मुख्य समाचार
नेपाल विद्युत् प्राधिकरणको लापरबाहीले गुल्मीका नागरिकको अकालमै ज्यान गएको छ
नेपाल विद्युत् प्राधिकरणको लापरबाहीले गुल्मीका नागरिकको अकालमै ज्यान गएको छ

: नेपाल विद्युत् प्राधिकरणको लापरबाहीले गुल्मीका नागरिकको अकालमै ज्यान गएको छ। पछिल्लो तीन आर्थिक वर्षमा मात्रै करेन्ट लागेर गुल्मीका सात जना नागरिकको ज्यान गइसकेको छ। अव्यवस्थित विद्युतका पोल, भुइँमा लथालिंग छरिएका तारसहित विद्युत करेन्ट प्रवाह हुने विभिन्न सामग्रीहरूको नियमित मर्मत सम्भार नगर्दा नागरिकहरूको ज्यान गएको हो।

धुर्कोट गाउँपालिका-५ बस्तु गुल्मीका २४ वर्षीय ऋषिराम भण्डारीको मंगलवार अकालमै ज्यान गयो। भुइँमा लत्रिएको करेन्ट सहितको विद्युत्तको तारमा परेर उनको घटनास्थलमै ज्यान गयो। काठमाण्डौंमा कोरिया भाषा पढिरहेका भण्डारी बुबा बिरामी भएर उपचारका लागि घर गएका थिए। करेन्ट लागेर मृत्युपछि भण्डारीको कोरिया जाने सपना अँधुरै मात्रै भएन् बुढ्यौली लागेका बुबा आमाको सहारा पनि गुम्यो।

‘घरको कान्छे भाइ हो। काठमाडौंमा मसँगै बसेर कोरिया भाषा पढ्दै थियो’,दिदी लक्ष्मी भण्डारीले भनिन्,‘विद्युत कार्यालयको गम्भीर लापरबाहीले अकालमै भाइलाई गुमायौं।’ भाइको मृत्युको खबर थाहाँ पाएपछि बिहीबार विहान मात्रै आफू गुल्मी पुगेको उनले बताइन्।

‘सिमलचौर बेसीमा हाम्रो खेत छ। धानमा सिंचाइ गर्न भाइ गएको रहेछ’, भण्डारीले भनिन्, ‘हाम्रो भाइमात्र होइन्, करेन्ट लागेर गुल्मीका धेरै मानिसको मृत्यु भएको खबर पढेका छौं। दोषीलाई कारबाही हुनुपर्छ।’ कोरिया पुगेर बुबा आमाको सपना पूरा गर्ने भाइको सपना अधुरै रहेको उनले बिलौना गरिन्।

हावाहुरी र वर्षातले पालिकाका धेरै गाउँबस्तीमा विद्युत्तका पोलहरुलाई बासले टेको लगाएर राखेको र तारहरू यत्रतत्र छरिएको अवस्थामा रहेको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले गुनासो गरे। ‘गाउँलेहरुले मर्मतका लागि विद्युत्त प्राधिकरण वितरण केन्द्र तम्घासलाई पटक पटक खवर गर्नुभएको रहेछ’,पोखरेलले भने,‘तर, विद्युत्त कार्यालयले जहिल्यै जनशक्ति छैनन् मात्र भनेर आलटाल गरेकाले नागरिकहरुले अकालमै ज्यान गुमाउन बाध्य छन्।’

२०८३ असार १७ गते धुर्कोट-५ कै ६० वर्षीय हुमकला भण्डारीको पनि करेन्ट लागेर मृत्यु भयो। नाताले हुमकला ऋषिरामकी हजुरआमा हुन्। जंगली जनावरलाई पासो लगाएर राखेको विद्युत करेन्टमा परेर भण्डारीको मृत्यु भएको थियो। परिवारका अनुसार जिल्ला अस्पताल तम्घास लैजाँदै गर्दा उनको ज्यान गयो।

मालिका गाउँपालिका-५ छापहिलेका सूर्य बहादुर थापाको २०८३ जेठ २४ गते ३० वर्षको उमेरमा करेन्टबाटै मृत्यु भयो। उनी नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रका कर्मचारी समेत थिए। मालिका-३ ह्वाङ्दीमा विद्युतको पोलमा चढेको अवस्थामा अचानक करेन्ट लागेर थापाको मृत्यु भएको परिवारले जनाएका छन्।

करेन्ट लागेरै धुर्कोट-७ वाग्ला नेटाका ४० वर्षीय झबिन्द्र घिमिरेको २०८२ असार १४ गते मृत्यु भयो। हाइटेन्सन लाइनको फलामको पोलमा चढेर बनाउने क्रममा उनको अचानक करेन्ट लागेर मृत्यु भएको थियो।

त्यस्तै गुल्मीकै मुसीकोट नगरपालिका-२ काब्राचौरका ५० वर्षीय यमलाल सापकोटाको आफ्नै खेतमा जोत्ने क्रममा अचानक विद्युतको पोलबाट करेन्ट प्रवाह भएर मृत्यु भयो । मुसीकोटकै पाल्टार निवासी चन्द्रकला कुमालको पनि २०८१ चैत १३ गते करेन्ट लागेर मृत्यु भएको थियो।

