: १० औं राष्ट्रिय खेलकुदको लागि सुर्खेतको विरेन्द्रनगरमा सचिवालय स्थापना गरिएको छ।
१० औं राष्ट्रिय खेलकुदको आयोजनाको लागि हाल राखेप सदस्य सचिव रामचरित्र मेहेताको टोलीले विरेन्द्रनगरको रंगशाला परिसरमा सचिवालय स्थापना गरेको हो। कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले सचिवालयको उद्घाटन गरे।
सचिवालय स्थापनाका क्रममा कर्णाली प्रदेशका माननीय सामाजिक विकास मन्त्री जितबहादुर मल्ल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता, कर्णाली प्रदेश खेलकुद विकास परिषद्का पदाधकिारीलगायतको उपस्थिति रहेको थियो।
१० औं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशको सु्र्खेतलगायत ठाउँहरुमा हुने तालिका रहेको छ। १० औं राष्ट्रिय खेलकुदमा ३२ वटा खेलले सहभागिता जनाउनेछन्।