मुख्य समाचार
आइसीसी विश्वकप लिग-२ का चार खेल अंक तालिकामा स्थान सुधार्ने अवसर मात्र होइनन्, एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउने महत्वपूर्ण परीक्षा
आइसीसी विश्वकप लिग-२ का चार खेल अंक तालिकामा स्थान सुधार्ने अवसर मात्र होइनन्, एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउने महत्वपूर्ण परीक्षा

: नेपाली क्रिकेटका लागि ओमानमा हुने आइसीसी विश्वकप लिग-२ का चार खेल अंक तालिकामा स्थान सुधार्ने अवसर मात्र होइनन्, एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउने महत्वपूर्ण परीक्षा पनि हो।

शीर्षमा ४ रहेर विश्वकप छनोटमा सिधै पुग्ने नेपालको सम्भावना सकिएको छ। यस्तो अवस्थामा अन्तिम शृंखलामा अधिकतम जित निकाल्दै एकदिवसीय मान्यता जोगाउनु नेपालको मुख्य लक्ष्य हो।

नेपाल, ओमान र क्यानडासँगको शृंखला सुरु भइसकेको छ। शृंखलाको पहिलो खेलको नतिजा ओमानको पक्षमा पर्‍यो। यो खेलमा ओमानले क्यानडालाई हराउँदा नेपालको शीर्ष ४ को सम्भावना सकिएको हो।

अंक तालिकाका अनुसार ८ टोली सहभागी लिग-२ मा नेपाल हाल सातौं स्थानमा छ। ३२ खेलबाट ११ जित, १९ हार र २ खेलमा नतिजाविहीन हुँदै नेपालले २४ अंक जोडेको छ। नेपालभन्दा एक स्थान माथि रहेको क्यानडासँग २५ अंक छ। नामिबिया २९ अंकसहित पाँचौं स्थानमा रहँदा ओमानले जारी शृंखलाको पहिलो खेलमा क्यानडालाई हराउँदा ३३ अंकसहित चौथो स्थानमा आफूलाई राखेको छ। अंकतालिकाको यो अवस्थाले नेपाललाई बाँकी खेलमा जित निकाल्नुपर्ने दबाबमा राखेको छ।

नेपालले ओमानमा क्यानडा र ओमानसँग दुई-दुई खेल खेल्नेछ। क्यानडाविरुद्ध अक्टोबर ११ र १७ तथा ओमानविरुद्ध अक्टोबर १३ र १९ मा नेपालले प्रतिस्पर्धा गर्नेछ। यी ४ खेलपछि नेपालको लिग-२ अभियान समाप्त हुनेछ। त्यसैले नेपालका लागि अब अंक गुमाउने सुविधा छैन।

सकियो शीर्ष ४ को सपना, ६ भित्र पर्नुपर्ने दबाब
लिग-२ को शीर्ष चारमा रहने टोलीले सन् २०२७ को एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा सिधै स्थान बनाउनेछन्। तर, नेपाल यो दौडबाट बाहिरिइसकेको छ। नेपालले लिग-२ मा सुरुवाती खेलहरूमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसक्दा र ओमानले जारी शृंखलको पहिलो खेलमा क्यानडालाई हराउँदा नेपालको शीर्ष ४ को सम्भावना सकिएको हो। नेपालले बाँकी चारै खेल जिते अधिकतम ३२ अंक पुर्‍याउन सक्छ। तर, चौथो स्थानको ओमानसँग ३३ संक रहेको छ।

अहिले नेपालको प्राथमिकता भनेको एकदिवसीय मान्यता जोगाउनु हो। लिग-२ को अन्तिम अंक तालिकामा शीर्ष ६ भित्र रहन सके नेपालले आफ्नो ओडीआई मान्यता कायम राख्न सक्छ। सातौं वा आठौं स्थानमा रहे मान्यता गुम्ने जोखिम छ।

क्यानडा र ओमानसँगको खेल : समीकरणको जुहारी
नेपालका लागि क्यानडाविरुद्धका दुई खेल सबैभन्दा महत्वपूर्ण हुनेछन्। अंक तालिकामा नेपालभन्दा एक अंक अगाडि रहेको क्यानडालाई दुवै खेलमा हराउन सके नेपालले आफ्नो अंक बढाउनुका साथै प्रतिस्पर्धीलाई पछि पार्ने अवसर पाउनेछ। तर, क्यानडालाई हराउनु मात्रै पर्याप्त नहुन सक्छ। नेपालले ओमानविरुद्ध पनि अंक जोड्नुपर्नेछ। ४ खेलमध्ये ३ वा ४ खेल जित्न सके नेपालले ३० देखि ३२ अंकसम्म पुर्‍याउन सक्छ। त्यसपछि नामिबिया, क्यानडा र यूएईको नतिजाले नेपालको अन्तिम स्थान निर्धारणमा प्रभाव पार्नेछ।

