मुख्य समाचार
करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा सेवा बिक्री गर्ने विक्रेतालाई पनि नगद उपहार दिने व्यवस्था गर्न निर्देशन
करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा सेवा बिक्री गर्ने विक्रेतालाई पनि नगद उपहार दिने व्यवस्था गर्न निर्देशन

। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा सेवा बिक्री गर्ने विक्रेतालाई पनि नगद उपहार दिने व्यवस्था गर्न निर्देशन दिएका छन् ।

शुक्रबार अर्थ मन्त्रालयमा आयोजित राजस्व समीक्षा बैठकमा बोल्दै उनले आन्तरिक राजस्व विभागलाई यस्तो निर्देशन दिएका हुन् ।

बिल लिने र दिने संस्कार विकास गरी औपचारिक अर्थतन्त्र निर्माण गर्न भन्दै सरकारले यसै आर्थिक वर्षदेखि उपभोक्तालाई बिल लिएबापत नगदमार्फत पुरस्कृत गर्दै आएको छ ।

सो कार्यक्रमका कारण बिल लिने संस्कार विकास भएको र राजस्व सङ्कलनमा प्रत्यक्ष फाइदा पुगेको भन्दै अर्थमन्त्री डा. वाग्लेले शुक्रबार विभागलाई यस्तो निर्देशन दिएका हुन् ।

प्रोत्साहन कार्यक्रममार्फत बिल लिने संस्कार विकास भएसँगै व्यापारीहरू बिल जारी गर्न हिचकिचाएको भन्ने गुनासो आएको छ । उनले व्यापारीहरुलाई समेत प्रोत्साहन गर्न जरुरी रहेको बताए ।

‘बिल लिनुपर्छ भन्ने त व्यापक देखियो। तर, बिल जारी गर्नुपर्छ भन्नेलाई पनि प्रोत्साहनको नीति लिन जरुरी देखियो,’ उनले मातहतका उच्च अधिकारीहरूलाई भने, ‘कार्यविधि संशोधन गरेर प्रस्ताव लिएर आउनुहोस् । कति रकम कसरि दिन सकिन्छ । जसले उहाँहरुलाई पनि बिल जारी गर्न झन्झट नहोस् ।’

बिल लिनुपर्छ भन्दै गर्दा बिल दिनुपर्छ भन्ने संस्कारको विकास गर्न पनि जरुरी रहेको उनले बताए । साउन १ गतेदेखि सुरु भएको करदाता प्रोत्साहन पुरस्कार कार्यक्रमअन्तर्गत बिल नम्बरका आधारमा हरेक १५–१५ दिनमा दैनिक एक जनालाई एक लाख ३४ हजार र एक–एक जनालाई बम्पर उपहारमा १० लाख रुपैयाँ नगद प्रदान गरिँदै आएको छ। जसमा आकस्मिक लाभकर कट्टी हुँदा विजेताले क्रमश: दैनिक एक–एक लाख र बम्परमा सात लाख ५० हजार रुपैयाँ नगद प्राप्त गर्छन् ।

हालसम्म साउन १ गतेदेखि असोज १५ गतेसम्म पाक्षिक रुपमा पाँच वटा उपहार घोषणा भएर विजेतालाई नगद उपहार प्रदान गरिसकिएको छ । जसमा ७४ जनाले जनही एक लाख रुपैयाँ र पाँच जनाले बम्पर उपहारमा ७ लाख ५० हजार रुपैयाँ जितिसकेका छन् । अब विभागले बेलैमा कार्यविधिमा व्यवस्था गरेको अवस्थामा असोजको दोस्रो पाक्षिक (असोज १६ देखि मसान्त) को पुरस्कार घोषणामा विक्रेताका लागि पनि पुरस्कार घोषणा हुने अर्थ मन्त्रालयले जनाएको छ । पुरस्कार प्रोत्साहन रकम उपभोक्ताको जत्तिको ठूलो नहुने स्पष्ट छ तर रकम कति हुने भन्ने यकिन भइसकेको छैन ।

प्रोत्साहन पुरस्कारमा सहभागी हुन उपभोक्ताले वस्तु खरिद गर्दा अनिवार्य रुपमा सक्कल प्यान वा भ्याट बिल लिनुपर्छ । अनलाइनबाट खरिदको रकम भुक्तानी गरेका उपभोक्ता स्वत: पुरस्कारका लागि योग्य हुन्छन् । नगदमा कारोबार गरेर बिल लिएका उपभोक्ताले आन्तरिक राजश्व विभागको करदाता पुरस्कार पोर्टलमा दिइएको लिङ्क खोलेर बिल अपलोड गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पर्यटक भिसामा नेपाल आएका २४ जना दक्षिण कोरियाली नागरिक मोरङबाट पक्राउ परेका छन्। धार्मिक गतिविधिमा संलग्न रहेको पाइएपछि प्रहरीले शुक्रबार उनीहरुलाई नियन्त्रणमा लिएर अध्यागमन विभागमा पठाएको छ। उनीहरूमाथि भिसाको सर्त उल्लंघन गरेको आरोपमा अनुसन्धान हुने भएको छ। पक्राउ पर्नेमा १३ पुरुष र ११ जना महिला छन्। उनीहरूलाई विराटनगर विमानस्थलबाट यति एयरलाइन्सको जहाजमार्फत साँझ काठमाडौं ...
। सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाललाई बर्खास्त गरिएको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले सेवाबाट हटाउनेगरी विभागीय कारबाही गरिएको जानकारी दिए । संवेदनशील सूचना चुहावट गरेको भन्दै उनलाई १९ असोजमा सरकारले पदबाट निलम्बन गरेको थियो । उनलाई आजैबाट लागू हुनेगरी बर्खास्त गरिएको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । निजामती तथा प्रहरी कर्मचारीहरूले पालना गर्नुपर्ने पदीय ...
: दशैँ, तिहार लगायतका चाडपर्वलाई लक्षित गर्दै काठमाडौँ उपत्यकाका विभिन्न ६ स्थानबाट खाना पकाउने ग्यास बिक्री गरिने भएको छ। नेपाल एलपी ग्यास उद्योग संघले शुक्रबार सूचना जारी गर्दै असोज २५ गतेदेखि ३१ गतेसम्म नेपाल आयल निगमको समन्वय र ग्यास बिक्रेता महासंघको सहकार्यमा बिहान ९:३० देखि साँझ ४:३० बजेसम्म ग्यास बिक्री गरिने जानकारी दिएको छ। संघका अनुसार सिफलचौरबाट ...
। सशस्त्र प्रहरी बलका वरिष्ठ उपरीक्षक (एसएसपी) रविनराज कर्णजितले बाढी र पहिरो प्रभावित बस्तीहरूको पुनर्निर्माण गर्दा ‘फ्लड लाइन’ भन्दा तलको क्षेत्रमा बसोवास गर्न नदिने गरी नीतिगत निर्णय लिन सरकारलाई आग्रह गरेका छन् । शुक्रवार सिंहदरबारमा बसेको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा उहाँले यस्तो सुझाव दिएका हुन् । उनले सुरक्षित ...
: जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका दुई जना प्रतिवादी पक्राउ परेका छन्। प्रहरीका अनुसार झुम्का कारागाबार फरार भएका धरान–२ का ३२ वर्षीय नरेन लोहनी र जगन्नाथदेवल कारागारबाट फरार भएका ३० वर्षीय रत्नबहादुर राउत पक्राउ परेका हुन्। उनीहरुलाई सुनसरीबाट पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार उनीहरु २४ भदौ २०८२ मा भएको जेनजी आन्दोलनका ...