मुख्य समाचार
रसुवा बाढीको क्षतिबारे बागमती सरकारको प्रारम्भिक प्रतिवेदन मुख्यमन्त्रीलाई बुझाइयो
रसुवा बाढीको क्षतिबारे बागमती सरकारको प्रारम्भिक प्रतिवेदन मुख्यमन्त्रीलाई बुझाइयो

। रसुवाको भोटेकोशी बाढीको क्षतिबारे बागमती प्रदेश सरकारले तयार पारेको एकीकृत प्रारम्भिक प्रतिवेदन मुख्यमन्त्री किरण थापामगरलाई बुझाइएको छ । प्रदेश सरकारको आन्तरिक मामिला, कानु तथा सहकारी मन्त्रालयका सचिव महेश भट्टराईले बिहीबार सो प्रतिवेदन मुख्यमन्त्री थापामगरलाई बुझाएका हुन् ।

प्रतिवेदनमा बाढीका कारण हालसम्म एक हजार ४५५ जनाको ज्यान गइसकेको उल्लेख छ । यस्तै, हालसम्म ५ हजार २८५ जना अझै बेपत्ता छन् ।

घाइते भएकामध्ये ३४४ जनाको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ ।

बाढीबाट २ हजार ३०० वटा निजी आवासमा पूर्ण रूपमा क्षति पुगेको र २६९ वटा घरमा आंशिक क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ । जसमा दुई हजार ३०० भन्दा बढी परिवार पूर्ण रूपमा विस्थापित बनेका छन् ।
विस्थापितमध्ये एक हजार ८५ जना नागरिकलाई हाल अस्थायी शिविरहरूमा राखिएको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै, बाढीका कारण १०२ जना बालबालिकाले आफ्ना बाबुआमा गुमाएको प्रतिवेदनमा उल्लेख छ । २४६ बालबालिका र १६९ ज्येष्ठ नागरिक होल्डिङ सेन्टरहरूमा आश्रय लिइरहेको प्रतिवेदनमा उल्लेख छ ।

सार्वजनिक सम्पत्ति क्षति

प्रदेश सरकारले तयार पारेको प्रारम्भिक प्रतिवेदनमा ३४ वटा मोटरेबल पुल र ५१ वटा झोलुङ्गे पुलमा बाढीले पूर्णरूपमा क्षति पुर्‍याएको छ ।

यस्तै, साढे तीन किलोमिटर कालोपत्रे सडक र १४ वटा सरकारी भवन ध्वस्त भएको प्रतिवेदनमा उल्लेख छ ।

सडक, पुल र सरकारी भवनतर्फ ५ अर्ब ६९ करोड ७ लाख रुपैयाँ बराबरको क्षति पुगेको प्रतिवेदनमा अनुमान गरिएको छ ।

यस्तै, १२ वटा विद्यालयका ३५ भवन र ३१७ कक्षाकोठा पूर्ण रूपमा भत्किँदा ९ हजार २४८ विद्यार्थीको पठनपाठन ठप्प भएको प्रतिवेदनमा उल्लेख छ । यस्तै, १८ वटा विद्यालयमा आंशिक क्षति पुगेको भनिएको छ ।

जसमा ४ अर्ब ९८ करोड ६२ लाख रुपैयाँ बराबरको क्षति पुगेको प्रतिवेदनमा अनुमान गरिएको छ ।

यस्तै, ६ सरकारी र ७ निजी स्वास्थ्य संस्था तथा औषधि पसल पूर्ण रूपमा क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ ।

खानेपानी र सिँचाइतर्फ ५५ वटा खानेपानी आयोजना र ४४ वटा सिँचाइ कुलोमा क्षति पुग्दा हजारौँ घरधुरी खानेपानी र सिँचाइ सुविधाबाट वञ्चित भएको प्रतिवेदनमा उल्लेख छ ।

यी आयोजनाहरूमा ५२ करोड ६९ लाख रुपैयाँ बराबर क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै, १९८ वटा सञ्चार टावरमा क्षति पुगेकोमा १९३ टावर पुन: सञ्चालनमा ल्याइएको प्रतिवेदनमा उल्लेख छ ।

