मुख्य समाचार
दूरसञ्चार कम्पनी भारती एयरटेलले एलन मस्कको आरोपलाई खारेज
दूरसञ्चार कम्पनी भारती एयरटेलले एलन मस्कको आरोपलाई खारेज

। दूरसञ्चार कम्पनी भारती एयरटेलले एलन मस्कको आरोपलाई खारेज गरेको छ। मस्कले आफ्नो स्याटकम कम्पनी स्टारलिङ्कलाई भारतमा काम गर्नबाट रोकिएको आरोप लगाएका थिए।

भारती एयरटेलका अध्यक्ष सुनील भारती मित्तलले आफ्नो भनाइ सार्वजनिक गरेका छन्। उनले आफ्नो स्याटकम उपक्रम ईयूटेलसेट वनवेब पनि भारतमा सेवा सुरु गर्न स्वीकृतिको पर्खाइमा रहेको बताएका छन् ।
एलन मस्कले एक्समा एउटा पोस्ट गर्दै आफ्नो धारणा राखेका थिए। उनले भारतमा केही खास उद्योगपतिहरूले आफ्नो कम्पनी स्टारलिङ्कको स्याटेलाइट इन्टरनेट सेवाको प्रवेशलाई रोकिरहेको आरोप लगाएका छन् ।

मस्कले कुनै कम्पनीको नाम सीधा रूपमा लिएका छैनन् । तर मस्कले तपाईं अनुमान लगाउन सक्नुहुन्छ कि उनीहरू को हुन् भनेर भनेका छन् । भारत सरकारले मस्कका यी आरोपहरूको जवाफ दिएको छ।

“सोशल मिडियामा स्याटेलाइट कम्युनिकेसन सेवाका लागि भारतको रेगुलेटरी फ्रेमवर्कको निष्पक्षतामा एउटा पोस्ट सर्कुलेट भइरहेको छ। यसमा यसलाई लागू गर्नमा भेदभाव भइरहेको भनिएको छ। तर भारतमा यस मामिलामा भेदभावपूर्ण नियमहरू छैनन्,” सरकारले स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको जेलमुक्तिको माग गर्दै इस्लामाबादका लागि सुरु भएको लङ मार्च बिहीबार पेशावर शहर पुग्दै छ। यसलाई ध्यानमा राखेर पेशावर शहरको सुरक्षा व्यवस्था कडा बनाइएको छ। पाकिस्तान तहरीक-ए-इंसाफको मार्चका कारण पेशावरका केही निजी शिक्षण संस्थाहरूले बिहीबार बिदा दिने घोषणा गरेका छन्। बुधबार साँझ अभिभावकहरूलाई सन्देश पठाएर बिदाको जानकारी दिइएको थियो। बिहीबार पाकिस्तान तहरीक-ए-इंसाफको मार्च ...
। इरानविरुद्धको युद्धमा अमेरिकाले आफ्नो अत्याधुनिक सैन्य शक्ति प्रयोग गरिरहेको छ। अमेरिकी अधिकारीहरूले इरानको परम्परागत सैन्य क्षमता ठूलो मात्रामा कमजोर बनाएको दाबी पनि गर्दै आएका छन्। तर आठ महिनादेखि जारी युद्धको नतिजाले भने अर्को तथ्य बाहिर ल्याइरहेको छ । तुलनात्मक रूपमा कमजोर बनेको इरानले ड्रोन, मिसाइल र अन्य असममित रणनीति अर्थात् शक्तिमा धेरै कमजोर पक्षले शक्तिशाली ...
विद्रोहीहरूबिच वर्षौँदेखि चलिरहेको गृहयुद्ध पुनः चर्किएपछि मध्यपूर्वको सुरक्षा समीकरणले नयाँ मोड लिएको छ। हुथी विद्रोहीहरूले साउदी अरबका तेल ट्याङ्कर र बन्दरगाहहरूमा नाकाबन्दीको घोषणा गर्दै आक्रमण तीव्र पारेपछि साउदी अरबले पाकिस्तान र टर्कीसँगको ऐतिहासिक ‘मक्का सुरक्षा सम्झौता’ सक्रिय बनाएको छ। यस सैन्य सम्झौताअनुसार साउदी भूभाग र पवित्र स्थलहरूको रक्षाका लागि पाकिस्तानले आफ्ना सैनिकहरू परिचालन गर्न सहमति जनाएको ...
। पाकिस्तानले जमिनबाट प्रक्षेपण गर्न सकिने लामो दूरीको क्रुज मिसाइल ‘फतह–४’ को नयाँ संस्करण सफल परीक्षण गरेको छ । नयाँ संस्करणलाई ‘फतह–४ ईआर’ नाम दिइएको छ । पाकिस्तानी सेनाको जनसम्पर्क विभाग (आईएसपीआर) का अनुसार नयाँ मिसाइलमा उडान तथा लक्ष्य निर्धारणका लागि अत्याधुनिक प्रविधि प्रयोग गरिएको छ । पाकिस्तानले नयाँ संस्करणको वास्तविक मारक दूरी भने सार्वजनिक गरेको छैन ...
: सन् २०२६ को रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सेली वैज्ञानिक हेनरी बी. कागन र जापानी वैज्ञानिक केन्सो सोआईलाई प्रदान गरिने भएको छ ।असिमेट्रिक अर्गानिक सिन्थेसिस' मा 'नन-लिनियर इफेक्ट्स' र 'अटोक्याटालिसिस' सम्बन्धी महत्त्वपूर्ण खोज गरेबापत उनीहरूलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो। स्टकहोमस्थित 'रोयल स्विडिस एकेडेमी अफ साइन्सेज' ले बुधबार विजेताहरूको नाम सार्वजनिक गरेको हो। रसायनशास्त्र नोबेल ...