नेपालले क्यानडाविरुद्ध अंक गुमाएमा त्यसको असर अंकतालिकामा मात्रै सीमित रहने छैन। मान्यता जोगाउने दौडमा प्रत्यक्ष प्रतिस्पर्धीलाई पछि पार्ने अवसर पनि कमजोर बन्नेछ। त्यसैले नेपालका लागि क्यानडाविरुद्धका दुवै खेलमा जित निकाल्नु महत्वपूर्ण छ।

घरेलु टोली ओमान लिग-२ को अंकतालिकामा चौथो स्थानमा छ। ३३ अंक जोडिसकेको ओमानले नेपालभन्दा कम खेल खेलेको अवस्थामा अंकतालिकामा बलियो स्थिति बनाएको छ। नेपालका लागि ओमानविरुद्ध खेल्नु चुनौतीपूर्ण भए पनि यी खेलमा जित निकाल्न सके अंक बढाउने अवसर हुनेछ।

ओमानविरुद्धका दुवै खेल जिते नेपालले आफ्नो अधिकतम अंकको लक्ष्यतर्फ अघि बढ्न सक्छ। नेपालका लागि अब विपक्षी टोलीको नामभन्दा पनि आफ्नै प्रदर्शन महत्वपूर्ण छ। सुरुआती ओभरमा विकेट जोगाउने, मध्यक्रममा साझेदारी बनाउने र बलिङमा विपक्षीलाई दबाबमा राख्ने प्रदर्शन आवश्यक हुनेछ। निर्णायक खेलमा सानो गल्तीले पनि ठूलो मूल्य चुकाउनुपर्ने अवस्था छ।

कप्तान परिवर्तनपछि नयाँ चुनौती
पछिल्लो समयको कमजोर नतिजापछि नेपालले कप्तानीमा परिवर्तन गर्यो। सन्दीप लामिछानेले अन्तिम शृंखलामा टोलीको नेतृत्व गर्नेछन्। नयाँ कप्तानीमा मैदान उत्रन लागेको नेपालका लागि यो शृंखला नतिजा सुधार्ने अवसर पनि हो।

कप्तानी परिवर्तनले मात्रै नतिजा बदलिँदैन। खेलाडीले मैदानमा जिम्मेवारी पूरा गर्नुपर्छ। ब्याटिङमा निरन्तरता, बलिङमा अनुशासन र दबाबपूर्ण अवस्थामा सही निर्णय लिन सक्नु नेपालको सफलताका लागि महत्वपूर्ण हुनेछ।

नेपालले यसअघि पनि अन्तर्राष्ट्रिय क्रिकेटमा कठिन परिस्थितिबाट पुनरागमन गरेको छ। तर, यसपटकको चुनौती फरक छ। विश्वकप छनोटको प्रत्यक्ष बाटो कठिन बनेको अवस्थामा अब एकदिवसीय मान्यता जोगाउने लक्ष्यमा केन्द्रित हुनुपर्नेछ। त्यसका लागि खेलाडीले आफ्नो क्षमताअनुसार प्रदर्शन गर्नुपर्नेछ।

ओमान भ्रमणमा जानुअघि, नेपाली टोलीले एसिया गेम्स खेलेको थियो। जसमा नेपालले वर्षाका कारण क्वाटरफाइनलबाटै आफ्नो यात्रा रोक्नुपर्‍यो।

एकदिवसीय मान्यतालाई ध्यानमा राख्दै आफूहरूले राम्रो प्रदर्शन गर्ने कप्तान सन्दीप लामिछानेले बताएका थिए। ‘टिम अहिले राम्रो लयमा रहेको छ। हाम्रो ध्यान नै एकदिवसीय मान्यता कसरी जोगाउने, टिमलाई विश्वकप छनोटमा कसरी लान सकिन्छ भन्नेमा हुनेछ,’ सन्दीपले टिम बिदाइका क्रममा भनेका थिए।

