मुख्य समाचार
सरकारले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षताका लागि स्वशासित केन्द्र र दिगो ऊर्जा कोष बनाउने व्यवस्था प्रस्ताव
सरकारले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षताका लागि स्वशासित केन्द्र र दिगो ऊर्जा कोष बनाउने व्यवस्था प्रस्ताव

। सरकारले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षताका लागि स्वशासित केन्द्र र दिगो ऊर्जा कोष बनाउने व्यवस्था प्रस्ताव गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री मन्त्री विराजभक्त श्रेष्‍ठले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक २०८३ प्रतिनिधिसभामा दर्ता गरेका छन् ।

यो विधेयकको दफा १० मा छुट्टै स्वशासित केन्द्र बनाउने विषय छ ।

दफा १० मा भनिएको छ, ‘नवीकरणीय ऊर्जाको पहिचान, प्रवर्धन, विकास र विस्तार गर्न तथा ऊर्जा दक्षता हासिल गर्न र ऊर्जा संरक्षण गर्नको लागि नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता केन्द्रको स्थापना गरिएको छ।’

केन्द्रलाई अंग्रेजी भाषामा ‘रिन्युएबल इनर्जी एन्ड इनर्जी ईफिसिएन्सी सेन्टर’ भनिनेछ । केन्द्रको केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहनेछ।

दफा ११ मा केन्द्र स्वशासित संगठित संस्था हुने उल्लेख छ ।

जहाँ भनिएको छ, ‘केन्द्र अविच्छिन्न उत्तराधिकारवाला एक स्वशासित र संगठित संस्था हुनेछ ।’

केन्द्रले कानुनी व्यक्तित्व प्राप्त गर्नेछ र कानुनी व्यक्तिको हैसियतले प्रचलित कानुनबमोजिम अधिकारको प्रयोग, कर्तव्यको पालना र दायित्व निर्वाह गर्नेछ ।

केन्द्रको काम, कर्तव्य र अधिकार अन्तर्गत १४ वटा विषय राखिएका छन् ।

(क) नवीकरणीय ऊर्जा, ऊर्जा दक्षता तथा ऊर्जा संरक्षण सम्बन्धी नीति, रणनीति, योजना तथा कार्यक्रम तयार गर्ने,

(ख) नवीकरणीय ऊर्जा, ऊर्जा दक्षता तथा ऊर्जा संरक्षण सम्बन्धी स्वीकृत योजना तथा कार्यक्रम कार्यान्वयन गर्ने वा गराउने,

(ग) नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी आयोजना तथा कार्यक्रम सञ्चालन गर्न नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह तथा अन्य कुनै व्यक्ति, संस्था वा निकायलाई प्राविधिक तथा अन्य सहयोग उपलब्ध गराउने,

(घ) ऊर्जा सम्मिश्रणमा सघाउ पुर्‍याउन स्वीकृत आयोजना तथा कार्यक्रम कार्यान्वयन गर्ने,

स्पष्टीकरण यस खण्डको प्रयोजनको लागि “ऊर्जा सम्मिश्रण“ भन्नाले ऊर्जा आवश्यकता परिपूर्ति गर्न उपलब्ध ऊर्जाका विभिन्न स्रोतबाट ऊर्जा उत्पादन र उपयोग गर्ने कार्य सम्झनुपर्छ ।

(ङ) नवीकरणीय ऊर्जा र ऊर्जा दक्षताको क्षेत्रमा निजी क्षेत्रको सहभागिता र लगानी वृद्धिका लागि प्रोत्साहन गर्ने,

(च) नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षताको क्षेत्रमा अध्ययन अनुसन्धान, नवीन प्रविधि, यन्त्र वा उपकरणको विकास, प्रयोग, प्रवर्धन तथा संरक्षण गर्ने वा गराउने,

(छ) ऊर्जा दक्ष प्रविधि, यन्त्र वा उपकरणको परीक्षण तथा प्रमाणीकरण (टेस्टिङ एन्ड सर्टिफिकेसन) गर्ने, गराउने,

(ज) ऊर्जा परीक्षण (इनर्जी अडिट) गर्न आवश्यक जनशक्ति विकासका लागि तालिमको पाठ्यक्रम तयार गर्ने,

(झ) नेपालले अन्तर्राष्ट्रियस्तरमा व्यक्त गरेका नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासँग सम्बन्धित प्रतिबद्धता कार्यान्वयन गर्न नेपाल सरकारलाई आवश्यक सहयोग गर्ने,

