मुख्य समाचार
सरकारले बिटौरी जग्गामा बसोबास गर्दै आएका व्यक्तिहरूका नाममा जग्गा दर्ता सम्बन्धी समिति गठन गर्ने निर्णय
सरकारले बिटौरी जग्गामा बसोबास गर्दै आएका व्यक्तिहरूका नाममा जग्गा दर्ता सम्बन्धी समिति गठन गर्ने निर्णय

: सरकारले बिटौरी जग्गामा बसोबास गर्दै आएका व्यक्तिहरूका नाममा जग्गा दर्ता सम्बन्धी समिति गठन गर्ने निर्णय गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा बिटौरी जग्गामा बसोबास गरी आएका व्यक्तिहरूको नाममा जग्गा दर्ता गर्ने सम्बन्धी समिति गठन आदेश, २०८३ स्वीकृत गर्ने निर्णय गरेको हो।

बैठकले विश्व बैंकसंग नेपाल अर्थक्वेक क्याटास्ट्रोफ बन्डसम्बन्धी 'म्यान्डेट एग्रिमेन्ट'मा हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय गरेको छ। त्यस्तै, नेपाल न्याय सेवा, सरकारी वकिल समूहका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा पदस्थापन गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.विक्रम तिमिल्सिनाले जानकारी दिए।

त्यसैगरी, बैठकले जापानको आइची नागोयामा सम्पन्न २०औँ एसियाली खेलकुदमा पदक प्राप्त गर्ने महिला कबड्डी र कराते खेलका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकहरूलाई नगद पुरस्कार प्रदान गर्ने निर्णयसमेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। गत वर्षको भदौ २४ गते जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका दुई जना कैदीलाई प्रहरीले सुनसरीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–२ का ३२ वर्षीय नाना भन्ने नरेश लोहनी र सोही ठाउँका ३० वर्षीय रत्न बहादुर राउत रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लोहनी झुम्का कारागारबाट फरार भएका थिए । उनलाई सुनसरीको इनरुवा नगरपालिका–४ ...
। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसंख्यक समुदायका माग र मुद्दाहरू कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन् । लैङ्गिक पहिचान, स्वास्थ्य, मानव अधिकार लगायत यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको अधिकारका क्षेत्रमा क्रियाशील संस्था नील हिरा समाज (ब्लु डाइमन्ड सोसाइटी) को २५औं वार्षिकोत्सव समारोहमा उनले यस्तो बताएकी हुन् । यौनिक ...
: सार्वजनिक बसमा सवार यात्रुबाट ३२.७३० ग्राम खैरो हेरोइन बरामद भएको छ। लागूऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुंगाबाट खटिएको संयुक्त टोलीले तीनजना भारतीय र दुईजना नेपालीसहित पाँचजनालाई खैरो हेरोइनसहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारतको बिहारस्थित समस्तीपुरका १९ वर्षीय पुष्पम प्रकाश,२५ वर्षीय महेश कुमार र १९ वर्षीय सोनु कुमार छन्। त्यस्तै,धादिङको गल्छी गाउँपालिका–६ की २३ ...
। पोखरा महानगरपालिका–२८, माझठानाबाट विद्यार्थी बोकेर आउँदै गरेको कालिका बोर्डिङ स्कुलको बस दुर्घटनाबारे छानबिन गर्न पोखरा महानगरपालिकाले समिति गठन गरेको छ। नगरप्रमुख धनराज आचार्यका अनुसार दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन, कारण पहिचान गर्न र आगामी दिनमा यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक सुधारका उपाय सुझाउन समिति गठन गरिएको हो। महानगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको संयोजकत्वमा गठित समितिमा मेकानिकल ...
: नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले महाधिवेशनमा युवाहरूको ठूलो आकर्षण र ऊर्जा देखिएको बताएका छन्। शुक्रबार महाधिवेशन स्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै शर्माले विभिन्न तहमा गरी ३५,००० भन्दा बढी युवाहरू पार्टीमा जोडिएको बताए। उनले अहिलेको महाधिवेशन कुनै एउटा पुस्ताको महाधिवेशन नभई चार–पाँच वटा पुस्ताको सन्तुलन भएकाले गाउँमा खट्ने श्रमिकदेखि बौद्धिक वर्गसम्म सबैलाई जोड्ने प्रयास गरिएको उल्लेख ...