मुख्य समाचार
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुदको तयारी तीव्र गतिमा
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुदको तयारी तीव्र गतिमा

— राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुदको तयारी तीव्र गतिमा अगाडि बढाइरहेको छ । राखेपले दसौं राष्ट्रिय खेलकुदलाई प्रभावकारी रुपमा सम्पन्न गर्ने सन्दर्भमा सरोकारवालसंग बिहीबार छलफल गरेको छ ।

राखेपका उपाध्यक्ष विशाल श्रेष्ठ, सदस्य–सचिव रामचरित्र मेहता, युवा तथा खेलकुद मन्त्रालयका प्रमुख सल्लाहकार सिद्धि व्यञ्जनकार, राखेप कार्यकारी समितिका सदस्य, राखेपका बोर्ड सदस्यलगायतको उपस्थितिमा भएको बैठकमा तयारीलगायत विविध पक्षमा छलफल भएको थियो ।

दसौं राष्ट्रिय खेलकुदमा समावेश विभिन्न ३२ खेलका राष्ट्रिय संघका पदाधिकारी, विषयगत उपसमितिका संयोजकसहित सचिव तथा विषयगत उपसमितिका सचिवसँग छलफल भएको थियो । दसौं राष्ट्रिय खेलकुद १६ देखि २७ मंसिरसम्म हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इन्दु बर्मा र रोमा थापाको महत्वपूर्ण साझेदारीमा एपीएफ क्लबले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला क्रिकेटमा मधेश प्रदेशलाई ८० रनले पराजित गरेको छ। लगातार दोस्रो जितसँगै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको छ। एपीएफले दिएको १४४ रनको लक्ष्य पछ्याएको मधेशले ७ विकेट गुमाएर ६३ रन मात्रै बनाउन सक्यो। मधेशका सुरुआती तीन ब्याटर एलिशा यादव, सना प्रविन र कप्तान पूजा ...
। त्रिभुवन आर्मी क्लबले १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलमा लगातार दोस्रो जित दर्ता गरेको छ। शुक्रबार भएको खेलमा आर्मीले बागमती प्रदेशलाई २–० गोलले पराजित गरेको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा आर्मीले दोस्रो हाफमा दुई गोल गर्‍यो। ६४औं मिनेटमा लाकेन लिम्बुले गोल गर्दै आर्मीलाई अग्रता दिलाए। अतिरिक्त खेलाडीका रूपमा मैदान प्रवेश गरेका नवयुग श्रेष्ठले ...
: विभागीय टोली त्रिभुवन आर्मी क्लब दशौं राष्ट्रिय खेलकुद प्रतियोगीताको महिला क्रिकेटतर्फ सहआयोजक कर्णाली प्रदेशलाई ९७ रनले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ । कर्णाली आफ्नो दोस्रो हारसँगै प्रतियोगीताबाट बाहिरिएको छ । कर्णाली यसअघि कोशी प्रदेशसँग पराजित भएको थियो ।शुक्रबार वीरेन्द्रनगर रंगशालामा भएको प्रतियोगीतामा टस जितेर ब्याटिङ गरेको आर्मीले निर्धारित ओभरमा ४ विकेट गुमाउँदै १३८ ...
। १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलको ७ औं खेल अन्तर्गत शुक्रबार बिहान भएको पहिलो खेलमा कोशी प्रदेशले लुम्बिनी प्रदेशलाई ४–१ गोल अन्तरले हराएको छ । कोशीका लागि मिलन राईले १२ औं र ३२ औं मिनेटमा दुई गोल गरे भने अमित सन सतारले १४ औं तथा सौरभ लिम्बुले ६४ औं मिनेटमा गोल गरेका थिए । लुम्बिनीका ...
। आयरल्यान्डको पुरुष क्रिकेट टोलीले आगामी वर्ष पहिलोपटक पाकिस्तान भ्रमण गर्ने भएको छ। पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) र क्रिकेट आयरल्यान्डबीच भएको सहमतिअनुसार आयरल्यान्डले पाकिस्तानसँग तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ। सिरिजका तीन खेल जनवरी २०, २२ र २४ मा लाहोरस्थित गद्दाफी स्टेडियममा हुनेछन्। त्यसअघि आयरल्यान्डको सिनियर टोलीले जनवरी १३ देखि १७ सम्म पाकिस्तान शाहिन्ससँग तीन खेलको ...