(ञ) दिगो ऊर्जाको विकास तथा विस्तार गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ, संस्था वा निकायसँग आवश्यक समन्वय गर्ने,

(ट) दिगो ऊर्जासँग सम्बन्धित प्रविधिको विकासका लागि स्रोत पहिचान तथा नक्साङ्कन गर्ने,

(ठ) दिगो ऊर्जासँग सम्बन्धित राष्ट्रियस्तरको सूचना तथा तथ्याङ्क सङ्कलन तथा विश्लेषण गर्ने र सोको अभिलेख राख्ने,

(ड) अन्तर्राष्ट्रिय संघ–संस्थाबाट नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धमा नेपाल सरकारलाई प्राप्त हुने आर्थिक तथा प्राविधिक सहयोगका कार्यक्रम कार्यान्वयन गर्ने, गराउने, र

(ढ) कार्बन व्यापार वृद्धिको लागि कार्बन उत्सर्जन न्यूनीकरण तथा जलवायु अनुकूलन सम्बन्धी आयोजनाको विकास तथा कार्यान्वयन गर्ने ।

यस्तो व्यवस्था सहितको विधेयक प्रतिनिधिसभामा दर्ता भएको हो ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका अनुसार नवीकरणीय ऊर्जाको प्रवर्द्धन, विकास र विस्तार गरी वातावरण संरक्षणमा योगदान पुर्‍याउने उद्देश्यले विधेयक ल्याइएको हो ।

ऊर्जा मन्त्री श्रेष्ठले विधेयकमै लेखेका छन्, ‘ऊर्जा दक्षतामार्फत ऊर्जाको समुचित उपयोग, बचत र संरक्षण गर्दै ऊर्जाको पहुँचमा वृद्धि गरी दिगो विकासको लक्ष्य हासिल गर्न नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विकासको आवश्यकता देखिन्छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको मिति तय नभइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले यस्तो जानकारी दिएका हुन् । उनले प्रधानमन्त्री शाहको उच्चस्तरीय भ्रमणबारे मन्त्रालयले गृहकार्य गरिरहेको पनि जानकारी दिए । नेपाल र भारत दुवै पक्षको अनुकूल समयमा भ्रमण हुने प्रवक्ता क्षेत्रीको भनाइ छ । यसअघि नै ...
। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ । शुक्रबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सरकारका प्रवक्ता सस्मित पोखरेलले सार्वजनिक गरेका हुन् । उनका अनुसार, विश्व बैंकसँग नेपाल अर्थक्वेक क्याटास्ट्रोफ बन्ड सम्बन्धी म्यान्डेट एग्रिमेन्टमा हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय भएको छ । यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू– १. विश्व बैंकसँग नेपाल अर्थक्वेक क्याटास्ट्रोफ बन्ड सम्बन्धी म्यान्डेट एग्रिमेन्टमा हस्ताक्षर गर्न ...
। राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेका छन् । सरकारले राष्ट्रपतिसमक्ष तीन वटा अध्यादेश जारी गर्नका लागि सिफारिस गरेको थियो । तर, राष्ट्रपति कार्यालयबाट भने एउटा मात्रै अध्यादेश जारी भएको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीका अनुसार, विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरिएको हो । भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वनसम्बन्धी केही ...
। दुई वटा अर्धजलाशययुक्त जलविद्युत् परियोजनाको लगानी स्वीकृत गर्ने निर्णय भएको छ । प्रधानमन्त्री बालेन शाहज्यूको अध्यक्षतामा आज बसेको लगानी बोर्डको ६८औँ बैठकले उक्त निर्णय गरेको हो । बैठकले १० अर्ब ७५ करोड ४ लाख ९७ हजार रूपैयाँ लागतको नार खोला अर्धजलाशययुक्त जलविद्युत् परियोजना (५८.९ मेगावाट) र १० अर्ब ४२ करोड ३३ लाख ६२ हजार रूपैयाँ लागतको ...
: नेपाल वायुसेवा निगमका चारवटा इन्जिन मर्मतका लागि करिब ८ अर्ब रुपैयाँ खर्च हुने भएको छ। ठूलो रकम आवश्यक पर्ने भएपछि वायुसेवा निगमले आफ्नै इन्जिन मर्मतसँगै प्रतिस्थापन इन्जिन भाडामा लिनुपर्ने अवस्था आए खर्च अझ बढ्ने देखिएको छ। केही दिनअगाडि प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले आगामी चारवटा इन्जिन मर्मतका ...