मुख्य समाचार
१५औं महाधिवेशनमा सहभागी प्रतिनिधि तथा नेताहरूले वडादेखि केन्द्रसम्म ३५ वर्षमुनिका युवा, विज्ञ, श्रमिक र विविध जातीय क्लस्टरको बाक्लो सहभागिताले पार्टीमा नयाँ जोस र ऊर्जा
१५औं महाधिवेशनमा सहभागी प्रतिनिधि तथा नेताहरूले वडादेखि केन्द्रसम्म ३५ वर्षमुनिका युवा, विज्ञ, श्रमिक र विविध जातीय क्लस्टरको बाक्लो सहभागिताले पार्टीमा नयाँ जोस र ऊर्जा

: नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सहभागी प्रतिनिधि तथा नेताहरूले वडादेखि केन्द्रसम्म ३५ वर्षमुनिका युवा, विज्ञ, श्रमिक र विविध जातीय क्लस्टरको बाक्लो सहभागिताले पार्टीमा नयाँ जोस र ऊर्जा थपिएको बताएका छन् ।

गगन थापा र विश्वप्रकाश शर्माजस्ता नयाँ पुस्ताको नेतृत्वले भविष्यका लागि आशा जगाएको र विदेशमा रहेका नेपालीसमेत समेटिएकाले महाधिवेशनलाई रूपान्तरण र एकताको ‘नवीन कांग्रेस’ निर्माण गर्ने अवसरका रूपमा लिएको उनीहरूको भनाइ छ । उनीहरूले निवर्तमान सभापति शेरबहादुर देउवाको अनुपस्थितिप्रति भने खिन्नता प्रकट गरेका छन् ।

रेनुका काउचा (प्रतिनिधिसभा सदस्य)




नयाँ भनिएको कांग्रेस हिजोको भन्दा फरक, नयाँ जोस र जाँगर बोकेको छ । वडादेखि केन्द्रीय तहसम्मै ३५ वर्षमुनिका युवाहरूको बाक्लो सहभागिता छ । युवाका साथै पेसागत विज्ञ, श्रमिक र विभिन्न जातीय क्लस्टरको प्रतिनिधित्वले पार्टीलाई अझ मजबुत बनाउनेछ । निवर्तमान सभापति शेरबहादुर देउवा महाधिवेशन उद्घाटनमा नआउँदा अलिकति निराशा त लाग्यो, उहाँको उपस्थिति भएको भए थप ऊर्जा मिल्ने थियो ।
रामहरि खतिवडा (नेता, नेपाली कांग्रेस)
नयाँ पुस्तालाई सम्मान गर्दै ३५ वर्षमुनिका युवाहरूलाई गाउँदेखि केन्द्रसम्म ल्याउने पद्धति विकास गरेका छौैं । बुद्धिजीवी र प्रवासमा बस्ने नेपालीहरूका लागि छुट्टै कोटा तय गरिएको छ ।

जनजाति, दलित, मधेसी, अल्पसंख्यक र पिछडिएका सबै वर्गको सहभागिताले यो असाध्यै समावेशी बनेको छ । हामी कुनै नेतालाई देवता वा राक्षस बनाउने पक्षमा छैनौं । पाँच पुस्ते इतिहास बोकेको पार्टीमा सबै नेताहरू पुनः एकै ठाउँमा उभिएर कांग्रेसलाई सबैको प्रिय बनाउन लाग्नु हुनेछ ।

दीपनकुमार श्रेष्ठ (केन्द्रीय सदस्यका उम्मेदवार)
यो १५औं महाधिवेशन रूपान्तरण र एकताको महाअभियान हो । कांग्रेसमा रहेका पाँच पुस्तालाई सँगै लिएर हिँड्ने लक्ष्य यसले बोकेको छ । यसपालि केन्द्रीय पदाधिकारी र सदस्यका रूपमा युवाहरू उल्लेख्य रूपमा सामेल भएकाले यो युवामैत्री महाधिवेशन बनेको छ । आगामी निर्वाचनमा पनि धेरैजसो युवाहरूकै बाहुल्य हुनेछ ।

अनन्तकुमार गौली (नेता, नेपाली कांग्रेस)
करिब सात हजार प्रतिनिधिको उपस्थिति देख्दा उत्साहजनक माहोल छ । विगतमा पाका नेता र उस्तै कार्यकर्ता मात्रै देखिन्थे भने अहिले गगन थापा र विश्वप्रकाश शर्माजस्ता नयाँ जोस–जाँगर भएका नेताहरूको नेतृत्वले देशको भविष्यका लागि राम्रो खाका कोरेको छ ।

