मुख्य समाचार
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गरिरहेको अवस्थामा सशस्त्र प्रहरीले ६ थान टिपर र एक थान जेसिबी नियन्त्रणमा
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गरिरहेको अवस्थामा सशस्त्र प्रहरीले ६ थान टिपर र एक थान जेसिबी नियन्त्रणमा

। सिरहाको गोलबजारस्थित बल्डाराबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गरिरहेको अवस्थामा सशस्त्र प्रहरीले ६ थान टिपर र एक थान जेसिबी नियन्त्रणमा लिएको छ ।

अवैध उत्खनन् भइरहेको सूचनाका आधारमा सशस्त्र प्रहरी बल गोलबजारबाट खटिएको टोलीले ती सवारीसाधन नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएका सवारीसाधनमा प्रदेश २–०१–००१ क ०१७०, प्रदेश १–००१ क ०२८५, को १ ख ४९७५, भे १ क ९५० र प्रदेश ३–००१ क ३३७५ नम्बरका टिपरसहित एक थान जेसिबी रहेका छन् ।

गोलबजार नगरपालिकाले गागन खोलाको ठेक्का लगाए पनि खोला तथा खोला आसपासका वन क्षेत्र, निजी जग्गा र ऐलानी जग्गासमेतमा मौका छोपेर मापदण्डविपरीत उत्खनन् हुने गरेको स्थानीयको गुनासो छ ।

सशस्त्र प्रहरीका एसपी सुमनजंग थापाले सवारीसाधन नियन्त्रणमा लिए पनि चालकहरू फरार भएको बताए ।

चालकहरू फरार रहेकाले नियन्त्रणमा लिइएका सवारीसाधन कार्यालयसम्म ल्याउन केही कठिनाइ भइरहेको उनले बताए ।

नगरपालिकासँगको समन्वयमा सवारीसाधन ल्याएर आवश्यक कारबाहीका लागि नगरपालिकालाई जिम्मा लगाइने एसपी थापाले बताए ।

उनका अनुसार व्यक्तिको निजी जग्गाबाट उत्खनन् गरिएको भए पनि नगरपालिकाबाट आवश्यक अनुमति नलिएको प्रारम्भिक रूपमा देखिएको छ ।

गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुनारायण खतिवडाले अवैध उत्खनन्को विषयमा नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको बताए ।

‘हाम्रै नगर प्रहरी र सुरक्षा निकायको सहयोगमा अवैध उत्खनन् गर्ने सवारीसाधन नियन्त्रणमा लिएका हौँ । अब अवैध उत्खनन् रोक्न सुरक्षा निकायसँग पनि छलफल गरिरहेका छौँ । अवैध उत्खनन् रोकिन्छ,’ उनले भने ।

जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी शान्तिराज प्रसाईंले अवैध उत्खनन्को सूचना प्राप्त हुनासाथ प्रहरी खटाएर नियन्त्रणमा लिन लगाउने बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— आजबाट दसैंका लागि गाडीको अग्रिम टिकट बुकिङ खुला भएको छ । गोंगबुको नयाँ बसपार्कलगायत स्थानमा बुकिङका लागि यात्रुको भीड लागेको छ । शनिबारबाटै यात्रु बाहिरिन थाल्ने भएकाले काउन्टरमा यात्रुको भीड लागेको यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज) ले बताए । उनका अनुसार यात्रु लिएर जाने बस व्यवसायीले तयारी गर्न थालेका छन् । ...
। बागमती प्रदेश सरकारले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न स्थानमा सातवटा पुल निर्माण गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौँडामा आज बसेको मन्त्रिपरिषद् बैठकले बाढीबाट प्रभावित क्षेत्रको यातायात सम्पर्क पुन:स्थापनाका लागि पाँचवटा झोलुङ्गे पुल र दुईवटा बेलिब्रिज निर्माण गर्ने निर्णय गरेको हो । प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसीका अनुसार ...
। जनकपुरधाममा धारिलो हतियार छुरा प्रहारबाट एक युवक हत्या भएको छ । अर्का युवक गम्भीर घाइते भएका छन् । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–५ रहिमपथ नजिकै बिहीबार साँझ करिब ७:१० बजे सोनारपट्टी दाहाचोक बस्ने करिब २४ वर्षीय आमिन साफी र सोही ठाउँका करिब २५ वर्षीय इम्तियाज राइनमाथि छुरा प्रहार भएको हो । उपचारको क्रममा आमिन साफीको प्रादेशिक अस्पताल जनकपुरमा ...
— पोखराको कालिका बोर्डिंग स्कुलको बस दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ५ पुगेको छ । दुर्घटनामा परेर १४ जना घाइते भएका छन्। प्रहरीका अनुसार, मृत्यु हुनेमा ३ छात्रा र १ छात्र रहेका छन् । साथै, स्कुलबसमा लिफ्ट मागेर चढेका एक अभिभावकको समेत मृत्यु भएको प्रहरीले जनाएको छ । गण्डकी प्रदेशका डीआईजी दीपेन्द्र जीसीका अनुसार ४ बिद्यार्थी र ...
। नेपाली सेनाको टोलीले संयुक्त अधिराज्य (बेलायत) को वेल्स, ब्रेकनमा सञ्चालन भएको क्याम्ब्रियन पट्रोल एक्सरसाइज (गस्ती अभ्यास) मा तेस्रो वर्ष पनि स्वर्ण पदक प्राप्त गरेको छ । ३५ राष्ट्रका १३० वटा अन्तर्राष्ट्रिय टोली सहभागी उक्त अभ्यासमा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको हो । निकै कठोर मानिने यो अभ्यासमा नेपाली सेनाले सन् २०२४ देखि लगातार ...