मुख्य समाचार
भोटेकोशी बाढीले बगाएको रसुवा र नुवाकोटको सीमास्थित बेत्रावतीमा बेलिब्रिज जडान कार्य अन्तिम चरणमा
भोटेकोशी बाढीले बगाएको रसुवा र नुवाकोटको सीमास्थित बेत्रावतीमा बेलिब्रिज जडान कार्य अन्तिम चरणमा

। भोटेकोशी बाढीले बगाएको रसुवा र नुवाकोटको सीमास्थित बेत्रावतीमा बेलिब्रिज जडान कार्य अन्तिम चरणमा पुगेको छ ।

शुक्रबार बेलिब्रिज वारपार टेकाइएको छ । शनिबार बेलिब्रिज जडानको बाँकी काम सम्पन्न गर्ने लक्ष्य राखिएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

आइतबारदेखि बेलिब्रिजमार्फत सवारीसाधन सञ्चालनमा ल्याउने तयारी छ ।

बेलिब्रिज जडान सम्पन्न भएसँगै गल्छीदेखि रसुवाको स्याफ्रुबेसीवारी सम्म सडक सञ्जाल पुन: जोडिनेछ । यसबाट बाढीका कारण अवरुद्ध सडक सञ्जाल पुन:स्थापना भई रसुवातर्फको यातायात आवागमन सहज हुनेछ ।



उता, रसुवाको स्याफ्रुबेसीमा समेत बेलिब्रिज जडान गर्न फाउन्डेसन निर्माणको काम अघि बढाइएको छ । नदीका दुवैतर्फ उपकरण परिचालन गरी सडकको अस्थायी ट्रयाक खोल्ने काम सुरु गरिएको छ । यहाँ कुल ७६ मिटर लम्बाईको बेलीब्रिज निर्माण गर्न लागिएको छ ।

बेलीबृज जडान गर्न १४ मिटर फाउन्डेशन उठाउन जग खन्न दुई वटा स्काईभेटर प्रयोग भइरहेको छ । स्याफ्रुबेसीमा बेलिब्रिज निर्माण सम्पन्न भएपछि रसुवागढीसम्म सडक सञ्जाल पुन:स्थापित हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। गृह मन्त्रालयले मन्त्रालय मातहतका हरेक प्रहरी कर्मचारीहरूबाट हुने पदीय आचरण विपरीतका कार्यहरूको सुक्ष्म निगरानी एवं विश्लेषण भइरहेको जनाएको छ । गृहमन्त्री सुधन गुरुङले पनि संवेदनशील गोप्य सूचनाको चुहावट तथा शान्ति सुरक्षामा प्रतिकूल असर पार्ने गतिविधिहरूमाथि सूक्ष्म निगरानी तथा विश्लेषण गरिरहेको सचिवालयले जनाएको छ । ‘गृह मन्त्रालय मातहतका हरेक प्रहरी कर्मचारीहरूबाट गरिने पदीय आचरण विपरीतका कार्यहरू, संवेदनशील ...
। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत फ्रान्स्वाज पुइग–इन्जाले शिष्टाचार भेट गरेकी छिन् । मन्त्री गौतमसँग शुक्रबार सिंहदरबारमा भएको भेटमा राजदूत इन्जाले भोटेकोशी बाढीबाट भएको क्षतिले मृत्यु भएका व्यक्तिहरू प्रति समवेदना व्यक्त गर्दै फ्रान्सबाट मानवीय सहयता प्रदान गरेको र यस्तो विकराल अवस्थाले अन्तर्राष्ट्रिय समुदायलाई जलवायु परिवर्तनको क्रुर रूप स्मरण गराएको बताइन् ...
। सुर्खेतका विभिन्न स्थानका जंगलमा लुकाइछिपाइ राखिएका १८ नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ। प्रहरी टोलीले जिल्लाका दुई स्थानीय तहअन्तर्गतका तीन छुट्टाछुट्टै स्थानबाट ती बन्दुक फेला पारेको हो। प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रहरी निरीक्षक भुपेन्द्र शाहीको कमान्डमा मातहतको इलाका प्रहरी कार्यालय गुटुसमेतबाट खटिएको प्रहरी टोलीले चौकुने गाउँपालिका–७ स्थित सान्नेघारीको जंगलमा खोजतलास गर्ने क्रममा ...
: कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले दसैँअघि नै उखु किसानलाई अनुदान रकम भुक्तानी गर्न निर्देशन दिएकी छन्। शुक्रबार मन्त्रालयअन्तर्गत बसेको एसएमटी बैठकमा मन्त्री चौधरीले उखु उत्पादन अनुदानसम्बन्धी भुक्तानी कार्यविधि स्वीकृत भइसकेकाले दसैँअघि नै अनिवार्य रूपमा किसानको हातमा रकम पुग्ने व्यवस्था मिलाउन निर्देशन दिएकी हुन्। उखु उत्पादक किसानलाई प्रोत्साहनस्वरूप उपलब्ध गराइने अनुदान रकम वितरणका लागि सम्बन्धित ...
: पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी–५ गलौँदी क्षेत्रमा सडक भासिएपछि सवारीसाधनको आवतजावत पूर्णरूपमा रोकिएको छ। केही समयअघिदेखि सो क्षेत्रमा करिब ६० मिटर सडकखण्ड चर्किएको थियो। अहिले करिब ३५ मिटर सडक भासिएपछि सवारी आवागमनमा रोक लगाइएको हो। सडक कुनासम्मै चर्किएकाले थप पहिरो जाने र सडक भासिने जोखिम बढेको छ। सडकको अवस्था जोखिमपूर्ण बनेपछि सम्भावित दुर्घटना रोक्न प्रहरीले उक्त क्षेत्रमा ...