र सापकोटाबीचको कनेक्सनबारे यिनै तथ्य राख्ने तयारी सरकारको छ ।

११ असोज राति सरकारले सुरक्षा थ्रेट रहेको भन्दै पूर्वप्रधानन्यायाधीश राणालाई घरबाटै नियन्त्रणमा लिएको थियो ।

उनलाई करिब १२ घण्टा प्रहरीले नियन्त्रणमा राखेर छाडेको थियो । उनलाई घरबाटै रातारात पक्राउ गरिएको शैलीमाथि त्यतिबेला आलोचना पनि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सरकारले अत्यावश्यकबाहेक हालका लागि भोटेकोशी-त्रिशूली बाढीपछिको खोज तथा उद्धार चरणलाई स्थगन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को एक्काइसौँ बैठकले अत्यावश्यक खोजसँगै पुनर्निर्माण र पुनर्स्थापनाको कार्य तीव्र रुपमा अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको छ। जिल्ला सुरक्षा ...
: नेपाली कांग्रेसका सभापति गगन थापाले नेपालमा मात्र नभई विश्वका धेरै देशमा राजनीतिभन्दा बाहिरका नेताले निर्वाचन जितेको बताएका छन्। कांग्रेस महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै उनले संसार भरी एन्टी पोलिटिक्सको लहर रहेको उल्लेख गरेका हुन्।। उनले गत फागुन २१ को निर्वाचनमा नेपालमा पनि त्यस्तै भएको संकेत गरे। उनले युरोपसहित १४ वटा फरक-फरक देशमा पुराना पार्टीको मत ...
: नेपाल–भारत सीमावर्ती नाका काँकडभिट्टा–पानीट्यांकीस्थित नयाँ पुलबाट हतियारसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। सीमामा तैनाथ सशस्त्र सीमा बल (एसएसबी) ४१औँ बटालियनको बीआईटी टोलीले आइतबार दिउँसो ४ः१० बजे भारतबाट नेपालतर्फ आउँदै गरेको सवारीसाधन जाँचका क्रममा पेस्तोल, म्यागजिन तथा गोलीसहित सिक्किमका ताशी पाल्की भुटियालाई पक्राउ गरेको हो। सिक्किमबाट आएका भुटिया एसके ०२ पी ४८०० नम्बरको गाडी ...
: प्रधानमन्त्री वालेन्द्र शाहले संघ,प्रदेश र स्थानीय सरकारबीच आपसी समन्वयमा भदौ १० गतेयताको विपद् व्यवस्थापन निरन्तर भइरहेको बताएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकमा उनले सरकार कुनै पनि किसिमको सम्झौता नगरी विपद् व्यवस्थापनमा निरन्तर खटिरहेको स्पष्ट पारेका हुन्। बैठकमा गण्डकी,बाग्मती, मधेश र कोशी प्रदेशका मुख्यमन्त्रीहरूको पनि ...
: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सही राजनीतिक दिशा दिने जिम्मेवारी कांग्रेसको भएको बताएकछन्। कांग्रेसको १५औँ महाधिवेशनको बन्द सत्रमा राजनीतिक प्रस्ताव प्रस्तुत गर्दै थापाले कांग्रेस केवल चुनावी दल मात्र नभएर देशको राष्ट्रिय राजनीतिक शक्ति भएको बताएका हुन्। समाजमा व्याप्त निराशा, अविश्वास, घृणा र असन्तोषलाई चिर्दै देशलाई सही राजनीतिक दिशा दिने जिम्मेवारी कांग्रेसकै भएको थापाको ...