मुख्य समाचार
अस्ट्रेलियास्थित न्यु साउथ वेल्सका प्रिमियर क्रिस्टोफर (क्रिस) जोन मिन्सले सिड्नीमा नेपालका परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता
अस्ट्रेलियास्थित न्यु साउथ वेल्सका प्रिमियर क्रिस्टोफर (क्रिस) जोन मिन्सले सिड्नीमा नेपालका परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता

। अस्ट्रेलियास्थित न्यु साउथ वेल्सका प्रिमियर क्रिस्टोफर (क्रिस) जोन मिन्सले सिड्नीमा नेपालका परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेका छन्।

भेटका क्रममा प्रिमियर मिन्सले नेपालमा हालै आएको विनाशकारी बाढी तथा विपद्का कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गरे। उनले विपद्पछिको पुनःस्थापना तथा पुनर्निर्माणका लागि न्यु साउथ वेल्स सरकार नेपाललाई सहयोग गर्न तयार रहेको बताए।

परराष्ट्रमन्त्री खनालले विपद्का कारण प्रभावित नेपालीप्रति देखाएको सहानुभूति, ऐक्यबद्धता र सहयोगका लागि न्यु साउथ वेल्सका जनता, नेपाली डायस्पोरा तथा त्यहाँका विभिन्न समुदायप्रति हार्दिक आभार व्यक्त गरे।

मन्त्री खनालले विपद्पछि सम्पर्कविहीन भएका अष्ट्रेलियाली नागरिकहरूको खोजी तथा उद्धारलाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको जानकारी गराए।

भेटवार्तामा नेपाल र न्यु साउथ वेल्सबीच व्यापार, ऊर्जा, खानी, पूर्वाधार तथा प्राविधिक एवं व्यावसायिक शिक्षा तथा तालिम (टीभीईटी) लगायतका क्षेत्रमा सहकार्यका सम्भावनाबारे पनि छलफल भएको थियो।

त्यसैगरी नेपाल र न्यु साउथ वेल्सका उच्च शिक्षण संस्थाबीच सहकार्य तथा शैक्षिक आदानप्रदानलाई थप विस्तार गर्ने विषयमा समेत दुवै पक्षबीच छलफल भएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जनकपुरधाममा धारिलो हतियार छुरा प्रहारबाट एक युवक हत्या भएको छ । अर्का युवक गम्भीर घाइते भएका छन् । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–५ रहिमपथ नजिकै बिहीबार साँझ करिब ७:१० बजे सोनारपट्टी दाहाचोक बस्ने करिब २४ वर्षीय आमिन साफी र सोही ठाउँका करिब २५ वर्षीय इम्तियाज राइनमाथि छुरा प्रहार भएको हो । उपचारको क्रममा आमिन साफीको प्रादेशिक अस्पताल जनकपुरमा ...
— पोखराको कालिका बोर्डिंग स्कुलको बस दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ५ पुगेको छ । दुर्घटनामा परेर १४ जना घाइते भएका छन्। प्रहरीका अनुसार, मृत्यु हुनेमा ३ छात्रा र १ छात्र रहेका छन् । साथै, स्कुलबसमा लिफ्ट मागेर चढेका एक अभिभावकको समेत मृत्यु भएको प्रहरीले जनाएको छ । गण्डकी प्रदेशका डीआईजी दीपेन्द्र जीसीका अनुसार ४ बिद्यार्थी र ...
। नेपाली सेनाको टोलीले संयुक्त अधिराज्य (बेलायत) को वेल्स, ब्रेकनमा सञ्चालन भएको क्याम्ब्रियन पट्रोल एक्सरसाइज (गस्ती अभ्यास) मा तेस्रो वर्ष पनि स्वर्ण पदक प्राप्त गरेको छ । ३५ राष्ट्रका १३० वटा अन्तर्राष्ट्रिय टोली सहभागी उक्त अभ्यासमा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको हो । निकै कठोर मानिने यो अभ्यासमा नेपाली सेनाले सन् २०२४ देखि लगातार ...
। सिरहाको गोलबजारस्थित बल्डाराबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गरिरहेको अवस्थामा सशस्त्र प्रहरीले ६ थान टिपर र एक थान जेसिबी नियन्त्रणमा लिएको छ । अवैध उत्खनन् भइरहेको सूचनाका आधारमा सशस्त्र प्रहरी बल गोलबजारबाट खटिएको टोलीले ती सवारीसाधन नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएका सवारीसाधनमा प्रदेश २–०१–००१ क ०१७०, प्रदेश १–००१ क ०२८५, को १ ख ४९७५, भे १ ...
— ‘खल्ती’को आधिकारिक कर्मचारी हुँ भन्दै फोन गरेर विभिन्न व्यक्तिको बैंक तथा वालेट खाताबाट रकम चोरी गर्ने आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट ईशनाथ नगरपालिका–३ का २३ वर्षीय सुभमकुमार झा, बारा सिम्रौनगढ नगरपालिका–१० का २० वर्षीय अनिकेत यादव, रौतहट ईशनाथ नगरपालिका–३ का २२ वर्षीय पवनकुमार चौधरी र रौतहट गौर नगरपालिका–१ का ...