मुख्य समाचार
उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण गर्दा पाँच खानी मजदुरसहित १७ जनाको मृत्यु
उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण गर्दा पाँच खानी मजदुरसहित १७ जनाको मृत्यु

। उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण गर्दा पाँच खानी मजदुरसहित १७ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

मारू जिल्लाको बिन्दिन गाउँबाहिर रहेको खानीमा सोमबार मोटरसाइकलमा आएका दर्जनौँ गिरोहका सदस्यले गोली चलाउँदा पाँच खानी मजदुरको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । त्यसपछि गाउँमा प्रवेश गरेका बन्दुकधारी र सुरक्षाकर्मीबीच भएको गोली हानाहानमा १२ सैनिक मारिएका थिए ।

स्थानीय गाउँका काउन्सिलर अब्दुल्लाही मुसा मुतुन्जीले घटनामा १७ जनाको मृत्यु भएको पुष्टि गर्दै खानी मजदुरलाई धम्की दिएको विषयलाई लिएर गिरोहले बदलाको कारबाही गरेको बताए ।
आक्रमणमा आफ्ना छोरा पनि मारिएको लवान वानजामले एएफपीलाई बताए। उनका अनुसार स्थानीय गिरोहका एक नेताको योजनामा आक्रमण भएको थियो ।

उत्तरपश्चिम तथा मध्य नाइजेरियाका ग्रामीण समुदाय डाकु गिरोहको हिंसाबाट वर्षौंदेखि प्रभावित छन् । गिरोहले गाउँमा आक्रमण गर्ने, बासिन्दालाई अपहरण गर्ने तथा घर लुटेर जलाउने गरेका छन् ।

अनौपचारिक सुन खानी क्षेत्रका कामदारलाई पनि गिरोहले नियमित रूपमा निशाना बनाउने गरेका छन् । खानीस्थलको नियन्त्रण तथा सुनबाट हिस्सा माग्दै उनीहरूले कामदारमाथि आक्रमण गर्ने गरेको बताइएको छ ।

घटनाबारे एएफपीले सेनासँग प्रतिक्रिया मागे पनि तत्काल कुनै जवाफ प्राप्त नभएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। फिनल्याण्ड सरकारले वातावरणीय चिन्ता व्यक्त गर्दै गुगलका दुई प्रस्तावित डेटा सेन्टरको निर्माण कार्य रोक्न निर्देशन दिएको छ । डेटा सेन्टर निर्माणको क्रममा ३०० हेक्टरभन्दा बढी जंगल फँडानी गरिएको भन्दै फिनल्यान्डका अधिकारीहरूले काम रोक्न निर्देशन दिएका हुन् । गुगलले डेटा सेन्टरका लागि फिनल्यान्डमा १३ अर्ब युरो लगानी गर्ने घोषणा गरेको थियो । गुगलका अनुसार यो युरोपमा कम्पनीले ...
यमनको सरकारले हुथी विद्रोहीविरुद्ध सञ्चालन गरिएको स्थलगत सैन्य अभियानले प्रगति हासिल गरिरहेको दाबी गरेको छ । सुरक्षा तयारी बढाउने विषयमा अधिकारीहरूबीच छलफल भइरहेका बेला सरकारले यस्तो जानकारी दिएको हो । सरकारी समाचार संस्था साबाका अनुसार प्रधानमन्त्री शाय अल–जिन्दानीले मंगलबार एडेनमा मन्त्रीहरूसँग भेट गरी सैन्य अभियानबारे छलफल गरेका थिए । उनले सुरक्षा तयारी बढाउन, महत्वपूर्ण संरचनाको सुरक्षा ...
। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले रोयटर्ससँगको अन्तर्वार्तामा अमेरिकासँगको युद्ध अन्त्य गर्न इरानी अधिकारीहरूले आफ्नो युरेनियम प्रवर्धन क्षमता उल्लेख्य रूपमा घटाउनुपर्ने बताएका छन्। भान्सले भने, ‘यदि तपाईं आणविक हतियार चाहनुहुन्न भने, ६० प्रतिशत प्रवर्धित इन्धन किन चाहिन्छ? र यदि तपाईं आणविक हतियार नबनाउने प्रतिबद्धता देखाउन चाहनुहुन्छ भने, उच्च प्रवर्धित इन्धन नबनाउनुहोस्। युद्ध अन्त्य गर्दा यो एक धेरै ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साइबेरियाको एक प्रयोगशालामा सम्भावित ‘न्युमोनिक प्लेग’ को सङ्क्रमण देखिएपछि अमेरिकाले रुसलाई आवश्यक सहयोग गर्ने बताएका छन्। यद्यपि यस विषयमा उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भने प्रत्यक्ष कुराकानी नगरेको स्पष्ट पारेका छन् । सोमबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘हामीले भर्खरै यसबारे जानकारी पाएका छौँ। हामी उनीहरूलाई सहयोग गर्नेछौं-हामीले सक्ने जति सहयोग ...
। इन्डोनेसियामा आन्तरिक उत्पादनले चामलको माग धान्न थालेपछि सरकारले वन क्षेत्र फाँडेर धान खेतमा परिणत गर्ने निर्णय रोक्ने भएको छ । इन्डोनेसियाका जलवायुसम्बन्धी विशेष दूत हासिम जोजोहाडिकुसुमोले मंगलबार सरकारको रणनीतिक धान भण्डार करिब ५३ लाख टन पुगेको जानकारी दिँदै अब वन क्षेत्रलाई कृषि भूमिमा परिणत गर्ने योजना आवश्यक नरहेको बताएका छन् । राष्ट्रपति प्राबोवो सुबियान्तोका भाइसमेत रहेका ...