मुख्य समाचार
मलेसियाले विदेशी श्रमिकसहित कामदारको न्यूनतम मासिक तलब २ हजार रिंगेट पुर्‍याउने घोषणा
मलेसियाले विदेशी श्रमिकसहित कामदारको न्यूनतम मासिक तलब २ हजार रिंगेट पुर्‍याउने घोषणा

। मलेसियाले विदेशी श्रमिकसहित कामदारको न्यूनतम मासिक तलब २ हजार रिंगेट पुर्‍याउने घोषणा गरेको छ । सन् २०२७ जुनदेखि २ हजार रिंगिट पुर्‍याउने घोषणा गरेको हो ।

हाल १ हजार ७ सय रिंगेट रहेको न्यूनतम तलबमा ३ सय रिंगेटले बढाएर २ हजार पुर्‍याउने घोषणा गरेको हो । जसले गर्दा मलेसियामा कार्यरत ४ लाख नेपाली श्रमिक समेत लाभान्वित हुने अपेक्षा गरिएको छ ।

मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले आज (शुक्रबार) सन् २०२७ को बजेट संसद्मा प्रस्तुत गर्दै न्यूनतम तलब वृद्धि गर्ने घोषणा गरेका हुन् । बढ्दो महँगीका कारण श्रमिकको आम्दानी र जीवनयापन खर्चबीचको अन्तर बढ्दै गएको भन्दै सरकारले तलब वृद्धि गर्ने निर्णय गरेको उनले बताए ।

मलेसियामा नेपालीसहित विदेशी कामदारले पनि कानुनले तोकेको न्यूनतम आधारभूत तलब पाउने व्यवस्था छ । त्यसैले नयाँ दर कार्यान्वयनमा आएपछि न्यूनतम तलबमा काम गरिरहेका नेपाली श्रमिकको मासिक आम्दानी बढ्ने अपेक्षा गरिएको छ । तर, साना तथा मझौला व्यवसायलाई दिइएको छुटका कारण सबै श्रमिकले एकैपटक बढेको तलब भने पाउने छैनन् ।



सरकारले वार्षिक कारोबार ५ करोड रिंगिटभन्दा कम भएका सूक्ष्म, साना तथा मझौला उद्यमलाई नयाँ न्यूनतम तलब लागू गर्न तत्काल अनिवार्य नगर्ने जनाएको छ । व्यवसायीलाई नयाँ तलब संरचनाअनुसार आफ्नो व्यावसायिक मोडेल समायोजन गर्न समय दिने उद्देश्यले यस्तो छुटको व्यवस्था गरिएको प्रधानमन्त्री इब्राहिमले बताए ।

नयाँ दर लागू भएपछि न्यूनतम तलबमा काम गर्ने श्रमिकको वार्षिक आधारभूत आम्दानी २० हजार ४ सयबाट बढेर २४ हजार रिंगिट पुग्नेछ । मलेसियाले न्यूनतम तलब वृद्धि गर्नुका साथै अर्धदक्ष कामदार र विश्वविद्यालयबाट स्नातक गरेका व्यक्तिका लागि न्यूनतम प्रारम्भिक मासिक तलब भने २ हजार ५ सय रिंगिट पुर्‍याउने भएको छ । दक्षता, योग्यता र उत्पादकत्वअनुसार कामदारले उचित पारिश्रमिक पाउनुपर्ने उद्देश्यले तलब संरचनामा सुधार गर्न लागिएको प्रधानमन्त्री इब्राहिमले बताए ।

उनका अनुसार मलेसियाको कुल गार्हस्थ्य उत्पादनमा श्रमिकको पारिश्रमिकको हिस्सा ३३.९ प्रतिशत छ । उत्पादकत्व र पारिश्रमिकबीचको अन्तर कम गर्दै श्रमिकको आम्दानी बढाउनु सरकारको प्राथमिकता रहेको उनको भनाइ छ ।

