मुख्य समाचार
अमेरिकासँगको युद्ध अन्त्य गर्नका लागि ‘वार्ता प्रक्रिया जारी रहेको र मध्यस्थकर्तामार्फत सन्देश आदानप्रदान भइरहेको’ बताए
अमेरिकासँगको युद्ध अन्त्य गर्नका लागि ‘वार्ता प्रक्रिया जारी रहेको र मध्यस्थकर्तामार्फत सन्देश आदानप्रदान भइरहेको’ बताए

इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकासँगको युद्ध अन्त्य गर्नका लागि ‘वार्ता प्रक्रिया जारी रहेको र मध्यस्थकर्तामार्फत सन्देश आदानप्रदान भइरहेको’ बताएका छन् ।

इरानको अर्धसरकारी समाचार संस्था तस्निम न्युज एजेन्सीका अनुसार अराघचीले यस्तो बताएका हुन् ।

‘हामीले आफ्नो प्रस्ताव प्रस्तुत गरेका छौँ, जसलाई हामीले ‘सातदिने योजना’ भनेका छौँ,’ अराघचीले भने, ‘साथै, हामीले अमेरिकी पक्षको धारणा पनि सुनेका छौँ र’

उनले इरानले अमेरिकी धारणाको समीक्षा गरिरहेको बताएका छन् । ‘अहिले हामी अमेरिकी पक्षका धारणा समीक्षा गरिरहेका छौँ । आगामी केही दिनभित्रै हामी आफ्नो जवाफ दिनेछौँ भन्ने मेरो विश्वास छ,’ अराघचीले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— यमनका हुथी विद्रोहीले साउदी अरबतर्फ पुनः मिसाइल प्रहार गरेपछि रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलले यात्रुहरूलाई विमानस्थल आउनुअघि आफ्नो उडानको अवस्था सम्बन्धित एयरलाइन्समार्फत पुष्टि गर्न आग्रह गरेको छ। विमानस्थलले बिहीबार जारी गरेको सूचनामा यात्रुहरूलाई एयरलाइन्ससँग सिधै सम्पर्क गरेर उडानको अवस्था जानकारी लिएपछि मात्रै विमानस्थल आउन भनिएको छ। यमनमा वैधानिक सरकारलाई समर्थन गरिरहेको सैन्य गठबन्धनले हुथी विद्रोहीद्वारा ...
युक्रेनमा अधिकारीहरूले यात्रुवाहक बसलाई लक्षित गरी गरिएको रुसी आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको बताएका छन् । उद्धार अधिकारीहरूका अनुसार अग्रपंक्तिमा रहेको क्रामातोर्स्क सहरमा सर्वसाधारण यात्रु बोकेका दुईवटा बसमा रुसी ग्लाइड बमबाट आक्रमण गरिएको हो । डोनेत्स्क क्षेत्रका प्रमुख वादिम फिलाश्किनले आक्रमणमा थप १८ जना घाइते भएको बताएका छन् । उनले धेरैभन्दा धेरै सर्वसाधारणको हत्या गर्ने उद्देश्यले यात्रुवाहक ...
। दूरसञ्चार कम्पनी भारती एयरटेलले एलन मस्कको आरोपलाई खारेज गरेको छ। मस्कले आफ्नो स्याटकम कम्पनी स्टारलिङ्कलाई भारतमा काम गर्नबाट रोकिएको आरोप लगाएका थिए। भारती एयरटेलका अध्यक्ष सुनील भारती मित्तलले आफ्नो भनाइ सार्वजनिक गरेका छन्। उनले आफ्नो स्याटकम उपक्रम ईयूटेलसेट वनवेब पनि भारतमा सेवा सुरु गर्न स्वीकृतिको पर्खाइमा रहेको बताएका छन् । एलन मस्कले एक्समा एउटा पोस्ट गर्दै ...
। पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको जेलमुक्तिको माग गर्दै इस्लामाबादका लागि सुरु भएको लङ मार्च बिहीबार पेशावर शहर पुग्दै छ। यसलाई ध्यानमा राखेर पेशावर शहरको सुरक्षा व्यवस्था कडा बनाइएको छ। पाकिस्तान तहरीक-ए-इंसाफको मार्चका कारण पेशावरका केही निजी शिक्षण संस्थाहरूले बिहीबार बिदा दिने घोषणा गरेका छन्। बुधबार साँझ अभिभावकहरूलाई सन्देश पठाएर बिदाको जानकारी दिइएको थियो। बिहीबार पाकिस्तान तहरीक-ए-इंसाफको मार्च ...
। इरानविरुद्धको युद्धमा अमेरिकाले आफ्नो अत्याधुनिक सैन्य शक्ति प्रयोग गरिरहेको छ। अमेरिकी अधिकारीहरूले इरानको परम्परागत सैन्य क्षमता ठूलो मात्रामा कमजोर बनाएको दाबी पनि गर्दै आएका छन्। तर आठ महिनादेखि जारी युद्धको नतिजाले भने अर्को तथ्य बाहिर ल्याइरहेको छ । तुलनात्मक रूपमा कमजोर बनेको इरानले ड्रोन, मिसाइल र अन्य असममित रणनीति अर्थात् शक्तिमा धेरै कमजोर पक्षले शक्तिशाली ...