मुख्य समाचार
अदृश्य शक्तिको इसारामा पार्टीलाई विभाजन गर्ने कोशिश भइरहेको
अदृश्य शक्तिको इसारामा पार्टीलाई विभाजन गर्ने कोशिश भइरहेको

: नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता प्रकाशमान सिंहले अदृश्य शक्तिको इसारामा पार्टीलाई विभाजन गर्ने कोशिश भइरहेको बताएका छन्।

बिहीबार काठमाडौंमा काठमाडौं महानगर अधिवेशन उद्घाटन गर्दै नेता सिंहले कांग्रेसलाई कमजोर र विभाजित अदृश्य शक्ति सक्रिय रहेको भन्दै उनीहरूको स्वार्थ पूरा हुन नदिने दावी गरे । उनले कांग्रेसको इतिहास,विधान र स्थापित परम्परा विपरीत कसैले पनि कार्य गर्न नहुनेमा जोड दिए।

गल्ती गर्नेहरूलाई ढाकछोप गर्ने वा झन् प्रोत्साहन गर्ने परिपाटी गलत भएको भन्दै उनले बेथिति र गल्तीलाई सच्चायाएर सही बाटोमा ल्याउनुपर्ने आवश्यकता रहेको धारणा राखे। पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्व र केन्द्रीय कार्यसमितिले विधान र नियम अनुसार नै आवश्यक निर्णयहरू गर्दै अगाडि बढ्ने उनले बताए ।

उनले लोकतान्त्रिक पार्टीमा मतभेद र भिन्न विचार हुनु स्वाभाविक भए तापनि,अदृश्य शक्तिको इसारामा पार्टीको नियम–विधि उल्लङ्घन गरेर मनपरी गर्नु अलोकतान्त्रिक व्यवहार भएको तर्क गरे।

नेता सिंहले संस्थापक नेताहरूले देखाएको निष्ठा,सिद्धान्त र आदर्शको बाटोमा रहेर वर्तमान चुनौतीहरूलाई हिम्मतका साथ समाधान गर्दै अघि बढ्ने बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र कृत्रिम अभाव नियन्त्रण गर्न स्थानीय प्रशासनले बजार अनुगमनलाई तीव्र बनाएको छ । पछिल्लो १० दिनमा भएको संयुक्त बजार अनुगमनमा विभिन्न कसुर भेटिएका २९ वटा व्यावसायिक फर्म कारबाहीमा परेका छन् । ती फर्मबाट ६ लाख ९२ हजार रुपैयाँ जरिवाना संकलन भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङको नेतृत्वमा सञ्चालित अनुगमन अभियानका ...
। अझै पनि ७३ प्रतिशत नागरिकले भौतिक रूपमा काउन्टरमा गएर नै विद्युत् महसुल तिर्ने गरेका छन् । नेपाल विद्युत् प्राधिकरणका १ सय २९ वितरण केन्द्र अन्तर्गत शाखामा हाल ६ सय ५५ वटा महसुल संकलन काउन्टर सञ्चालनमा छन् । ती काउन्टर मार्फत प्राधिकरणले भौतिक रूपमै ग्राहकबाट विद्युत् महसुल संकलन गर्दै आएको छ । त्यसका लागि वार्षिक ५९ करोड ...
। चाँडपर्वका बेला हवाई भाडा महँगो भएको गुनासो चर्किँदै गएपछि प्रधानमन्त्री बालेन्द्र शाहले चासो देखाएका छन् । प्रधानमन्त्रीको चासोपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले गुनासो सम्बोधन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई निर्देशन दिएको उनीनिकट स्रोत बताउँछ । प्रधानमन्त्रीको चासो र पर्यटनमन्त्रीको निर्देशनपछि क्यानले बिहीबार आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिलाई छलफलमा गरेको ...
। चाडपर्वका बेला कुनै शंकास्पद वा आपराधिक गतिविधि देखे त्यसलाई आफैंमा सीमित नराखी तत्काल खबर गर्न नेपाल प्रहरीले नागरिकलाई आग्रह गरेको छ । ‘इफ यू सि समथिङ, से समथिङ’ अर्थात् ‘केही शंकास्पद देखे भन्नुहोस्’ भन्ने सन्देशलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्थाको महत्त्वपूर्ण आधार बनाउँदै प्रहरीले नागरिकको सानो सूचनाले ठूलो अपराध वा दुर्घटना रोक्न सक्ने जनाएको हो । चाडपर्व ...
। नेकपा एमालेले आगामी मंसिर पहिलो हप्ता राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ। पार्टी सचिव महेश बस्नेतका अनुसार तल्लो तहको भेला सम्पन्न गरेर मंसिर पहिलो हप्ता राष्ट्रिय कार्यकर्ता भेला काठमाडौंमा गर्ने निर्णय आजको बैठकले गरेको छ। ‘मंसिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेलाको रुपमा हामी भेला गर्छौं,’ स्थायी कमिटी बैठकपछि उनले भने। भेलामा पार्टीका प्रदेश पदाधिकारी, जिल्ला पदाधिकारी, पालिकाका ...