मलेसियामा ठूलो संख्यामा नेपाली श्रमिक कार्यरत छन् । त्यहाँको न्यूनतम तलब वृद्धिले नेपाली श्रमिकको आम्दानीमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएपनि त्यसको वास्तविक लाभ कामको प्रकृति, रोजगारदाता र नयाँ व्यवस्थाको कार्यान्वयनमा निर्भर हुनेछ ।

यसका साथै सरकारले विदेशी श्रमिकको अनौपचारिक तथा गैरकानुनी रोजगारी नियन्त्रण गर्न समेत नयाँ व्यवस्था अघि सारेको छ । सूक्ष्म, साना तथा मझौला उद्यमबाहेकका कम्पनीले तलब खर्चमा कर छुट दाबी गर्न श्रमिकको पारिश्रमिक कानुनले अनुमति दिएका माध्यमबाट बैंक खातामा भुक्तानी गर्नुपर्ने व्यवस्था गरिने हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इरानविरुद्ध अमेरिकाले यसै वर्ष सुरु गरेको सैन्य अभियान ‘अपरेसन एपिक फ्युरी’ का क्रममा लडाकु विमान र मानवरहित विमान (ड्रोन) सहित अमेरिकाका कम्तीमा ८१ सैन्य विमान नष्ट वा क्षतिग्रस्त भएका छन् । अमेरिकी संसद्लाई बजेटसम्बन्धी अनुसन्धान र विश्लेषण उपलब्ध गराउने गैरदलीय सरकारी निकाय कंग्रेसनल बजेट अफिस (सीबीओ) ले सोमबार सार्वजनिक गरेको प्रतिवेदनमा उक्त तथ्याङ्क उल्लेख छ । प्रतिवेदनअनुसार ...
: मेक्सिकोको सिनालोआ राज्यको एक जेलमा बिहीबार भएको दंगामा दश जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। सुरक्षा अधिकारीहरूका अनुसार मृतकमध्ये एक जना जेल भेट्न आएका थिए भने बाँकी नौ जना कैदी हुन्। हिंसा नियन्त्रण गर्न राष्ट्रिय गार्ड तैनाथ गरिएको थियो। त्यसपछि अहिले स्थिति नियन्त्रणमा रहेको बताइएको छ। दंगा के कारणले भयो भन्ने कुरा ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बर ३ मा हुने अमेरिकी मध्यावधि निर्वाचनअघि इरानमाथि कुनै पनि आक्रमण नगर्ने बताएका छन् । इरानसँगको वार्ता सकारात्मक रूपमा अघि बढिरहेको भन्दै उनले मध्यावधि निर्वाचनअघि आक्रमण नगर्ने बताएका हुन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत् यो जानकारी दिएका हुन् । ‘अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि हामी कुनै पनि समयमा ...
इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकासँगको युद्ध अन्त्य गर्नका लागि ‘वार्ता प्रक्रिया जारी रहेको र मध्यस्थकर्तामार्फत सन्देश आदानप्रदान भइरहेको’ बताएका छन् । इरानको अर्धसरकारी समाचार संस्था तस्निम न्युज एजेन्सीका अनुसार अराघचीले यस्तो बताएका हुन् । ‘हामीले आफ्नो प्रस्ताव प्रस्तुत गरेका छौँ, जसलाई हामीले ‘सातदिने योजना’ भनेका छौँ,’ अराघचीले भने, ‘साथै, हामीले अमेरिकी पक्षको धारणा पनि सुनेका छौँ र’ उनले ...
— यमनका हुथी विद्रोहीले साउदी अरबतर्फ पुनः मिसाइल प्रहार गरेपछि रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलले यात्रुहरूलाई विमानस्थल आउनुअघि आफ्नो उडानको अवस्था सम्बन्धित एयरलाइन्समार्फत पुष्टि गर्न आग्रह गरेको छ। विमानस्थलले बिहीबार जारी गरेको सूचनामा यात्रुहरूलाई एयरलाइन्ससँग सिधै सम्पर्क गरेर उडानको अवस्था जानकारी लिएपछि मात्रै विमानस्थल आउन भनिएको छ। यमनमा वैधानिक सरकारलाई समर्थन गरिरहेको सैन्य गठबन्धनले हुथी विद्रोहीद्वारा ...