मुख्य समाचार
आफ्नो नाम जोडेर विभिन्न उम्मेदवारहरूको सूची प्रचारप्रसार भइरहेको भन्दै त्यस्ता सूचीलाई आफ्नो आधिकारिक समर्थन वा सिफारिसका रूपमा नबुझ्न आग्रह
आफ्नो नाम जोडेर विभिन्न उम्मेदवारहरूको सूची प्रचारप्रसार भइरहेको भन्दै त्यस्ता सूचीलाई आफ्नो आधिकारिक समर्थन वा सिफारिसका रूपमा नबुझ्न आग्रह

: नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो नाम जोडेर विभिन्न उम्मेदवारहरूको सूची प्रचारप्रसार भइरहेको भन्दै त्यस्ता सूचीलाई आफ्नो आधिकारिक समर्थन वा सिफारिसका रूपमा नबुझ्न आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत बाहिर सार्वजनिक भएको बिषयमाथि स्पष्ट पार्दै थापाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचन पार्टीभित्रको स्वस्थ आन्तरिक लोकतान्त्रिक प्रक्रिया भएको उल्लेख गरेका छन्। उनले यसपटक कुनै पनि प्यानल वा गुट नरहेको स्पष्ट पारेका छन्।

आफ्नो नाम जोडेर प्रचार गरिएका उम्मेदवारहरूको सूचीबारे स्पष्ट पार्दै उनले कुनै पनि अफवाहमा नलाग्न र त्यस्ता प्रचारबाट भ्रममा नपर्न महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गरेका छन्।

थापाले सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई कुनै पनि भ्रम वा प्रभावमा नपरी पार्टीको सर्वोपरि हितलाई ध्यानमा राख्दै आफ्नो स्वतन्त्र विवेक, मूल्याङ्कन र विश्वासका आधारमा मतदान गर्न अनुरोध गरेका छन्।

केन्द्रीय कार्यसमितिका लागि मतदान प्रक्रिया सुरु भएको सन्दर्भमा उनले निर्वाचन प्राविधिक कारणले एक दिन ढिलो भएको उल्लेख गर्दै प्रतिनिधिहरूमा पर्न गएको असुविधाप्रति क्षमासमेत मागेका छन्। प्रतिनिधिहरूको विवेकपूर्ण निर्णयले पार्टी संगठनलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्दै थापाले निर्वाचन प्रक्रियामा मर्यादित, संयमित र उत्साहपूर्ण सहभागिताका लागि आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल विद्युत् प्राधिकरणको लापरबाहीले गुल्मीका नागरिकको अकालमै ज्यान गएको छ। पछिल्लो तीन आर्थिक वर्षमा मात्रै करेन्ट लागेर गुल्मीका सात जना नागरिकको ज्यान गइसकेको छ। अव्यवस्थित विद्युतका पोल, भुइँमा लथालिंग छरिएका तारसहित विद्युत करेन्ट प्रवाह हुने विभिन्न सामग्रीहरूको नियमित मर्मत सम्भार नगर्दा नागरिकहरूको ज्यान गएको हो। धुर्कोट गाउँपालिका-५ बस्तु गुल्मीका २४ वर्षीय ऋषिराम भण्डारीको मंगलवार ...
: एसीसी यु-१९ पुरुष एसिया कपको खेल तालिका सार्वजनिक भएको छ। एसियन क्रिकेट काउन्सिलले बिहीबार यु-१९ एसिया कपको तालिका सार्वजनिक गरेको हो। यो प्रतियोगिता नोभेम्बर ५ देखि १४ (कात्तिक १९ देखि २८ गते) सम्म ओमानमा सञ्चालन हुनेछ। नेपालले समूह ‘ए’ मा रहेर भारत, पाकिस्तान र यूएईसँग खेल्नेछ। समूह ‘बी’ मा श्रीलंका, बंगलादेश, अफगानिस्तान र मलेसिया ...
। हुम्ला–मुगुको सीमावर्ती मिमी पाटन क्षेत्रमा जडीबुटी खोज्न गएका मुगुका दुई जना मृत भेटिएका छन् । मुगुम कार्मारोङ गाउँपालिका–९ का अङ्गबहादुर रोकाया र ललितजङ्ग बडुवाल मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक(डीएसपी) रविराज थपलियाका अनुसार रोकायाको शव असोज १७ गते मिमी पाटन क्षेत्रमा हिउँले पुरिएको अवस्थामा फेला परेको ...
: ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् महसुलको डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न थप सहुलियत दिने घोषणा गरेका छन्। मन्त्री श्रेष्ठले ‘ग्राहकलाई कार्यालयसम्म बोलाउनेभन्दा विद्युत् प्राधिकरणको सेवा ग्राहकको हातमा पुर्‍याउने’ अवधारणाअनुसार डिजिटल भुक्तानीलाई प्राथमिकता दिनुपर्ने बताएका हुन्। डिजिटल भुक्तानीबाट ग्राहकको समय र खर्च बचत हुनुका साथै नेपाल विद्युत् प्राधिकरणको प्रशासनिक भारसमेत घट्ने उनको भनाइ छ। मन्त्री ...
: एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार सेवाहरु प्रदान गर्न थालेको छ। यो टावरको सञ्चालन पश्चात मार्माको लट्टिनाथ क्षेत्रका स्थानीय बासिन्दाहरुले दूरसञ्चार सेवाको पहुँचबाट प्रत्यक्ष लाभ लिन थालेका छन्। स्थानियहरुको सञ्चार सेवाको आवश्यकतालाई मध्यनजर गर्दै एनसेलले यो टावर जडान गरेको हो। स्थानीय बासिन्दा मात्र होइन, अपि हिमाल आरोहण तथा उक्त ...