लामो त्याग र तपस्या गर्नुभएका निवर्तमान सभापति शेरबहादुर देउवा पनि महाधिवेशनमा आइदिएको भए ’सुनमा सुगन्ध’ हुने थियो ।

सत्यराज भण्डारी (केन्द्रीय सदस्यका उम्मेदवार, बझाङ)
हामी एक वर्षदेखि नै ‘सच्चिने कि सकिने’ भन्दै रूपान्तरणको अभियानमा थियौं । तर, कांग्रेसले सत्ताका लागि एमालेसँग जुन गठबन्धन गर्‍यो, त्यसले जनतामा निराशा छाएको छ । अब पुराना कमी, कमजोरी सच्याएर नवीन कांग्रेस बनाउनुपर्छ । इतिहासको मात्रै धाक लगाएर पुग्दैन, अब सीधा जनतासँग जोडिने काम गर्नुपर्छ ।

चण्डीराज याङ्या (केन्द्रीय सदस्यका उम्मेदवार)
१४ र १५औं महाधिवेशनबीचको मुख्य भिन्नता नै युवाहरूको उत्साहजनक सहभागिता, जोस र ऊर्जा हो । यसपटक युवाका साथै विदेशमा रहेका नेपालीहरूका लागि छुट्टै क्लस्टर बनाएर केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने व्यवस्था गरिएको छ, जुन यो महाधिवेशनले ल्याएको सबैभन्दा ठूलो र सकारात्मक परिवर्तन हो ।

प्रस्तुति : सागर घले/निमा योञ्जन

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नजिकिंदै गरेको दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ २३असोजदेखि खुला हुने भएको छ। यातायात व्यवस्था विभागमा मंगलबार सरोकारवाला निकायहरू बीच भएको उच्चस्तरीय बैठकले उक्त निर्णय गरेको हो। चाडबाडको समयमा काठमाडौंबाट बाहिरिने यात्रुहरूको सहजताका लागि विभागको आयोजनामा यातायात व्यवसायी राष्ट्रिय महासंघ, यातायात श्रमिक संगठनहरू, नेपाल प्रहरी, ट्राफिक प्रहरी र नयाँ ...
: गत भदौ १० भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरुका लागि सरकारले अस्थायी आवास निर्माणको काम अगाडि बढाउने निर्णय गरेको छ। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा मंगलबार बसेको बैठकले विभिन्न साझेदार संघसंस्था तथा स्थानीय तहसँगको सहकार्यमा तत्काल अस्थायी आवास निर्माणको काम अगाडि बढाउने निर्णय गरेको हो। बैठकले पुनर्निर्माणमा सहयोग गर्न चाहने विकास साझेदार संघसंस्थाहरूलाई आफूले ...
। सभामुख डोलप्रसाद (डीपी) अर्यालको नेतृत्वमा अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को १५३औँ महासभामा भाग लिइरहेको नेपाली प्रतिनिधिमण्डल र त्यहाँ रहेको चिनियाँ प्रतिनिधिमण्डलबीच आज भेटवार्ता भएको छ । त्यस अवसरमा उनीहरूबीच नेपाल–चीनबीच जनस्तरमा समेत रहिआएको न्यानो र मित्रवत् सम्बन्ध तथा संसदीय सम्बन्धलाई आगामी दिनमा थप सुदृढ बनाउने विषयमा केन्द्रित रही विचारविमर्श भएको थियो । भेटका अवसरमा सभामुख अर्यालले नेपाल ...
। गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउने जोसुकैलाई कारबाही हुने बताएका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत गृहमन्त्री गुरुङले यस्तो बताएका हुन् । राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान आफ्नो देश र संगठनमाथि विश्वासघात गर्ने जोसुकै भए पनि कुनै उन्मुक्ति नपाउने भन्दै उनले त्यस्ता व्याक्तिलाई कानुनको कठघरामा ल्याउने बताए । संवेदनशील सूचना चुहावट गरेको आरोपमा सोमबार सरकारले सशस्त्र प्रहरीका एआईजी ...
। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तातोपानी नाका सञ्चालन गर्ने बारेमा चीनसँग कुराकानी भइरहेको बताएका छन् । मंगलबार संसदीय विशेष समितिको बैठकमा बोल्दै मन्त्री लम्सालले यस्तो बताएका हुन् । उनले तातोपानी नाका पुन: सञ्चालनमा ल्याउने एवं रसुवागढी नाका सञ्चालनमा ल्याउने बारेमा सरकार निरन्तर प्रयत्नशील रहेको जानकारी दिए । मन्त्री लम्सालले अहिले तातोपानी नाकामा नेपालतर्फ कुनै समस्या नरहेको र नेपालतर्फको ...