मुख्य समाचार
मोटरसाइकलको ठक्करबाट घाइते भएका एक पैदलयात्रीको मृत्यू
मोटरसाइकलको ठक्करबाट घाइते भएका एक पैदलयात्रीको मृत्यू

: सुर्खेतको वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट घाइते भएका एक पैदलयात्रीको मृत्यू भएको छ। मृत्यु हुनेमा दैलेखको भैरवी गाउँपालिका–१ घर भई हाल वीरेन्द्रनगर–१०, बुदबुदेमा बस्दै आएका ३७ वर्षीय विवेक थापा रहेका छन्। घुस्राबाट तीनकुने चोकतर्फ जाँदै गरेको लु ७२ प २००९ नम्बरको बुलेट मोटरसाइकलले पैदलयात्री दम्पतीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार टाउकोमा गम्भीर चोट लागेका थापालाई प्रारम्भिक उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ लगिएको थियो। थप उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा गएराति ९ः५० बजे बाटोमै उनको मृत्यु भएको हो। दुर्घटनामा थापाकी २९ वर्षीया श्रीमती सुनिता थापा र मोटरसाइकल चालक वीरेन्द्रनगर–१० निवासी २२ वर्षीय दिपेश चौधरी घाइते भएका छन्। दुवैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। चालक चौधरीलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ।

मृतकका आफन्त तथा स्थानीयले उचित क्षतिपूर्ति र कारबाहीको माग गर्दै वीरेन्द्रनगरको एयरपोर्ट चोकमा टायर बालेर सडक अवरुद्ध गरेका छन्।

दुर्घटनामा संलग्न मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ। थापाको मृत्यु भएपछि आक्रोशित बनेका आफन्त तथा स्थानीयले उचित क्षतिपूर्ति उपलब्ध गराउन र घटनामा संलग्नमाथि कारबाही गर्न माग गरेका छन्। प्रदर्शनकारीले एयरपोर्ट चोकमा टायर बालेर सडक अवरुद्ध गरेपछि उक्त क्षेत्रको आवागमन पूर्ण रूपमा ठप्प भएको छ। अवस्था सामान्य बनाउन प्रहरीले सुरक्षाकर्मी परिचालन गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कपिलवस्तुमा प्रहरीले लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार बिहीबार राति करिब १२ः३० बजे कृष्णनगर नगरपालिका–२ स्थित कृष्णनगरबाट खटिएको प्रहरी टोलीले कृष्णनगर–मलंगवा अगाडि चन्द्रौटा–कृष्णनगर सडकखण्डमा भारतबाट नेपालतर्फ आउँदै गरेका दुई जनालाई चेकजाँच गर्ने क्रममा लागूऔषधजस्तो देखिने पदार्थ फेला पारेको हो। प्रहरीले उनीहरूको साथबाट ब्राउन सुगरजस्तो देखिने खैरो गिलो ...
। मानव अधिकार आयोगले मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ, गुणस्तरीय र विभेदरहित बनाउन आग्रह गरेको छ । विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा प्रेस विज्ञप्ति निकालेर आयोगले यस्तो आग्रह गरेको हो । नेपालको संविधान र अन्य प्रचलित कानुन, नीति तथा कर्यक्रमहरूका बाबजुद मानसिक रुपमा अस्वस्थ हुन पुगेका नागरिकहरूको जीवन, स्वतन्त्रता, समानता र मर्यादाको अधिकार सम्मानित र सुरक्षित हुन ...
: नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापाले नागरिकको विश्वास जित्ने गरी पार्टीलाई रूपान्तरण गर्ने बताएका छन्। सभापतिमा निर्वाचित भएपछि शनिबार पार्टी कार्यालय सानेपामा उपस्थित कार्यकर्ता तथा समर्थकलाई सम्बोधन गर्दै उनले आफूले प्राप्त गरेको जिम्मेवारीलाई अधिकार नभई जवाफदेहिताका रूपमा लिएको बताए। ‘तपाईंहरूले विश्वास गरेर पार्टीको जिम्मेवारी सुम्पिनुभएको छ। यो जिम्मेवारीप्रति कृतज्ञता व्यक्त गर्न आएको हुँ। ...
। सर्वोच्च अदालतले बैंकिङ सेवाका लागि राष्ट्रिय परिचयपत्रलाई एकमात्रै र अनिवार्य आधार नबनाउन नेपाल राष्ट्र बैंकका नाममा आदेश जारी गरेको छ । नेपाल राष्ट्र बैंकले बैंकको खाता खोल्न र खाता अद्यावधिक गर्न राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गरेको थियो । त्यसविरुद्ध परेको रिट निवेदनमा न्यायाधीश सपना प्रधान मल्ल र मेघराज पोखरेलको इजलासले राष्ट्रिय परिचयपत्रलाई नागरिक पहिचानको ‘एकमात्रै आधार’ नबनाउन ...
: नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सरकार स्वेच्छाचारी शासन र अधिनायकवादी बाटोमा अगाडि बढ्न खोजिरहेको बताएका छन्। एमाले बागमती प्रदेश सम्पर्क कमिटीले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले पर्याप्त तथ्य र प्रमाणबिना कसैलाई पक्राउ गर्नु दुःखद भएको बताए। सुरक्षाकै नाममा नियन्त्रणमा लिइएका व्यक्तिसँगको भेटका आधारमा सुरक्षाकर्मीलाई अपदस्थ गर्ने कामले सरकार संविधान र कानुनको ...