मुख्य समाचार
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कात्तिक ७ गतेदेखि मंसिर २५ गतेसम्म राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कात्तिक ७ गतेदेखि मंसिर २५ गतेसम्म राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय

: नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कात्तिक ७ गतेदेखि मंसिर २५ गतेसम्म राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। पार्टीको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले अभियानसम्बन्धी कार्यविधि पारित गर्दै महाधिवेशनको तयारी, संगठन सुदृढीकरण र स्थानीय तथा प्रदेश निर्वाचनको तयारीलाई अभियानको मुख्य उद्देश्य बनाएको हो।

नेकपा नेता प्रकाश ज्वालाका अनुसार कात्तिक ७ गते अभियानको उद्घाटन हुनेछ। अभियानका क्रममा विभिन्न भेला आयोजना गर्नुका साथै पार्टीको संगठन विस्तार र सुदृढीकरणमा जोड दिइनेछ। सरकारका कामकारबाहीमाथि खबरदारी गर्ने र आगामी स्थानीय तथा प्रदेश निर्वाचनको तयारीसमेत अभियानमार्फत गरिने नेता ज्वालाको भनाइ छ।

त्यस्तै पार्टीले संगठनात्मक गतिविधिलाई व्यवस्थित गर्न वडा अधिवेशन र पालिका अधिवेशनको मिति पनि तय गरेको छ। जसअनुसार पुस ११ गते वडा अधिवेशन र माघ १५ गते पालिका अधिवेशन गर्ने निर्णय भएको छ। स्थानीय निर्वाचनलगत्तै जिल्ला, प्रदेश र राष्ट्रिय अधिवेशन गर्ने योजना पनि पार्टीले बनाएको नेता ज्वालले बताए।

त्यस्तै बैठकमा युवाको सहभागिता बढाउने विषयलाई प्राथमिकता दिइएको छ। पार्टीका विभिन्न संरचनामा युवाको सहभागिता ५० प्रतिशतसम्म पुर्‍याउने तथा प्रवासमा रहेका नेपालीका मुद्दालाई प्राथमिकतामा राख्ने विषयमा पनि छलफल भएको नेता ज्वालाले जानकारी दिए। त्यस्तै ग्रेजोनको रिपोर्टबारे सरकारले आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने माग नेकपाले गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। गत वर्षको भदौ २४ गते जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका दुई जना कैदीलाई प्रहरीले सुनसरीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–२ का ३२ वर्षीय नाना भन्ने नरेश लोहनी र सोही ठाउँका ३० वर्षीय रत्न बहादुर राउत रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लोहनी झुम्का कारागारबाट फरार भएका थिए । उनलाई सुनसरीको इनरुवा नगरपालिका–४ ...
। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसंख्यक समुदायका माग र मुद्दाहरू कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन् । लैङ्गिक पहिचान, स्वास्थ्य, मानव अधिकार लगायत यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको अधिकारका क्षेत्रमा क्रियाशील संस्था नील हिरा समाज (ब्लु डाइमन्ड सोसाइटी) को २५औं वार्षिकोत्सव समारोहमा उनले यस्तो बताएकी हुन् । यौनिक ...
: सार्वजनिक बसमा सवार यात्रुबाट ३२.७३० ग्राम खैरो हेरोइन बरामद भएको छ। लागूऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुंगाबाट खटिएको संयुक्त टोलीले तीनजना भारतीय र दुईजना नेपालीसहित पाँचजनालाई खैरो हेरोइनसहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारतको बिहारस्थित समस्तीपुरका १९ वर्षीय पुष्पम प्रकाश,२५ वर्षीय महेश कुमार र १९ वर्षीय सोनु कुमार छन्। त्यस्तै,धादिङको गल्छी गाउँपालिका–६ की २३ ...
। पोखरा महानगरपालिका–२८, माझठानाबाट विद्यार्थी बोकेर आउँदै गरेको कालिका बोर्डिङ स्कुलको बस दुर्घटनाबारे छानबिन गर्न पोखरा महानगरपालिकाले समिति गठन गरेको छ। नगरप्रमुख धनराज आचार्यका अनुसार दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन, कारण पहिचान गर्न र आगामी दिनमा यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक सुधारका उपाय सुझाउन समिति गठन गरिएको हो। महानगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको संयोजकत्वमा गठित समितिमा मेकानिकल ...
: नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले महाधिवेशनमा युवाहरूको ठूलो आकर्षण र ऊर्जा देखिएको बताएका छन्। शुक्रबार महाधिवेशन स्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै शर्माले विभिन्न तहमा गरी ३५,००० भन्दा बढी युवाहरू पार्टीमा जोडिएको बताए। उनले अहिलेको महाधिवेशन कुनै एउटा पुस्ताको महाधिवेशन नभई चार–पाँच वटा पुस्ताको सन्तुलन भएकाले गाउँमा खट्ने श्रमिकदेखि बौद्धिक वर्गसम्म सबैलाई जोड्ने प्रयास गरिएको उल्लेख ...