मुख्य समाचार
पार्टीको महाधिवेशनबाट गुनासो र निराशा होइन, आपसी एकता र सद्भावको भावना लिएर बाहिरिनुपर्ने
पार्टीको महाधिवेशनबाट गुनासो र निराशा होइन, आपसी एकता र सद्भावको भावना लिएर बाहिरिनुपर्ने

। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनबाट गुनासो र निराशा होइन, आपसी एकता र सद्भावको भावना लिएर बाहिरिनुपर्ने बताएका छन्।

महाधिवेशनको बन्द सत्रमा सम्बोधन गर्दै शर्माले कांग्रेसभित्र चुनावी प्रतिस्पर्धा भए पनि त्यसलाई व्यक्तिगत वैमनस्यमा परिणत गर्न नहुने बताए।

‘जित्दै गर्दा पनि मुस्कुराउँछ, हार्दै गर्दा माला लगाइदिन्छ,’ शर्माले भने, ‘हामी उत्तर भएको कांग्रेस बनाऔँ, गुनासो भएको कांग्रेस होइन। निराश भएको कांग्रेस बनाउँदैनौँ।’

उनले महाधिवेशनबाट विभिन्न पदमा निर्वाचित भएर जाने नेताहरूले आफू विजयी भएकोभन्दा पनि आफ्नै साथी विजयी भएको अनुभूति गर्नुपर्ने बताए।

‘यो हलबाट निस्किँदा जाँदा कसले कुन पद लिएर जान्छौँ, त्यो बेला मेरै साथी जितेको छ भन्ने भाव लिएर जानुछ,’ शर्माले भने।

शर्माले महाधिवेशनलाई पार्टीभित्रको प्रतिस्पर्धासँगै आपसी सम्बन्ध र एकता बलियो बनाउने अवसरका रूपमा लिनुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दाङमा स्कुल बसको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यानको शारदा नगरपालिका –२ खलङ्गा घर भई तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवामा डेरा गरी बस्ने पप्पु नेपालीका २ वर्षीय छोरा आयन रहेका छन् । बुधबार बिहान तुलसीपुर उपमहानगरपालिका–७ गैरापातु झोलुङ्गे पुलस्थित सडकमा लु.प्र.०२–००१ क ०००४ नम्बरको लक्ष्य एकेडेमीको बसले ठक्कर दिँदा बालक गम्भीर घाइते भएका ...
। नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत बन्दसत्र सुरु भएको छ । बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षका चार प्रतिवेदन पास गर्ने छ । त्यसपछि नयाँ नेतृत्व चयनका लागि मतदानको काम बाँकी रहने छ । निर्वाचन कार्यतालिका अनुसार असोज २२ गते बिहान ७ बजेदेखि मतदान सुरु गर्ने तयारी छ । यो महाधिवेशनबाट सभापति १, वरिष्ठ उपसभापति एक सहित चार उपसभापति, महामन्त्री ...
। कोरिया पठाउने भन्दै २ वर्षदेखि अलपत्र पारेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी नगरपालिका–११ का २८ वर्षीय गणेश पाण्डे छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । एक महिलाले कोरिया पठाउने भन्दै २ वर्षदेखि आफ्नो छोरालाई अलपत्र पारको भन्दै टिकटकमार्फत प्रधानमन्त्री र गृहमन्त्रीसमक्ष कारबाहीको माग गर्दै ...
। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ कम्युनिकेसन्स (ओएफसीओएम) का वरिष्ठ नीति सल्लाहकार इसाबेल लोइसले शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा नेपाल र स्विट्जरल्यान्डबीच सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा सहकार्य र सहयोग विस्तारका विषयमा छलफल भएको छ । सञ्चारमन्त्री डा तिमिल्सिनाले विभिन्न क्षेत्रमा स्विट्जरल्यान्ड सरकारबाट प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा सहकार्य ...
। इजरायल पठाउने भन्दै ठगी गर्ने गिरोहबाट पीडित भएकाहरुलाई उजुरी दिन केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आह्वान गरेको छ । सीआईबीले एक सूचना जारी गर्दै ठगी आरोपमा पक्राउ परेका भरतप्रसाद चौलागाईंसमेतका व्यक्तिबाट पीडित भए उजुरी दिने आग्रह गरेको छ । यो ठगी प्रकरणमा अहिलेसम्म चौलागाईंसहित ४ जनालाई पक्राउ गरेर अनुसन्धान गरिएको सीआईबीका एसएसपी अनुपम शमशेर जबराले बताए ...