मुख्य समाचार
कालोबजारी र कृत्रिम अभाव नियन्त्रण गर्न स्थानीय प्रशासनले बजार अनुगमनलाई तीव्र
कालोबजारी र कृत्रिम अभाव नियन्त्रण गर्न स्थानीय प्रशासनले बजार अनुगमनलाई तीव्र

। चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र कृत्रिम अभाव नियन्त्रण गर्न स्थानीय प्रशासनले बजार अनुगमनलाई तीव्र बनाएको छ ।

पछिल्लो १० दिनमा भएको संयुक्त बजार अनुगमनमा विभिन्न कसुर भेटिएका २९ वटा व्यावसायिक फर्म कारबाहीमा परेका छन् । ती फर्मबाट ६ लाख ९२ हजार रुपैयाँ जरिवाना संकलन भएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङको नेतृत्वमा सञ्चालित अनुगमन अभियानका क्रममा हालसम्म ७४ वटा व्यावसायिक फर्महरूको छड्के जाँच गरिएको थियो ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाका अनुसार बजार अनुगमनका क्रममा लापरबाही भेटिएपछि व्यवसायीलाई जरिवाना गरिएको थियो ।

खरिद–बिक्री खाता दुरुस्त नराख्ने तथा करसम्बन्धी मापदण्ड पालना नगर्ने १९ वटा फर्मलाई १ लाख ९२ हजार रुपैयाँ जरिवाना गरिएको छ ।

लेबल नगरिएका, रि–प्याकेजिङ गरिएका र उपभोग्य मिति गुज्रिएका सामग्री बिक्री गर्ने ५ वटा फर्मबाट ७५ हजार रुपैयाँ जरिवाना गरिएको छ ।

दर्ता प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेका ३ वटा फार्मेसीलाई प्रशासनले सिलबन्दी गरेको छ ।

अनुगमनकै क्रममा विराटनगर–९ स्थित जयराम ट्रेडर्सबाट बिलबिजक नभएको ५४० किलो अवैध सुपारी बरामद गरिएको छ । उक्त फर्ममाथि थप कानुनी कारबाही अघि बढाइएको छ ।

विराटनगरमा नेपाली नागरिकको नाममा फर्म दर्ता गरी अनधिकृत रूपमा व्यवसाय सञ्चालन गरिरहेका दुई जना चिनियाँ नागरिक बजार अनुगमनकै क्रममा पक्राउ परेका छन् ।

उनीहरुलाई थप कारबाहीका लागि अध्यागमन विभाग पठाइएको छ। चाडपर्वको बेला उपभोक्ता अधिकार संरक्षण गर्न र कालोबजारी गर्नेहरूलाई निरुत्साहित गर्न प्रशासनले अनुगमन निरन्तरता दिइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलो पटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक विमान इरानमा अवतरण गरेको छ । इरानको सरकारी सञ्चारमाध्यमका अनुसार बिहीबार इराकको राष्ट्रिय ध्वजावाहक वायुसेवाको विमान राजधानी तेहरान पुगेको हो । अमेरिकाले इराकी वायुसेवालाई इरानमा उडान सञ्चालन गर्न प्रतिबन्धबाट विशेष छुट दिएपछि उक्त उडान सञ्चालन भएको हो । सरकारी टेलिभिजनले प्रसारण गरेको दृश्यमा इराकको नजफबाट उडेको ...
। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच भेटवार्ता भएको छ । भेटवार्तामा नेपाल–अमेरिका सम्बन्ध, रसुवालगायत बाढी प्रभावित क्षेत्रको पुन:स्थापना तथा पुनर्निर्माण, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण र सामाजिक विकासका क्षेत्रमा सहकार्य थप सुदृढ गर्ने विषयमा छलफल भएको हो । भेटवार्तामा कार्यवाहक राजदूत बोल्डिनले रसुवाको ...
। नेपाल पर्यटन बोर्डले चालु आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ । बोर्डले चालु आवको तेस्रो महिना चल्दै गर्दा नयाँ बजेट ल्याएको हो । गत आवमा १ अर्ब ५९ करोडको बजेट कार्यान्वयन गरेको बोर्डले ८९ करोड ४७ लाख रुपैयाँ मात्र खर्च गर्न सकेको थियो । जुन लक्ष्यको ५६ ...
। नेपाल पर्यटन बोर्डले त्रिशूली नदी करिडोरमा जलवायु सम्पदा क्षेत्रको सम्भाव्यता अध्ययन गर्ने भएको छ । बोर्डले चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमा सोही कार्यक्रम समेटेको हो । यस कार्यक्रमका लागि बोर्डले १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यस वर्ष बोर्डले पर्यटन नीति, अध्ययन, अनुसन्धान र विश्लेषणका विभिन्न कार्यक्रम गर्न बजेट राखेको छ । जसमध्ये ...
। लुटपाटमा संलग्न रहेको अभियोगमा भक्तपुरबाट ४ जनालाई प्रहरीले पक्राउ गरिएको छ । पक्राउ पर्नेहरूमा सूर्यविनायक नगरपालिका–७ गुण्डु बस्ने दोलखा घर भएका १९ वर्षीय सौरभ मगर, २० वर्षीय अस्मित गजमेर, रामेछाप घर भएका १९ वर्षीय नविन राउत र काठमाडौं कीर्तिपुर नगरपालिका–६ चारघरे बस्ने ३० वर्षीय निल कुमार बस्नेत रहेका छन् । सूर्यविनायक नगरपालिका–४ अनन्त लिङ्गेश्वरस्थित खड्कागाउँमा बा.२ ...