१७ बैङ्क शाखा र ९ एटीएममा क्षति पुग्दा २ हजार १२५ कर्जा खाता जोखिममा परेको प्रतिवेदनमा उल्लेख छ ।

उद्योग, व्यापार र कृषि क्षेत्र धराशायी

यस्तै, बाढीले उद्योग– व्यवसायमा पनि ठूलो क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ । जसमा ३०० वटा घरेलु तथा साना उद्योग, ६७ वटा व्यापारिक पसल र ३० वटा गोदाम क्षतिग्रस्त हुँदा दुई अर्ब ९७ करोडभन्दा बढीको क्षति भएको छ र एक हजार ७०० भन्दा बढी श्रमिकको रोजगारी गुमेको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै, ९७३ हेक्टर खेतीयोग्य जमिन प्रभावित भएको र ४७१ हेक्टरको बालीनाली पूर्ण नष्ट भएको भनिएको छ ।

यस्तै, बाढीमा ७०२ वटा ठूला पशु, २ हजार १२३ वटा साना पशु र एक लाख ३४ हजार कुखुरा तथा पन्छी मरेको प्रतिवेदनमा उल्लेख छ ।

कृषि तथा पशुधनतर्फ २८ करोड ५९ लाख रुपैयाँ बराबरको क्षति पुगेको प्रतिवेदनमा अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलो पटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक विमान इरानमा अवतरण गरेको छ । इरानको सरकारी सञ्चारमाध्यमका अनुसार बिहीबार इराकको राष्ट्रिय ध्वजावाहक वायुसेवाको विमान राजधानी तेहरान पुगेको हो । अमेरिकाले इराकी वायुसेवालाई इरानमा उडान सञ्चालन गर्न प्रतिबन्धबाट विशेष छुट दिएपछि उक्त उडान सञ्चालन भएको हो । सरकारी टेलिभिजनले प्रसारण गरेको दृश्यमा इराकको नजफबाट उडेको ...
। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच भेटवार्ता भएको छ । भेटवार्तामा नेपाल–अमेरिका सम्बन्ध, रसुवालगायत बाढी प्रभावित क्षेत्रको पुन:स्थापना तथा पुनर्निर्माण, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण र सामाजिक विकासका क्षेत्रमा सहकार्य थप सुदृढ गर्ने विषयमा छलफल भएको हो । भेटवार्तामा कार्यवाहक राजदूत बोल्डिनले रसुवाको ...
। नेपाल पर्यटन बोर्डले चालु आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ । बोर्डले चालु आवको तेस्रो महिना चल्दै गर्दा नयाँ बजेट ल्याएको हो । गत आवमा १ अर्ब ५९ करोडको बजेट कार्यान्वयन गरेको बोर्डले ८९ करोड ४७ लाख रुपैयाँ मात्र खर्च गर्न सकेको थियो । जुन लक्ष्यको ५६ ...
। नेपाल पर्यटन बोर्डले त्रिशूली नदी करिडोरमा जलवायु सम्पदा क्षेत्रको सम्भाव्यता अध्ययन गर्ने भएको छ । बोर्डले चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमा सोही कार्यक्रम समेटेको हो । यस कार्यक्रमका लागि बोर्डले १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यस वर्ष बोर्डले पर्यटन नीति, अध्ययन, अनुसन्धान र विश्लेषणका विभिन्न कार्यक्रम गर्न बजेट राखेको छ । जसमध्ये ...
। लुटपाटमा संलग्न रहेको अभियोगमा भक्तपुरबाट ४ जनालाई प्रहरीले पक्राउ गरिएको छ । पक्राउ पर्नेहरूमा सूर्यविनायक नगरपालिका–७ गुण्डु बस्ने दोलखा घर भएका १९ वर्षीय सौरभ मगर, २० वर्षीय अस्मित गजमेर, रामेछाप घर भएका १९ वर्षीय नविन राउत र काठमाडौं कीर्तिपुर नगरपालिका–६ चारघरे बस्ने ३० वर्षीय निल कुमार बस्नेत रहेका छन् । सूर्यविनायक नगरपालिका–४ अनन्त लिङ्गेश्वरस्थित खड्कागाउँमा बा.२ ...