मुख्य समाचार
नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक हजार १५० मिटर तटबन्धमा क्षति
नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक हजार १५० मिटर तटबन्धमा क्षति

। नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक हजार १५० मिटर तटबन्धमा क्षति पुगेको छ । भरतपुर महानगरपालिका क्षेत्रमा नारायणी नदी पुलबाट पश्चिमतर्फ गोलाघाटसम्मको ३५ किलोमिटरमध्ये २० किलोमिटरमा तटबन्ध गरिएको छ । यसमध्ये एक किलोमिटर १५० मिटर तटबन्धमा बाढीले असर पुर्याएको हो ।

सिँचाइ तथा जलस्रोत आयोजना भरतपुरका सूचना अधिकारी इन्जिनियर सागर पौडेलका अनुसार चितवनतर्फको सिद्धिगणेश वन क्षेत्रमा ६०० मिटर, मझुवा वन क्षेत्रमा ३०० मिटर, हिरापुरक्षेत्रमा १०० मिटर, गौरेस्वर, गाँजीपुर, कटेरो क्षेत्रमा ५० मिटरका दरले बाढीले तटबन्धमा असर पुर्याएको हो । बाढीका कारण तटबन्धमा क्षतिसँगै डुबान भएको छ ।




नारायणी पुलदेखि पश्चिम क्षेत्र चितवनतर्फ धेरै तटबन्ध भएकाले अहिलेको वर्षाले ठूलो क्षति हुन नपाएको उनले बताए । तटबन्ध गर्न बाँकी रहेका केही ठाउँबाट बाढी बस्तीमा पसे पनि क्षति हुन नपाएको उनले बताए । बाढीले नवपरासीतर्फको तटबन्धको काम नभएको क्षेत्रमा ठूलो क्षति भएको उनले बताए । नवलपरासीतर्फ अमलटारी क्षेत्रमा तीन किलोमिटर, नन्दपुर, सीतापुर, सेरी क्षेत्रमा दुई किलोमिटर क्षेत्रमा बाढीले क्षति पुर्याएको छ ।

यस्तै पर्सौनी, तमासपुर, बगुवानसम्म विभिन्न स्थानमा गरी १५ किलोमिटर, खोटेसिमलदेखि ब्रह्मस्थानसम्म ५०० मिटर, पिठौजी, नौनेघाट, घोसारघाट क्षेत्रमा ७०० मिटर र सुस्ता क्षेत्रमा एक किलोमिटर ५०० मिटर क्षेत्रफलमा बाढीले क्षति पुर्याएको उनले जानकारी दिए ।

ती क्षेत्रमा तटबन्धको काम कम भएकाले क्षति धेरै भएको हो । तटबन्ध गरिएका ठाउँहरूमा सामान्य क्षतिमात्र रहेको छ ।

उनका अनुसार नवलपरासी क्षेत्रमा नौ किलोमिटर क्षेत्रमा मात्र तटबन्ध गरिएको छ । नवलपरासी क्षेत्रमा नारायणी पुलबाट तल ९८ किलोमिटर क्षेत्र पर्दछ ।

तटबन्धका काम नभएका क्षेत्रमा बाढीले कटान गरेको उनको भनाइ छ । तटबन्धका कारण चितवनतर्फ क्षति कम भएको र नवलपरासीतर्फ काम हुन नसक्दा बढी क्षति भएको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मकवानपुरमा कारले ठक्कर दिएर २ मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्। भीमफेदी गाउँपालिका–६, धानगोदामस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा कारको ठक्करपछि भएको दुर्घटनामा मोटरसाइकल चालक भारत घर भई काठमाडौं बस्दै आएका ३२ वर्षीय मुन्ना आलाम, सोही मोटरसाइकलमा पछाडि सवार ३१ वर्षीय चुन्नु आलम र अर्को मोटरसाइकल चालक २५ वर्षीय ...
: एमालेले सार्वजनिक रूपमा पार्टी नीति, निर्णय र नेतृत्वको विरोध तथा गुटबन्दी गर्नेलाई कारबाही गर्ने निर्णय गरेको छ। पार्टीभित्र बढ्दै गएको स्वेच्छाचारिता, अराजकता र अनुशासनहीनताको अन्त्यका लागि हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकलाई ‘कटअफ बैठक’ मानिएको एमालेले जनाएको छ। अध्यक्ष केपी शर्मा ओलीद्वारा जारी अन्तरपार्टी निर्देशन (अपानि) मा पार्टीमा अनुशासन पुनस्र्थापना र संगठनलाई एकताबद्ध तथा सुदृढ बनाउने ...
। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी प्रदेश सभा निर्वाचनपछि बागमती प्रदेशमा आफ्नो पार्टीको सरकार बन्ने दाबी गरेका छन् । बागमती प्रदेशमा सरकार गठन गर्ने आधार तयार भइसकेको दाबी गर्दै उनले उज्यालो नेपाल पार्टी प्रदेशमा मात्रै सिमित नरही संघीय सरकारको नेतृत्व गर्ने उद्देश्यसहित अघि बढेको बताए । मंगलबार हेटौंडामा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी ...
। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले भोटेकोशी–त्रिशूली बाढीबाट क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि दशैं अघि नै ठेक्का आह्वान गर्ने र विस्थापितलाई पुनर्स्थापनाको प्रयास गर्ने बताएका छन् । साथै उनले प्राकृतिक विपद्ले क्षति पुर्याउन नसक्ने गरी पूर्वाधार विकास गर्न विद्यमान कानुन संशोधन प्रक्रिया अघि बढाइएको जानकारी समेत दिए । ‘अहिलेको परिपाटी ठ्याक्कै उल्टो छ, अब मेजर पाराडम सिफ्ट ...
। प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ २६ देखि २८ असोजमा हुने भएको छ । समिति सचिवालयले २६, २७ र २८ असोजमा सुनुवाइ गर्ने मिति आज बसेको संसदीय सुनुवाइ समितिमा प्रस्ताव राखेका थियो । जसलाई समितिले स्वीकार गरेको हो । प्रस्तावित १३ वटा राजदूतहरू विरुद्ध ७ वटा उजुरी परेको छ । २ वटा सबै विरुद्ध परेको छ भने ...