मुख्य समाचार
ओलीले अध्यक्ष नछोड्ने सन्देश सहितको अन्तरपार्टी निर्देशन जारी
ओलीले अध्यक्ष नछोड्ने सन्देश सहितको अन्तरपार्टी निर्देशन जारी

। नेकपा एमालेले २१ फागुनको चुनावी हारलाई अध्यक्ष केपी शर्मा ओलीको व्यक्तिगत असफलताका रुपमा लिन नहुने निष्कर्ष जारी गरेको छ ।

तेस्रो केन्द्रीय कमिटी बैठकपछि जारी अपानिमा पार्टीको हारलाई समग्र परिस्थितिसँग विश्लेषण गर्नुपर्ने उल्लेख गरिएको छ । ‘हार बाह्य प्रहारको मात्र परिणाम होइन, हार हाम्रो आन्तरिक कमजोरीको परिणाम पनि हो । तर हार अध्यक्षको व्यक्तिगत असफलता होइन,’ अपानिमा लेखिएको छ, ‘यो सिंगो पार्टी संरचना, समयको मनोविज्ञान, बाह्य बातावरण, डिजिटल आक्रमण, चुनावी अवस्था र हाम्रा संगठनात्मक कमजोरीहरुको संयुक्त परिणाम हो ।’

अपानिमा ओलीले आफ्नो भागमा पर्ने हारको जिम्मेवारी लिने उल्लेख गरेका छन् । तर अध्यक्ष नछोड्ने तर्क राखेका छन् । ‘अध्यक्षका रुपमा आफ्नो भागको जिम्मेवारी स्वीकार गर्छ । तर म यो पनि भन्छु– यो समय भाग्ने समय होइन, यो समय दोषारोपणमा अल्झिने समय पनि होइन,’ ओलीले लेखेका छन् ।

२६ पृष्ठको अपानिमा केन्द्रीय कमिटीले गरेको मनोनीत लगायतका केही निर्णय सहित आफ्ना मन्तव्य समावेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मोरङको सीमावर्ती क्षेत्र जहदा गाउँपालिकाबाट प्रहरीले २१० किलो गाँजा बरामद गरेको छ । सोमबार राति जहदा गाउँपालिका–१ नयाँ बस्ती नजिकै रहेको धानबारीमा कालो प्लास्टिकमा प्याक गरेर राखिएको अवस्थामा २१० किलो गाँजा बरामद भएको हो । सशस्त्र प्रहरी बल नेपाल ३ नम्बर गण हेडक्वार्टर कंकालिनी मोरङ र बीओपी जहदाबाट खटिएको संयुक्त टोलीले धानबारीमा लुकाइछिपाइ राखिएको अवस्थामा गाँजा ...
। डोटीको जोरायल गाउँपालिका–१ गैरा बजारस्थित भीमदत्त राजमार्गमा कामदार बोकेको ट्र्याक्टर दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । मंगलबार बिहान पौने ९ बजे गैरा बजारबाट मेलखर्कतर्फ जाँदै गरेको सु.प.प्र.०१००२ त ४९१० नम्बरको ट्र्याक्टर अनियन्त्रित भई सडकबाट करिब १२० मिटर तल खसेर दुर्घटना भएको हो । उक्त ट्र्याक्टर डडेल्धुराको भागेश्वर गाउँपालिका–५ बस्ने २३ वर्षीय प्रकाशबहादुर थापा मगरले ...
। जनकपुरधामको एक पोखरीमा एक पुरुषको शव फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका-८, दशरथतलाउ पोखरीमा अन्दाजी ५५ वर्षका पुरुषको शव फेला परेको हो । आज बिहान ९: ४५ बजेको समयमा पोखरीमा शव स्थानीयले देखेपछि प्रहरी पुगेर निकालेको हो । घटनास्थलको मुचुल्का गरी शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
। काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र गुणस्तरीय बनाउन महत्त्वपूर्ण मानिएको थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइन आयोजना अन्तर्गत मातातीर्थ–चोभार खण्ड निर्माण पूरा भएको छ । काठमाडौं मातातीर्थ सबस्टेसनदेखि चोभार सबस्टेसनसम्मको करिब ६ किलोमिटर लामो १३२ केभी प्रसारण लाइन शुक्रबारदेखि चार्ज गरिने भएको छ । लाइन चार्ज भएपछि मातातीर्थ–चोभार खण्ड राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध ...
। भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी विपदमा बेपत्ता नागरिकको मृत्यु दर्ता सहज बनाउन सरकारले दुईवटा ऐन संशोधन गर्ने भएको छ । त्यसका लागि ‘फास्ट ट्रयाक’ प्रक्रिया अपनाइने भएको छ । यो जानकारी गृह मन्त्रालयका सचिव केदारनाथ शर्मा र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव शुभाषकुमार भट्टराईले मंगलबार दिएका हुन् । भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष ...