मुख्य समाचार
यमनको सरकारले हुथी विद्रोहीविरुद्ध सञ्चालन गरिएको स्थलगत सैन्य अभियानले प्रगति हासिल गरिरहेको दाबी
यमनको सरकारले हुथी विद्रोहीविरुद्ध सञ्चालन गरिएको स्थलगत सैन्य अभियानले प्रगति हासिल गरिरहेको दाबी

यमनको सरकारले हुथी विद्रोहीविरुद्ध सञ्चालन गरिएको स्थलगत सैन्य अभियानले प्रगति हासिल गरिरहेको दाबी गरेको छ । सुरक्षा तयारी बढाउने विषयमा अधिकारीहरूबीच छलफल भइरहेका बेला सरकारले यस्तो जानकारी दिएको हो ।

सरकारी समाचार संस्था साबाका अनुसार प्रधानमन्त्री शाय अल–जिन्दानीले मंगलबार एडेनमा मन्त्रीहरूसँग भेट गरी सैन्य अभियानबारे छलफल गरेका थिए । उनले सुरक्षा तयारी बढाउन, महत्वपूर्ण संरचनाको सुरक्षा गर्न तथा सरकारको नियन्त्रणमा फर्किने क्षेत्रका लागि आवश्यक तयारी पूरा गर्न निर्देशन दिएका छन् ।

उनले अभियानका उद्देश्यबारे जानकारी गराउन र अन्तर्राष्ट्रिय समर्थन जुटाउन कूटनीतिक प्रयासलाई थप तीव्र बनाउन पनि आग्रह गरेका छन् ।

लाल सागर र बाब अल–मन्देब समुद्री मार्गमा हुने समुद्री यातायातको सुरक्षाका लागि समेत अन्तर्राष्ट्रिय सहयोग जुटाउनुपर्ने उनको भनाइ थियो ।

साबाको समाचार अनुसार राष्ट्रपतीय नेतृत्व परिषद्का प्रमुख राशाद अल–अलिमीले रक्षामन्त्री तथा सेना प्रमुखबाट युद्धको पछिल्लो अवस्थाबारे जानकारी लिएका थिए । उनले सरकारी सेना र जनप्रतिरोधी लडाकुहरूले हासिल गरेको ‘स्थलगत प्रगति’को प्रशंसा गर्दै हुथी नियन्त्रणमा रहेका क्षेत्रका बासिन्दालाई हुथीको भर्ती अभियानमा सहभागी नहुन आग्रह गरेका थिए । साथै, हुथी लडाकुलाई हतियार त्याग्न पनि उनले आह्वान गरेका थिए ।

रक्षामन्त्री ताहेर अल–अकिलीले पनि सेनाको प्रगतिको प्रशंसा गर्दै स्वीकृत योजनाहरूको कार्यान्वयन निरन्तर अघि बढाउन निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। फिनल्याण्ड सरकारले वातावरणीय चिन्ता व्यक्त गर्दै गुगलका दुई प्रस्तावित डेटा सेन्टरको निर्माण कार्य रोक्न निर्देशन दिएको छ । डेटा सेन्टर निर्माणको क्रममा ३०० हेक्टरभन्दा बढी जंगल फँडानी गरिएको भन्दै फिनल्यान्डका अधिकारीहरूले काम रोक्न निर्देशन दिएका हुन् । गुगलले डेटा सेन्टरका लागि फिनल्यान्डमा १३ अर्ब युरो लगानी गर्ने घोषणा गरेको थियो । गुगलका अनुसार यो युरोपमा कम्पनीले ...
। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले रोयटर्ससँगको अन्तर्वार्तामा अमेरिकासँगको युद्ध अन्त्य गर्न इरानी अधिकारीहरूले आफ्नो युरेनियम प्रवर्धन क्षमता उल्लेख्य रूपमा घटाउनुपर्ने बताएका छन्। भान्सले भने, ‘यदि तपाईं आणविक हतियार चाहनुहुन्न भने, ६० प्रतिशत प्रवर्धित इन्धन किन चाहिन्छ? र यदि तपाईं आणविक हतियार नबनाउने प्रतिबद्धता देखाउन चाहनुहुन्छ भने, उच्च प्रवर्धित इन्धन नबनाउनुहोस्। युद्ध अन्त्य गर्दा यो एक धेरै ...
। उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण गर्दा पाँच खानी मजदुरसहित १७ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । मारू जिल्लाको बिन्दिन गाउँबाहिर रहेको खानीमा सोमबार मोटरसाइकलमा आएका दर्जनौँ गिरोहका सदस्यले गोली चलाउँदा पाँच खानी मजदुरको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । त्यसपछि गाउँमा प्रवेश गरेका बन्दुकधारी र सुरक्षाकर्मीबीच भएको ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साइबेरियाको एक प्रयोगशालामा सम्भावित ‘न्युमोनिक प्लेग’ को सङ्क्रमण देखिएपछि अमेरिकाले रुसलाई आवश्यक सहयोग गर्ने बताएका छन्। यद्यपि यस विषयमा उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भने प्रत्यक्ष कुराकानी नगरेको स्पष्ट पारेका छन् । सोमबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘हामीले भर्खरै यसबारे जानकारी पाएका छौँ। हामी उनीहरूलाई सहयोग गर्नेछौं-हामीले सक्ने जति सहयोग ...
। इन्डोनेसियामा आन्तरिक उत्पादनले चामलको माग धान्न थालेपछि सरकारले वन क्षेत्र फाँडेर धान खेतमा परिणत गर्ने निर्णय रोक्ने भएको छ । इन्डोनेसियाका जलवायुसम्बन्धी विशेष दूत हासिम जोजोहाडिकुसुमोले मंगलबार सरकारको रणनीतिक धान भण्डार करिब ५३ लाख टन पुगेको जानकारी दिँदै अब वन क्षेत्रलाई कृषि भूमिमा परिणत गर्ने योजना आवश्यक नरहेको बताएका छन् । राष्ट्रपति प्राबोवो सुबियान्तोका भाइसमेत रहेका ...