मुख्य समाचार
दुर्घटनामा परेको जिपभित्र प्रहरीले ३४१ किलो गाँजा फेला
दुर्घटनामा परेको जिपभित्र प्रहरीले ३४१ किलो गाँजा फेला

। धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारमा दुर्घटनामा परेको जिपभित्र प्रहरीले ३४१ किलो गाँजा फेला पारेको छ । धनकुटाबाट भेडेटारतर्फ आइरहेको बा १३ च ६२७५ नम्बरको जिप दुर्घटनामा परेको थियो । दुर्घटनाको खबर पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो । जिप सडकबाट करिब १५ मिटर तल खसेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि गाडी जाँच गर्दा गाँजा फेला परेपछि एक जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । गाडी खानतलासी गर्दा गाडीभित्र बोरामा प्याक गरी लुकाएर राखिएको अवस्थामा उक्त गाजा भेटिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका–९ घर भई हाल सुनसरी धरान उपमहानगरपालिका–१० बस्ने ३९ वर्षीय अमित विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले मुलुक जटिल परिस्थितिबाट गुज्रिरहेको भन्दै यस्तो अवस्थामा नेपाली कांग्रेस एकताबद्ध हुनुपर्ने बताएका छन्। कांग्रेस महाधिवेशनमा बोल्दै आङदेम्बेले मुलुकलाई जुनसुकै बेला ‘युक्रेन’ बनाउन सक्ने अवस्था आउन सक्ने भन्दै पार्टी टुट्न र फुट्न नहुने धारणा राखे। ‘मुलुकलाई कुन बेला युक्रेन बनाउँछन् थाहा छैन, त्यसैले नेपाली कांग्रेस टुट्नु हुँदैन, फुट्नु हुँदैन,’ उनले भने। उनले ...
। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले मङ्गलबार बेदकोट नगरपालिका–७ स्थित गाउजीबाट रु १६ लाख ८७ हजार मूल्यबराबरको पटाका बरामद गरेको प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिनए । उनका अनुसार विशेष सूचनाका आधारमा लुकाइछिपाइ राखेको पटाका बरामद गरी थप अनुसन्धान भइरहेको छ । चाडपर्व नजिकिँदै गर्दा ...
। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पेस गरेको प्रतिवेदन पारित भएको छ। जारी १५औं महाधिवेशनमा उपसभापति शर्माले ‘समसामयिक प्रतिवेदन-२०८३’ प्रस्तुत गरेका थिए। आज बुधबारको बन्द सत्रले उनको प्रतिवेदन ताली बजाएर पारित गरेको हो।
। नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीमा सभापतिको जति नै हक र हैसियत भुइँमा बस्ने कार्यकर्ताको पनि हुने बताएका छन् । पार्टी एउटै परिवार रहेको भन्दै अहिले जिम्मेवारी कसले लिने भन्नेबारे मात्रैमा प्रतिस्पर्धा रहेको जिकिर गरे । काठमाडौंमा जारी १५ औं महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो जिकिर गरेका हुन् । ‘कांग्रेस एउटा परिवार हो । ...
। बाराबाट लोड भएको एक थान भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको निजगढ नगरपालिका-११ रतनपुरका ३९ वर्षीय शम्शेर रुम्बा रहेका छन् । जिल्ला अदालतबाट बाराबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।