: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सही राजनीतिक दिशा दिने जिम्मेवारी कांग्रेसको भएको बताएकछन्।
कांग्रेसको १५औँ महाधिवेशनको बन्द सत्रमा राजनीतिक प्रस्ताव प्रस्तुत गर्दै थापाले कांग्रेस केवल चुनावी दल मात्र नभएर देशको राष्ट्रिय राजनीतिक शक्ति भएको बताएका हुन्। समाजमा व्याप्त निराशा, अविश्वास, घृणा र असन्तोषलाई चिर्दै देशलाई सही राजनीतिक दिशा दिने जिम्मेवारी कांग्रेसकै भएको थापाको भनाइ छ। उनले कांग्रेसले संसदमा प्रतिपक्षको रूपमा नागरिकका मुद्दाहरू प्रखर रूपमा उठाउने र ती मुद्दाहरूलाई तार्किक निष्कर्षमा पु¥याएर सरकारलाई सम्बोधन गर्न बाध्य पार्ने उल्लेख गरे।
आफ्नो राजनीतिक प्रतिवेदन आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक मार्गदर्शन उनले बताए। फागुन २१ को निर्वाचनमा पार्टीले अप्रत्याशित परिणाम भोगेको र संसदमा उपस्थिति खुम्चिएको भन्दै सभापति थापाले यसलाई केवल चुनावी प्रचार वा आन्तरिक बेमेलको रूपमा मात्र हेरियो भने थप दुर्घटना हुने धारणा राखे।
थापाले निर्वाचनपूर्व कुनै पनि गठबन्धन नगरी आफ्नै चुनाव चिह्न, कार्यक्रम र उमेदवारसहित जनविश्वास जितेर प्रतिस्पर्धा गर्ने र मतको अंकगणितका लागि आफ्नो मौलिक पहिचानलाई कमजोर नबनाउने प्रतिवेदनमा उल्लेख गरेका छन्।