मुख्य समाचार
लोकतन्त्रको केन्द्रमा ‘मान्छेको मूल्य’ हुनुपर्ने
लोकतन्त्रको केन्द्रमा ‘मान्छेको मूल्य’ हुनुपर्ने

: नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोकतन्त्रको केन्द्रमा ‘मान्छेको मूल्य’ हुनुपर्ने बताएका छन्। कांग्रेसको १५औँ महाधिवेशनका लागि प्रस्तुत प्रतिवेदनमा उनले निर्वाचनमा प्राप्त हुने ‘मान्छेको भोट’भन्दा नागरिकको जीवन र मानवीय मूल्यलाई प्रधान मान्नुपर्ने उल्लेख गरेका हुन्।

शर्माले लोकतान्त्रिक संस्कृतिमा ‘मान्छेको मूल्य’ अनमोल हुने भन्दै अस्थायी ‘भोट’का लागि स्थायी रूपमा मानिसको अवमूल्यन गर्नु कुनै पनि दृष्टिले जायज नहुने बताएका छन्।

प्रतिवेदनमा उनले भनेका छन्, ‘लोकतान्त्रिक संस्कृतिमा मान्छेको मूल्य अनमोल हुन्छ र यो निर्वाचनमा पाइने मान्छेको भोटभन्दा प्रधान हुन्छ।’

उनले लोकतन्त्रलाई केवल निर्वाचन हुने र निर्वाचनबाट सरकारको नेतृत्व चयन हुने प्रक्रियाका रूपमा मात्र बुझ्न नहुने बताएका छन्। लोकतान्त्रिक संस्कृतिमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था पनि उत्तिकै महत्वपूर्ण हुने उनको भनाइ छ।

शर्माले परम्परागत रूपमा लोकतन्त्रलाई ‘बोल्ने अधिकार’का रूपमा बुझिए पनि अहिले नागरिकले बोलेको सुनियो कि सुनिएन र सुनुवाइ भयो कि भएन भन्ने आधारमा लोकतन्त्रको परीक्षण हुने बताएका छन्।

प्रतिवेदनमा उनले फागुन २१ पछि बनेको सरकारले सुकुम्बासी व्यवस्थापनका क्रममा मानवीय संवेदनशीलता ख्याल नगरेको भन्दै त्यसलाई ‘मान्छेको मूल्य’सँग जोडेर प्रश्न उठाएका छन्। बालबालिका, वृद्धवृद्धा र सुत्केरीसमेतलाई मध्यवर्षामा उठिबास लगाइएको उल्लेख गर्दै उनले बसोबास कानुनी नहुन सक्ने भए पनि ती मानिसको जीवन अवैधानिक नभएको बताएका छन्।

शर्माले लोकतान्त्रिक संस्कृतिको क्षय रोक्न राजनीति र शासन सञ्चालनमा नागरिकको सम्मान तथा संवेदनशीलतालाई केन्द्रमा राख्नुपर्ने बताएका छन्। प्रतिवेदनको अन्त्यमा उनले कांग्रेसले चुनाव जित्ने तयारीलाई दोस्रो प्राथमिकतामा राखेर नागरिकको विश्वास जित्ने राजनीतिक संस्कृतिलाई पहिलो स्थानमा राखेको उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सरकारले अत्यावश्यकबाहेक हालका लागि भोटेकोशी-त्रिशूली बाढीपछिको खोज तथा उद्धार चरणलाई स्थगन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को एक्काइसौँ बैठकले अत्यावश्यक खोजसँगै पुनर्निर्माण र पुनर्स्थापनाको कार्य तीव्र रुपमा अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको छ। जिल्ला सुरक्षा ...
: नेपाली कांग्रेसका सभापति गगन थापाले नेपालमा मात्र नभई विश्वका धेरै देशमा राजनीतिभन्दा बाहिरका नेताले निर्वाचन जितेको बताएका छन्। कांग्रेस महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै उनले संसार भरी एन्टी पोलिटिक्सको लहर रहेको उल्लेख गरेका हुन्।। उनले गत फागुन २१ को निर्वाचनमा नेपालमा पनि त्यस्तै भएको संकेत गरे। उनले युरोपसहित १४ वटा फरक-फरक देशमा पुराना पार्टीको मत ...
: नेपाल–भारत सीमावर्ती नाका काँकडभिट्टा–पानीट्यांकीस्थित नयाँ पुलबाट हतियारसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। सीमामा तैनाथ सशस्त्र सीमा बल (एसएसबी) ४१औँ बटालियनको बीआईटी टोलीले आइतबार दिउँसो ४ः१० बजे भारतबाट नेपालतर्फ आउँदै गरेको सवारीसाधन जाँचका क्रममा पेस्तोल, म्यागजिन तथा गोलीसहित सिक्किमका ताशी पाल्की भुटियालाई पक्राउ गरेको हो। सिक्किमबाट आएका भुटिया एसके ०२ पी ४८०० नम्बरको गाडी ...
: प्रधानमन्त्री वालेन्द्र शाहले संघ,प्रदेश र स्थानीय सरकारबीच आपसी समन्वयमा भदौ १० गतेयताको विपद् व्यवस्थापन निरन्तर भइरहेको बताएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकमा उनले सरकार कुनै पनि किसिमको सम्झौता नगरी विपद् व्यवस्थापनमा निरन्तर खटिरहेको स्पष्ट पारेका हुन्। बैठकमा गण्डकी,बाग्मती, मधेश र कोशी प्रदेशका मुख्यमन्त्रीहरूको पनि ...
: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सही राजनीतिक दिशा दिने जिम्मेवारी कांग्रेसको भएको बताएकछन्। कांग्रेसको १५औँ महाधिवेशनको बन्द सत्रमा राजनीतिक प्रस्ताव प्रस्तुत गर्दै थापाले कांग्रेस केवल चुनावी दल मात्र नभएर देशको राष्ट्रिय राजनीतिक शक्ति भएको बताएका हुन्। समाजमा व्याप्त निराशा, अविश्वास, घृणा र असन्तोषलाई चिर्दै देशलाई सही राजनीतिक दिशा दिने जिम्मेवारी कांग्रेसकै भएको थापाको ...