मुख्य समाचार
‘खल्ती’को आधिकारिक कर्मचारी हुँ भन्दै फोन गरेर विभिन्न व्यक्तिको बैंक तथा वालेट खाताबाट रकम चोरी गर्ने आरोपमा प्रहरीले चार जनालाई पक्राउ
‘खल्ती’को आधिकारिक कर्मचारी हुँ भन्दै फोन गरेर विभिन्न व्यक्तिको बैंक तथा वालेट खाताबाट रकम चोरी गर्ने आरोपमा प्रहरीले चार जनालाई पक्राउ

— ‘खल्ती’को आधिकारिक कर्मचारी हुँ भन्दै फोन गरेर विभिन्न व्यक्तिको बैंक तथा वालेट खाताबाट रकम चोरी गर्ने आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहट ईशनाथ नगरपालिका–३ का २३ वर्षीय सुभमकुमार झा, बारा सिम्रौनगढ नगरपालिका–१० का २० वर्षीय अनिकेत यादव, रौतहट ईशनाथ नगरपालिका–३ का २२ वर्षीय पवनकुमार चौधरी र रौतहट गौर नगरपालिका–१ का २१ वर्षीय रिसी गंगा रहेका भक्तपुर प्रहरीका सूचना अधिकारी एवं डीएसपी दीपककुमार कार्कीले जानकारी दिए ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार उनीहरूले विभिन्न मोबाइल नम्बरबाट फोन गरी आफूलाई खल्तीको आधिकारिक कर्मचारी भएको बताउने गरेका थिए। त्यसपछि सेवाग्राहीलाई स्क्रिन सेयर गर्न र ओटीपी कोड दिन लगाएर बैंक तथा डिजिटल वालेट खातामा अनधिकृत पहुँच पुर्‍याई रकम अन्य व्यक्तिको खातामा स्थानान्तरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले उनीहरूलाई असोज २१ गते ललितपुर महानगरपालिका–२८ हात्तीवनस्थित मेरो सिटी अपार्टमेन्टको १३औँ तलाको कोठा नम्बर टीई/१३०५ बाट पक्राउ गरेको जनाएको छ ।

प्रहरीले उनीहरूको साथबाट दुई थान नयाँ मोटरसाइकल, मोबाइल फोन र गाँजासमेत बरामद गरेको जनाएको छ ।

ads/1440x233offers26-fe-08102026012847.jpg
पक्राउ परेका चारै जनालाई असोज २२ गते अनलाइन ठगी तथा लागूऔषधसम्बन्धी मुद्दामा भक्तपुर जिल्ला अदालतमा उपस्थित गराई पाँच दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— आजबाट दसैंका लागि गाडीको अग्रिम टिकट बुकिङ खुला भएको छ । गोंगबुको नयाँ बसपार्कलगायत स्थानमा बुकिङका लागि यात्रुको भीड लागेको छ । शनिबारबाटै यात्रु बाहिरिन थाल्ने भएकाले काउन्टरमा यात्रुको भीड लागेको यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज) ले बताए । उनका अनुसार यात्रु लिएर जाने बस व्यवसायीले तयारी गर्न थालेका छन् । ...
। बागमती प्रदेश सरकारले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न स्थानमा सातवटा पुल निर्माण गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौँडामा आज बसेको मन्त्रिपरिषद् बैठकले बाढीबाट प्रभावित क्षेत्रको यातायात सम्पर्क पुन:स्थापनाका लागि पाँचवटा झोलुङ्गे पुल र दुईवटा बेलिब्रिज निर्माण गर्ने निर्णय गरेको हो । प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसीका अनुसार ...
। जनकपुरधाममा धारिलो हतियार छुरा प्रहारबाट एक युवक हत्या भएको छ । अर्का युवक गम्भीर घाइते भएका छन् । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–५ रहिमपथ नजिकै बिहीबार साँझ करिब ७:१० बजे सोनारपट्टी दाहाचोक बस्ने करिब २४ वर्षीय आमिन साफी र सोही ठाउँका करिब २५ वर्षीय इम्तियाज राइनमाथि छुरा प्रहार भएको हो । उपचारको क्रममा आमिन साफीको प्रादेशिक अस्पताल जनकपुरमा ...
— पोखराको कालिका बोर्डिंग स्कुलको बस दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ५ पुगेको छ । दुर्घटनामा परेर १४ जना घाइते भएका छन्। प्रहरीका अनुसार, मृत्यु हुनेमा ३ छात्रा र १ छात्र रहेका छन् । साथै, स्कुलबसमा लिफ्ट मागेर चढेका एक अभिभावकको समेत मृत्यु भएको प्रहरीले जनाएको छ । गण्डकी प्रदेशका डीआईजी दीपेन्द्र जीसीका अनुसार ४ बिद्यार्थी र ...
। नेपाली सेनाको टोलीले संयुक्त अधिराज्य (बेलायत) को वेल्स, ब्रेकनमा सञ्चालन भएको क्याम्ब्रियन पट्रोल एक्सरसाइज (गस्ती अभ्यास) मा तेस्रो वर्ष पनि स्वर्ण पदक प्राप्त गरेको छ । ३५ राष्ट्रका १३० वटा अन्तर्राष्ट्रिय टोली सहभागी उक्त अभ्यासमा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको हो । निकै कठोर मानिने यो अभ्यासमा नेपाली सेनाले सन् २०२४ देखि लगातार ...