मुख्य समाचार
चाडपर्वका बेला कुनै शंकास्पद वा आपराधिक गतिविधि देखे त्यसलाई आफैंमा सीमित नराखी तत्काल खबर गर्न नेपाल प्रहरीले नागरिकलाई आग्रह
चाडपर्वका बेला कुनै शंकास्पद वा आपराधिक गतिविधि देखे त्यसलाई आफैंमा सीमित नराखी तत्काल खबर गर्न नेपाल प्रहरीले नागरिकलाई आग्रह

। चाडपर्वका बेला कुनै शंकास्पद वा आपराधिक गतिविधि देखे त्यसलाई आफैंमा सीमित नराखी तत्काल खबर गर्न नेपाल प्रहरीले नागरिकलाई आग्रह गरेको छ ।

‘इफ यू सि समथिङ, से समथिङ’ अर्थात् ‘केही शंकास्पद देखे भन्नुहोस्’ भन्ने सन्देशलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्थाको महत्त्वपूर्ण आधार बनाउँदै प्रहरीले नागरिकको सानो सूचनाले ठूलो अपराध वा दुर्घटना रोक्न सक्ने जनाएको हो ।




चाडपर्व लक्षित सुरक्षा व्यवस्थाबारे जानकारी दिँदै नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेले चाडपर्वका समयमा सम्भावित अपराध रोकथाम तथा अनुसन्धानका लागि नागरिकबाट समयमै प्राप्त हुने सूचना अत्यन्त महत्वपूर्ण हुने बताए ।

यसलाई ब्यबहारिक रुपमा लागू गर्न ‘इफ यू सि समथिङ, से समथिङ’ भन्ने विषयलाई केन्द्रमा राखेर चाडपर्व लक्षित सुरक्षा व्यवस्था लागू गर्ने बताए ।




‘कुनै पनि शंकास्पद वा आपराधिक गतिविधि हुन लागेको वा भइरहेको सूचना प्राप्त हुन्छ भने आफैंमा सीमित नराखेर नजिकको प्रहरी कार्यालयलाई सूचना दिनुस्,’ उनले भने, ‘यहाँको सानो सूचनाले ठूलो दुर्घटना वा ठूलो अपराधबाट हामीले त्यो समाजलाई, त्यो ठाउँलाई जोगाउन सक्छौं ।’

उनका अनुसार नागरिकले दिएको सूचना तत्काल प्रहरी परिचालनको आधार बन्नेछ र सूचनाको गोपनीयता कायम गरिनेछ । आपतकालीन अवस्थामा नागरिकले प्रहरीको १०० नम्बरमा नि:शुल्क फोन गर्न सक्नेछन् । जहाँबाट फोन गरिएको हो, सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा २४सै घण्टा फोन उठ्ने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।

प्रहरीको ‘इफ यू सि समथिङ, से समथिङ’ सन्देश भौतिक अपराधमा मात्र सीमित छैन । चाडपर्वमा बढ्न सक्ने डिजिटल ठगी तथा सामाजिक सञ्जालबाट फैलिने गलत सूचनामाथि पनि निगरानी बढाइएको छ ।

प्रहरीले सामाजिक सञ्जाल मनिटरिङ डेस्कमार्फत गलत सूचना, दुष्प्रचार तथा डिपफेक सामग्रीको निगरानी गरिरहेको जनाएको छ । त्यस्ता गतिविधिबाट अपराध वा भ्रम फैलाउने काम भए कानूनअनुसार कारबाही गरिने काफ्लेले बताए ।

एआईको प्रयोगबाट हुने अनलाइन ठगीलाई पनि यसपटकको सुरक्षा योजनामा समेटिएको छ ।

नक्कली अनलाइन सपिङ तथा चाडपर्वका अफर, नक्कली लोटरी तथा गिफ्ट म्यासेज, फेक इन्भेस्टमेन्ट र प्रोफिट स्किम, मोबाइल बैंकिङ तथा डिजिटल वालेट ठगी, ओटीपी, पिन र पासवर्ड चोरी गर्न हुने फिसिङप्रति प्रहरीले नागरिकलाई सचेत गराएको छ ।

‘एआईबाट बनाएका आवाज, भिडियो वा आफन्त तथा अधिकारीको नाम आएको असामान्य रकम माग्ने सन्देशलाई तुरुन्त विश्वास नगर्नुहोस्, ठगी हुन सक्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीसमक्ष उनले आज शपथ लिएकी हुन्। आजको स्थायी कमिटी बैठकमा उनले शपथ लिएको एमालेले जनाएको छ। पूर्वराष्ट्रपति भण्डारीलाई हालै एमालेको केन्द्रीय कमिटी बैठकले वरिष्ठ उपाध्यक्षमा मनोनीत गरेको थियो । वरिष्ठ उपाध्यक्षको रूपमा उनी एमाले बैठकमा सहभागी हुन लागेको यो ...
। नेपाल पर्यटन बोर्डले डिजिटल माध्यमबाट नेपाल प्रवद्र्धन गर्न ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमा बोर्डले सो रकम विनियोजन गरेको हो । यो बजेटबाट फोटो, भिडियो तथा अन्य सामग्री उत्पादन तथा खरीद गरिने छ । भिडियो सम्पादन, अनुदान, डिजिटल कन्टेन्ट बैंक तथा स्टारेज लाइब्रेरि विकास गर्ने समेत बोर्डले ...
। नेपाल पर्यटन बोर्डले दसैंका अवसरमा लिङ्गे पिङ निर्माण गर्न १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । देशका विभिन्न स्थानमा १ सय वटा पिङ निर्माण गर्न बोर्डले बजेट सहयोग गर्ने गरी चालु आवको बजेटमा व्यवस्था गरेको छ । यस वर्ष पर्यटन सम्पदा विकासतर्फ बोर्डले भारततर्फका विभिन्न नाकामा नमस्ते सेन्टर वा सोही प्रकृतिको सूचना केन्द्र स्थापना, ...
। काठमाडौंको काँडाघारीबाट गोली चलाएर पक्राउ गरिएका लुटेरा समूहका मुख्य नाइके २७ वटा मुद्दामा संलग्न रहेको पाइएको छ । प्रहरीले बुधबार राति पौने १० बजेको समयमा गोली हानेर लुटेरा आर्यन माझीसहित अन्य दुई जनालाई पक्राउ गरेको थियो । माझी विभिन्न मितिमा जिल्ला प्रहरी परिसर भक्तपुर, ईलाका प्रहरी कार्यालय बनेपा काभ्रे, जिल्ला प्रहरी परिसर काठमाडौंबाट डाँका चोरी मुद्दामा ...
। चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र कृत्रिम अभाव नियन्त्रण गर्न स्थानीय प्रशासनले बजार अनुगमनलाई तीव्र बनाएको छ । पछिल्लो १० दिनमा भएको संयुक्त बजार अनुगमनमा विभिन्न कसुर भेटिएका २९ वटा व्यावसायिक फर्म कारबाहीमा परेका छन् । ती फर्मबाट ६ लाख ९२ हजार रुपैयाँ जरिवाना संकलन भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङको नेतृत्वमा सञ्चालित अनुगमन अभियानका ...