चार खेलमा निर्भर नेपालको एकदिवसीय भविष्य
लिग-२ को अन्तिम शृंखलामा नेपालले गर्ने प्रदर्शनले आगामी अन्तर्राष्ट्रिय क्रिकेट यात्रामा ठूलो अर्थ राख्नेछ। शीर्ष ६ भित्र रहन सके नेपालले आफ्नो ओडीआई मान्यता कायम राख्नेछ। अन्यथा एकदिवसीय मान्यता गुमाउने जोखिम सामना गर्नुपर्नेछ।

नेपालले चारै खेल जिते ३२ अंकसहित अभियान समाप्त गर्नेछ। तीन खेल जिते ३० अंक पुग्नेछ। तर, अन्तिम स्थानको टुंगो लाग्न अन्य टोलीको नतिजा पनि कुर्नुपर्नेछ। त्यसैले नेपालले आफ्नो हातमा रहेका खेल जित्ने लक्ष्य राख्नुपर्छ।

ओमानमा हुने अन्तिम चार खेल नेपालका लागि सामान्य श्रृंखला होइनन्। यो लिग-२ को अंकतालिकामा स्थान सुधार्ने, एकदिवसीय मान्यता जोगाउने र अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो स्थान कायम राख्ने अवसर हो। नेपालले दबाबलाई अवसरमा बदल्न सके लक्ष्य हासिल गर्ने सम्भावना कायम रहनेछ। अब मैदानमा खेलाडीले गर्ने प्रदर्शनले नै नेपालको एकदिवसीय भविष्यको दिशा तय गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आयरल्यान्डको पुरुष क्रिकेट टोलीले आगामी वर्ष पहिलोपटक पाकिस्तान भ्रमण गर्ने भएको छ। पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) र क्रिकेट आयरल्यान्डबीच भएको सहमतिअनुसार आयरल्यान्डले पाकिस्तानसँग तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ। सिरिजका तीन खेल जनवरी २०, २२ र २४ मा लाहोरस्थित गद्दाफी स्टेडियममा हुनेछन्। त्यसअघि आयरल्यान्डको सिनियर टोलीले जनवरी १३ देखि १७ सम्म पाकिस्तान शाहिन्ससँग तीन खेलको ...
: १० औं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा आयोजक कर्णाली प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गरेको छ। सुर्खेतस्थित कालिन्चोक क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले ८ विकेटको क्षतीमा १२७ रन बनाएको थियो। जवाफी ब्याटिङमा आएको कर्णालीले १३.३ ओभरमा ४ विकेट गुमाउँदै १३३ रनसहित लक्ष्य पूरा गर्यो। कर्णालीका लागि विपिन रावलले ...
: नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान रोहितकुमार पौडेलले प्रेमिका सिम्रन खड्कासँग विवाह गरेका छन्। उनले थाइल्यान्डमा आज बिहीबार प्रेमिका खड्कासँग विवाह गरेका हुन्। लामो समयदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्दै २४ वर्षीय रोहित र सिम्रनले थाइल्यान्डमा आयोजित एक समारोहबीच लगनगाँठो कसेका हुन्। ‘सपनाहरू निर्माण गर्ने सहयात्रीबाट जीवनभरका लागि सहयात्रीसम्म। सधैँभरि सँगै रहने वाचासहित,’ रोहितले सामाजिक सञ्जालमार्फत ...
: १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जिम्न्यास्टिक खेलका प्रारम्भिक चरणका प्रतिस्पर्धा आजदेखि सुरु भएका छन्। कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगरको मिनी कभर्ड हलमा जिम्न्यास्टिकका विभिन्न विधामा प्रारम्भिक चरणका प्रतिस्पर्धा सुरु भएका हुन्। प्रतियोगितामा महिला तथा पुरुष खेलाडीहरूले आफ्नो सन्तुलन, लचकता र शारीरिक क्षमताको प्रदर्शन गर्दै फ्लोर एक्सरसाइज, भल्ट र बार्सलगायतका विधामा प्रतिस्पर्धा गरिरहेका छन्। ...
: सुर्खेतको बीरेन्द्रनगरमा जारी १० औं राष्ट्रिय क्रिकेट प्रतियोगीता अन्तर्गत बागमतीले गण्डकी प्रदेशलाई पराजित गरेको छ। योसँगै बागमती सेमिफाइनल प्रवेश गरेको छ हो। बागमतीले यसअघि सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको थियो। टस जितेर पहिले व्याटिङ गरेको गण्डकीले निर्धारित ओभरमा सबै विकेट गुमाएर ११० रन बनाउन सक्यो। गण्डकीका लागि ओपनर आयुष्मा चापागाइँले सर्वाधिक २१ रन बनाइन्। चन्द्रमाया ...