मुख्य समाचार
सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै गृहमन्त्री गुरूङले राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान विश्वासघात गर्ने व्यक्तिलाई कानुनको कठघरामा ल्याइने बताए
सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै गृहमन्त्री गुरूङले राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान विश्वासघात गर्ने व्यक्तिलाई कानुनको कठघरामा ल्याइने बताए

: गृहमन्त्री सुदन गुरूङले देश र संगठनमाथि विश्वासघात गर्ने जोसुकै भए पनि उन्मुक्ति नपाउने बताएका छन्। सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै गृहमन्त्री गुरूङले राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान विश्वासघात गर्ने व्यक्तिलाई कानुनको कठघरामा ल्याइने बताएका हुन्।

‘राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान आफ्नो देश र संगठनमाथि विश्वासघात गर्ने जोसुकै होस्,कुनै उन्मुक्ति पाउने छैन,कानुनको कठघरामा ल्याइनेछ,’उनले भनेका छन्।

गृह मन्त्रालय र मातहतका निकायमा जिम्मेवारीमा रहेका पदाधिकारी वा कर्मचारीले आफ्नो पदीय हैसियत भुलेर गोप्य वा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई चुहाउने प्रवृत्ति आफूले लामो समयदेखि नियालिरहेको उनले बताएका छन्।

गृहमन्त्री गुरूङले राज्यका संवेदनशील सूचना कसैको निजी सम्पत्ति नभइ सार्वजनिक जिम्मेवारी भएको बताएका छन्। पदले सूचनामा पहुँच दिए पनि त्यसको दुरुपयोग गर्ने अधिकार नदिने उनको भनाइ छ। ‘यहाँ प्राप्त हुने सानोभन्दा सानो सूचना,सुराक वा गुप्त जानकारीले समेत अपराध रोक्न,अनुसन्धान अघि बढाउन वा भविष्यमा कुनै गम्भीर घटनाको सत्यतथ्य स्थापित गर्न निर्णायक भूमिका खेल्छ,’उनले लेखेका छन्।

यसअघि सोमबार गृह मन्त्रालयले सुरक्षासँग सम्बन्धित महत्त्वपूर्ण सूचना चुहावट गरेको भन्दै सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी)वंशीराज दाहाललाई निलम्बन गरेको छ।

एआईजी दाहालले सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरी पदीय आचरणविपरीतको कार्य गरेको भन्दै कारबाहीका लागि मन्त्रालयमा सिफारिस गरिएको थियो।

उक्त अभियोगमाथि जाँचबुझ गर्न गृह मन्त्रालयले असोज १९ गतेको निर्णयअनुसार दाहाललाई निलम्बन गरेको हो। मन्त्रालयले तीन दिनभित्र जाँचबुझ सम्पन्न गरी प्रतिवेदन पेस गर्न जाँचबुझ अधिकृतसमेत तोकेको छ। सोही सन्दर्भलाई लिएर गृहमन्त्री गुरूङले राज्यको सूचना चुहावट गर्ने जोसुकै भएपनि कानुनको कठघरामा ल्याइ छोड्ने बताएका हुन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तातोपानी नाका सञ्चालन गर्ने बारेमा चीनसँग कुराकानी भइरहेको बताएका छन् । मंगलबार संसदीय विशेष समितिको बैठकमा बोल्दै मन्त्री लम्सालले यस्तो बताएका हुन् । उनले तातोपानी नाका पुन: सञ्चालनमा ल्याउने एवं रसुवागढी नाका सञ्चालनमा ल्याउने बारेमा सरकार निरन्तर प्रयत्नशील रहेको जानकारी दिए । मन्त्री लम्सालले अहिले तातोपानी नाकामा नेपालतर्फ कुनै समस्या नरहेको र नेपालतर्फको ...
। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले विपद्‍मा बेपत्ता भएका व्यक्तिको मृत्यु घोषणा तथा मृत्यु दर्तासम्बन्धी कानुनी व्यवस्था संशोधनको तयारी भइरहेको बताएकी छन् । सिंहदरबारमा आयोजित हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा उनले अध्यादेशमार्फत मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन संसोधन गर्न लागेको बताएकी हुन् । संसद्को नियमित अधिवेशन अन्त्य ...
। नेकपा एमालेले २१ फागुनको चुनावी हारलाई अध्यक्ष केपी शर्मा ओलीको व्यक्तिगत असफलताका रुपमा लिन नहुने निष्कर्ष जारी गरेको छ । तेस्रो केन्द्रीय कमिटी बैठकपछि जारी अपानिमा पार्टीको हारलाई समग्र परिस्थितिसँग विश्लेषण गर्नुपर्ने उल्लेख गरिएको छ । ‘हार बाह्य प्रहारको मात्र परिणाम होइन, हार हाम्रो आन्तरिक कमजोरीको परिणाम पनि हो । तर हार अध्यक्षको व्यक्तिगत असफलता ...
: पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले रसुवा बाढी प्रभावितलाई दसैं अघि नै सुरक्षित ठाउँमा पुनस्थापित गर्नेगरि काम भइरहेको बताएका छन्। सिंहदरबारमा मंगलबार बसेको हिमालमा जलवायु परिवर्तनको प्रभाव,जलवायु न्याय तथा भोटेकोशी–त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समिति बैठकमा मन्त्री लम्सालले बाढी प्रभावित नागरिकहरूलाई सकेसम्म दसैं अघि नै सुरक्षित ठाउँमा पुनस्थापित गरी चाडपर्वको माहोल बनाउने लक्ष्यका साथ स्थानीय तहसँग समन्वय ...
। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सम्भावित भारत भ्रमणबारे संसदीय समितिमा चर्चा भएको छ । हाल भारतका लागि नेपाली राजदूत छैनन् । यस्तो अवस्थामा भारतका लागि नेपाली राजदूत छिटो गरी नियुक्त गर्नुपर्ने विषय संसदीय सुनुवाइ समितिमा उठेको हो । सरकारले भारतका लागि राजदूतमा डा. निश्चलनाथ पाण्डेको नाम सिफारिस गरेको छ । पाण्डेसहित १३ जना प्रस्तावित राजदूतको संसदीय सुनुवाइ ...