मुख्य समाचार
आखिल नेपाल फुपटबल संघ (एन्फा) का चारजना पदाधिकारीमाथि सीआईबीले मुद्दा चलाउन सिफारिस
आखिल नेपाल फुपटबल संघ (एन्फा) का चारजना पदाधिकारीमाथि सीआईबीले मुद्दा चलाउन सिफारिस

: आखिल नेपाल फुपटबल संघ (एन्फा) का चारजना पदाधिकारीमाथि सीआईबीले मुद्दा चलाउन सिफारिस गरेको छ। एन्फाका पदाधिकारीविरुद्ध परेका उजुरीमाथि अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले एन्फाका दुईजना पदाधिकारीलाई पक्राउ गरिसकेको छ।

सीबीआईका प्रवक्ता अनुपम शमशेर जबराका अनुसार एन्फाका कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सन्जीव पौडेल हाल सीआईबीको नियन्त्रणमा रहेका छन्। उनले अन्नपूर्ण पोष्टसँग भने,' ‘हामीमा आएको उजुरी छानबिन गर्ने क्रममा दुईजनालाई पक्राउ गरेका हौं। अध्यक्ष र महासचिव भने हाल फरार हुनुहुन्छ।’

एन्फाको सामान खरिद प्रक्रिया पूरा नगरी सामान खरिद गर्दा कमिसन लिएको तथा राज्यलाई धोका दिएको भन्ने विषयमा उजुरी परेको थियो। जबराका अनुसार,होम गेम विपक्षी देशसँग बसेर सम्झौता गरेको भन्दै एन्फामाथि उजुरी परेको थियो।

‘नेपालमा हुनुपर्ने खेल प्रतिस्पर्धीलाई हाम्रो देशमा गराउन सक्दैनौं भन्दै उहाँहरूले सम्झौता गर्नुभएको भेटिएकाले कोषाध्यक्ष र लेखापाललाई हामीले नियन्त्रणमा लिएका हौं,'प्रवक्ता जबराले भने,‘हालसम्म अध्यक्ष र महासचिव पक्राउ पर्नु भएको छैन। उहाँहरू प्रतिवादीको रुपमा हामीले खोजीरहेका छौं।’ उनीहरूले ६६लाख ५३ हजार बराबरको अनियमितता गरेको सीआईबीको निष्कर्ष छ।

राष्ट्रिय हित र प्रतिष्ठाविपरीत होमगेम बिक्री,राखेपको निर्देशन अवज्ञा र अवैध भत्ता वितरण, महिला साफ गेममा होटल दररेटमा कमिसन र भ्रष्टाचार,बिनास्वीकृति आफूखुसी वैदेशिक भ्रमण, अनुदान रकमको दुरुपयोग र अनावश्यक नियुक्ति गरेको भन्दै एन्फाविरुद्ध उजुरी परेको थियो ।

यस्तै,विभिन्न समयमा भएका टेण्डरहरू प्रचलित कानुन बमोजिम नगरेको,विभिन्न प्रतियोगिताहरूमा मार्केटिङ,डिजिटल,बोर्डकाष्टिङ र टिकेटिङ राईट दिँदा भ्रष्टाचार गरेको समेतका व्यहोरा उठाइ एन्फाभित्र भइरहेका गम्भीर अनियमितता,भ्रष्टाचार र पदको दुरुपयोग सम्बन्धमा छानबिन गरी कारबाही गर्न माग गर्दै उजुरी परेपछि एन्फाविरुद्ध छानविन सुरू भएको हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आयरल्यान्डको पुरुष क्रिकेट टोलीले आगामी वर्ष पहिलोपटक पाकिस्तान भ्रमण गर्ने भएको छ। पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) र क्रिकेट आयरल्यान्डबीच भएको सहमतिअनुसार आयरल्यान्डले पाकिस्तानसँग तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ। सिरिजका तीन खेल जनवरी २०, २२ र २४ मा लाहोरस्थित गद्दाफी स्टेडियममा हुनेछन्। त्यसअघि आयरल्यान्डको सिनियर टोलीले जनवरी १३ देखि १७ सम्म पाकिस्तान शाहिन्ससँग तीन खेलको ...
: १० औं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा आयोजक कर्णाली प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गरेको छ। सुर्खेतस्थित कालिन्चोक क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले ८ विकेटको क्षतीमा १२७ रन बनाएको थियो। जवाफी ब्याटिङमा आएको कर्णालीले १३.३ ओभरमा ४ विकेट गुमाउँदै १३३ रनसहित लक्ष्य पूरा गर्यो। कर्णालीका लागि विपिन रावलले ...
: नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान रोहितकुमार पौडेलले प्रेमिका सिम्रन खड्कासँग विवाह गरेका छन्। उनले थाइल्यान्डमा आज बिहीबार प्रेमिका खड्कासँग विवाह गरेका हुन्। लामो समयदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्दै २४ वर्षीय रोहित र सिम्रनले थाइल्यान्डमा आयोजित एक समारोहबीच लगनगाँठो कसेका हुन्। ‘सपनाहरू निर्माण गर्ने सहयात्रीबाट जीवनभरका लागि सहयात्रीसम्म। सधैँभरि सँगै रहने वाचासहित,’ रोहितले सामाजिक सञ्जालमार्फत ...
: १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जिम्न्यास्टिक खेलका प्रारम्भिक चरणका प्रतिस्पर्धा आजदेखि सुरु भएका छन्। कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगरको मिनी कभर्ड हलमा जिम्न्यास्टिकका विभिन्न विधामा प्रारम्भिक चरणका प्रतिस्पर्धा सुरु भएका हुन्। प्रतियोगितामा महिला तथा पुरुष खेलाडीहरूले आफ्नो सन्तुलन, लचकता र शारीरिक क्षमताको प्रदर्शन गर्दै फ्लोर एक्सरसाइज, भल्ट र बार्सलगायतका विधामा प्रतिस्पर्धा गरिरहेका छन्। ...
: सुर्खेतको बीरेन्द्रनगरमा जारी १० औं राष्ट्रिय क्रिकेट प्रतियोगीता अन्तर्गत बागमतीले गण्डकी प्रदेशलाई पराजित गरेको छ। योसँगै बागमती सेमिफाइनल प्रवेश गरेको छ हो। बागमतीले यसअघि सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको थियो। टस जितेर पहिले व्याटिङ गरेको गण्डकीले निर्धारित ओभरमा सबै विकेट गुमाएर ११० रन बनाउन सक्यो। गण्डकीका लागि ओपनर आयुष्मा चापागाइँले सर्वाधिक २१ रन बनाइन्। चन्द्रमाया ...