मुख्य समाचार
गोली चलाएर पक्राउ गरिएका लुटेरा समूहका मुख्य नाइके २७ वटा मुद्दामा संलग्न रहेको
गोली चलाएर पक्राउ गरिएका लुटेरा समूहका मुख्य नाइके २७ वटा मुद्दामा संलग्न रहेको

। काठमाडौंको काँडाघारीबाट गोली चलाएर पक्राउ गरिएका लुटेरा समूहका मुख्य नाइके २७ वटा मुद्दामा संलग्न रहेको पाइएको छ ।

प्रहरीले बुधबार राति पौने १० बजेको समयमा गोली हानेर लुटेरा आर्यन माझीसहित अन्य दुई जनालाई पक्राउ गरेको थियो ।

माझी विभिन्न मितिमा जिल्ला प्रहरी परिसर भक्तपुर, ईलाका प्रहरी कार्यालय बनेपा काभ्रे, जिल्ला प्रहरी परिसर काठमाडौंबाट डाँका चोरी मुद्दामा २७ वटा मुद्दामा पक्राउ परेको देखिएको हो ।

उनीहरूले काठमाडौंका विभिन्न ठाउँमा लुटपाट गर्ने गरेको, मान्छेलाई बाटोमा हिंडेकै अवस्थामा सिक्रि लुटपाट गर्ने लगायतका काममा संलग्न रहेको पाइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी दिलिप घिमिरेले जानकारी दिए ।

उनका अनुसार, पक्राउ पर्नेमा मकवानपुरका बकैया गाउँपालिका–५ घर भएका राकेश थिङ र मकवानपुरका बकैया गाउँपालिका–७ घर भएका मनोज कुमार मोक्तान रहेका छन् ।

थिङ लुटपाटका क्रममा मोटरसाइकलको पछाडि बसेका थिए भने मोक्तान मोटरसाइकलको अगाडि थिए ।

उनीहरूविरुद्ध गम्भीर उत्तेजना वा आवेगमा कुटपिटमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको एसएसपी घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलो पटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक विमान इरानमा अवतरण गरेको छ । इरानको सरकारी सञ्चारमाध्यमका अनुसार बिहीबार इराकको राष्ट्रिय ध्वजावाहक वायुसेवाको विमान राजधानी तेहरान पुगेको हो । अमेरिकाले इराकी वायुसेवालाई इरानमा उडान सञ्चालन गर्न प्रतिबन्धबाट विशेष छुट दिएपछि उक्त उडान सञ्चालन भएको हो । सरकारी टेलिभिजनले प्रसारण गरेको दृश्यमा इराकको नजफबाट उडेको ...
। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच भेटवार्ता भएको छ । भेटवार्तामा नेपाल–अमेरिका सम्बन्ध, रसुवालगायत बाढी प्रभावित क्षेत्रको पुन:स्थापना तथा पुनर्निर्माण, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण र सामाजिक विकासका क्षेत्रमा सहकार्य थप सुदृढ गर्ने विषयमा छलफल भएको हो । भेटवार्तामा कार्यवाहक राजदूत बोल्डिनले रसुवाको ...
। नेपाल पर्यटन बोर्डले चालु आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ । बोर्डले चालु आवको तेस्रो महिना चल्दै गर्दा नयाँ बजेट ल्याएको हो । गत आवमा १ अर्ब ५९ करोडको बजेट कार्यान्वयन गरेको बोर्डले ८९ करोड ४७ लाख रुपैयाँ मात्र खर्च गर्न सकेको थियो । जुन लक्ष्यको ५६ ...
। नेपाल पर्यटन बोर्डले त्रिशूली नदी करिडोरमा जलवायु सम्पदा क्षेत्रको सम्भाव्यता अध्ययन गर्ने भएको छ । बोर्डले चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमा सोही कार्यक्रम समेटेको हो । यस कार्यक्रमका लागि बोर्डले १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यस वर्ष बोर्डले पर्यटन नीति, अध्ययन, अनुसन्धान र विश्लेषणका विभिन्न कार्यक्रम गर्न बजेट राखेको छ । जसमध्ये ...
। लुटपाटमा संलग्न रहेको अभियोगमा भक्तपुरबाट ४ जनालाई प्रहरीले पक्राउ गरिएको छ । पक्राउ पर्नेहरूमा सूर्यविनायक नगरपालिका–७ गुण्डु बस्ने दोलखा घर भएका १९ वर्षीय सौरभ मगर, २० वर्षीय अस्मित गजमेर, रामेछाप घर भएका १९ वर्षीय नविन राउत र काठमाडौं कीर्तिपुर नगरपालिका–६ चारघरे बस्ने ३० वर्षीय निल कुमार बस्नेत रहेका छन् । सूर्यविनायक नगरपालिका–४ अनन्त लिङ्गेश्वरस्थित खड्कागाउँमा बा.२ ...