: नेपाली कांग्रेसका सभापति गगन थापाले नेपालमा मात्र नभई विश्वका धेरै देशमा राजनीतिभन्दा बाहिरका नेताले निर्वाचन जितेको बताएका छन्। कांग्रेस महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै उनले संसार भरी एन्टी पोलिटिक्सको लहर रहेको उल्लेख गरेका हुन्।।
उनले गत फागुन २१ को निर्वाचनमा नेपालमा पनि त्यस्तै भएको संकेत गरे। उनले युरोपसहित १४ वटा फरक-फरक देशमा पुराना पार्टीको मत ४० प्रतिशत घटेको अध्ययनको तथ्य सार्वजनिक भएको बताए। युक्रेनका राष्ट्रपति कमेडियनले जितेको उदाहरण दिँदै नेपालमा मात्र नभई राजनीतिभन्दा परको व्यक्ति छनोट भइरहेको बताएका हुन्।
संसारभरी भएको फेनोमेना नेपालमा पनि चलिरहेको स्मरण गराए। उनले भदौ २३ गते दमन र २४ गते अपराध भएको उल्लेख गरे। उनले अहिलेको झट्ट हेर्दै शान्त देखिएपनि दुई तिहाइको बहुमत भए पनि एउटा घटनाले पनि एकाएक आगो बल्न सक्ने टिप्पणी गरे।
उनले नेपाली समाजमा अहिलेपनि बेचैन, ठूलो फ्रस्टेसन र असन्तुष्टि रहेको बताए। थापाले चुनावबाट नयाँ पार्टी आएपनि असन्तुष्टिको कारणहरू सम्बोधन नभएकाले कुनै पनि बेलामा एउटा जनउभारको स्थिति आउन सक्ने आँकलन गरे।
सभापति थापाले विगतको इतिहास र क्रान्तिले मात्र वर्तमानमा नहुने देखिएको उल्लेख गरे। उनले चुनाव हारेपनि कांग्रेस राष्ट्रिय पार्टी रहेको दाबी गरे। उनले जनतासँग कांग्रेस पुग्नुपर्ने आवश्यकता रहेको बताए।