बदेल धपाउनका लागि बारीमा राखेको बिजुलीको करेन्टमा परेर मदाने गाउँपालिका-१ ओख्लेदहकी ४८ वर्षीया डाल कुमारी खत्रीको तिजको मुखैमा मृत्यु भयो। स्थानीय ठूलाचौर निवासी ३० वर्षीय सन्तोष विष्टले बदेल धपाउन कोदो बारीको खुल्ला तारमा करेन्ट छाड्दा उनको मृत्यु भएको थियो। प्रहरीका अनुसार गुल्मीमा आर्थिक वर्ष २०७६/०७७ देखि हालसम्म करेन्ट लागेर १५ जना नागरिकको मृत्यु भइसकेको छ।

विद्युतको करेन्टमा परेर एकपछि अर्को नागरिकको मृत्यु हुँदै गएपछि सिंगो गुल्मीका नागरिकहरू त्रसित भएका छन्। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गुल्मीका कार्यालय प्रमुख मनोज अर्यालले कार्यालयमा पर्याप्त बजेट र आवश्यक जनशक्ति नहुँदा संरचना सुधारका काम गर्न नसकिएको प्रतिक्रिया दिए।

उनले वार्षिक रुपमा मर्मत संरचनाका लागि ९५ लाख रुपैयाँ मात्र बजेट विनियोजन हुनेगरेको जानकारी गराए। अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर नौ करोड रुपैयाँ बराबरको योजना सहितको बजेट माग गरे पनि स्वीकृत नभएको उनको भनाइ छ। पोलमा चढेर काम गर्नका लागि जनशक्ति नपाउने समस्या रहेको समेत उनको प्रतिक्रिया छ। धुर्कोट सहित जिल्लामा करेन्ट लागेर मृत्यु भएका नागरिकहरूको कारणका बारेमा आवश्यक छानबिन गरिने गुल्मीका प्रमुख जिल्ला अधिकारी मोतीराम सापकोटाले प्रतिक्रिया दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कांग्रेस सभापति गगन थापाले जारी १५ औं महाधिवेशनको बन्दसत्र समापन गर्दै पार्टीभित्र अब कुनै पनि गुटबन्दी नरहेको घोषणा गरेका छन् । आफ्नो राजनीतिक प्रतिवेदन अनुमोदनको अनुमति लिन र बन्दसत्र टुंग्याउन बुधबार साँझ मञ्चमा उभिएका थापाले कांग्रेसभित्र गुटबन्दी सकिएको घोषणा गरेका हुन् । ‘नेपाली कांग्रेसभित्र अब औपचारिक रुपमा लामो समयदेखि भएको ७४, ३६, देउवा समूह, कोइराला ...
। पोखरा महानगरपालिका–१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर दुई जना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वतको महाशिला गाउँपालिका–६ फलामखानी घर भएका २९ वर्षीय विक्रम सुनार र गोरखाको पालुङटार नगरपालिका–७ बस्ने ३७ वर्षीय राजु कुमाल रहेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक दीपकप्रसाद रिजालले जानकारी दिए । उनका अनुसार आज दिउँसो घरको ...
: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्नेगरी तयारी गर्न त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिएका छन्। बिहीबार काठमाडौंको कीर्तिपुरमा बसेको विश्वविद्यालयको ६७औं वार्षिक बैठकमा पोखरेलले त्रिविको मुख्य समस्याको रूपमा रहेको परीक्षा ढिलो हुने र नतिजा समयमा नआउने परिपाटीलाई सुधार गर्न निर्देशन दिए। उनले शैक्षिक क्यालेन्डर कडाइका साथ लागू गर्दै परीक्षा ...
। अस्ट्रेलियास्थित न्यु साउथ वेल्सका प्रिमियर क्रिस्टोफर (क्रिस) जोन मिन्सले सिड्नीमा नेपालका परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेका छन्। भेटका क्रममा प्रिमियर मिन्सले नेपालमा हालै आएको विनाशकारी बाढी तथा विपद्का कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गरे। उनले विपद्पछिको पुनःस्थापना तथा पुनर्निर्माणका लागि न्यु साउथ वेल्स सरकार नेपाललाई सहयोग गर्न तयार रहेको बताए। परराष्ट्रमन्त्री ...
: एसीसी यु-१९ पुरुष एसिया कपको खेल तालिका सार्वजनिक भएको छ। एसियन क्रिकेट काउन्सिलले बिहीबार यु-१९ एसिया कपको तालिका सार्वजनिक गरेको हो। यो प्रतियोगिता नोभेम्बर ५ देखि १४ (कात्तिक १९ देखि २८ गते) सम्म ओमानमा सञ्चालन हुनेछ। नेपालले समूह ‘ए’ मा रहेर भारत, पाकिस्तान र यूएईसँग खेल्नेछ। समूह ‘बी’ मा श्रीलंका, बंगलादेश, अफगानिस्तान र मलेसिया ...