मुख्य समाचार
सरकारले ऊर्जा बचत गर्ने उद्योगलाई ‘बचतको प्रमाणपत्र’ बेच्ने सुविधा दिने गरी विधेयक ल्याएको छ
सरकारले ऊर्जा बचत गर्ने उद्योगलाई ‘बचतको प्रमाणपत्र’ बेच्ने सुविधा दिने गरी विधेयक ल्याएको छ

। सरकारले ऊर्जा बचत गर्ने उद्योगलाई ‘बचतको प्रमाणपत्र’ बेच्ने सुविधा दिने गरी विधेयक ल्याएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री मन्त्री विराजभक्त श्रेष्‍ठले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक २०८३ प्रतिनिधिसभामा दर्ता गरेका छन् ।

जसमा लक्ष्यभन्दा बढी ऊर्जा बचत गरेर प्रमाणपत्र प्राप्त गर्ने व्यावसायिक प्रतिष्ठान वा क्षेत्रले अर्को उद्योगलाई प्रमाणपत्र बेच्न सक्ने, लक्ष्य पूरा गर्न नसक्ने उद्योगले अपुग लक्ष्य बराबरको प्रमाणपत्र किन्नुपर्ने व्यवस्था छ ।

विधेयकअनुसार लक्ष्यअनुसार ऊर्जा बचत गरे प्रमाणपत्र दिइन्छ । लक्ष्यअनुसार ऊर्जा बचत नगर्ने उद्योगलाई लक्ष्यअनुसार ऊर्जा बचत गर्ने उद्योगले ‘बचतको प्रमाणपत्र’ बेच्न सक्नेछन् ।

विधेयकअनुसार ऊर्जा भन्नाले जलविद्युत, खनिज तेल, कोइला, ग्याँस, सौर्य, वायु, आणविक, जैविक पदार्थ वा अन्य कुनै नवीकरणीय वा अनवीकरणीय स्रोतबाट उत्पादित विद्युतीय वा तापीय ऊर्जा सम्झनुपर्छ ।

ऊर्जा संरक्षण भन्नाले ऊर्जाको अनावश्यक प्रयोगलाई कटौती गर्ने कार्य सम्झनुपर्छ ।

प्रस्तावित विधेयकको दफा ९ मा ऊर्जा बचत योजना छ ।

दफा ९ को उपदफा १ मा भनिएको छ, ‘केन्द्रले प्रति इकाइ वस्तु वा सेवाको उत्पादन गर्दा उपयोग गर्ने ऊर्जाको खपत घटाउन सम्बन्धित विषयक्षेत्रका व्यावसायिक प्रतिष्ठान वा क्षेत्रसँग परामर्श गरी व्यावसायिक प्रतिष्ठान वा क्षेत्रको प्रकृति अनुसार फरक फरक हुनेगरी ऊर्जा बचत योजना तर्जुमा गर्नेछ ।’

योजना तर्जुमा गर्दा सात वटा विषय समावेश गर्नुपर्ने व्यवस्था प्रस्तावित छ :

(क) ऊर्जा बचतको न्यूनतम तथा अधिकतम लक्ष्य,

(ख) लक्ष्य हासिल गर्न अवलम्बन गर्न सकिने उपाय,

(ग) ऊर्जा बचत लक्ष्य हासिल गर्न लाग्ने समय र हासिल गरिएको ऊर्जा बचत कायम रहने समय सीमा,

(घ) निर्धारित लक्ष्यभन्दा बढी ऊर्जा बचत भएको हकमा बचत भएको ऊर्जा बराबरको ऊर्जा बचत प्रमाणपत्र जारी गर्ने आधार,

(ङ) लक्ष्यभन्दा बढी ऊर्जा बचत गर्ने व्यावसायिक प्रतिष्ठान वा क्षेत्रलाई दिइने प्रोत्साहन,

(च) लक्ष्य बमोजिम ऊर्जा बचत गर्न नसकेमा तिर्नुपर्ने क्षतिपूर्ति ।

प्रस्तावित विधेयकको दफा ९ को उपदफा ३ ले ‘ऊर्जा बचत योजनामा व्यावसायिक प्रतिष्ठान वा क्षेत्र सहभागी हुनु पर्ने’ व्यवस्था अनिवार्य गरेको छ ।

विधेयकमा उल्लेख भएअनुसार व्यावसायिक प्रतिष्ठान वा क्षेत्र भन्नाले प्रचलित कानुनबमोजिम दर्ता भई सञ्चालनमा रहेका अनुसूची बमोजिमका व्यावसायिक, औद्योगिक वा आवासीय प्रकृतिका उद्योग, संघ संस्था वा क्षेत्र सम्झनुपर्छ ।

दफा ९ को उपदफा (४) अनुसार निर्धारित लक्ष्य व्यावसायिक प्रतिष्ठान वा क्षेत्रले हासिल गरे वा नगरेको सम्बन्धमा ऊर्जा परीक्षकले दिएको प्रतिवेदनको आधारमा केन्द्रले मुल्यांकन गर्ने छ ।

मुल्यांकन गर्दा लक्ष्यभन्दा बढी ऊर्जा बचत गर्ने व्यावसायिक प्रतिष्ठान वा क्षेत्रलाई त्यस बराबरको ऊर्जा बचत प्रमाणपत्र दिइनेछ । ऊर्जा बचत प्रमाणपत्र प्राप्त गर्ने व्यावसायिक प्रतिष्ठान वा क्षेत्रलाई ऊर्जा बचत योजनामा उल्लेख भएबमोजिम प्रोत्साहन गरिनेछ ।

साथै, ऊर्जा बचत प्रमाणपत्र प्राप्त गर्ने व्यावसायिक प्रतिष्ठान वा क्षेत्रले त्यस्तो प्रमाणपत्र अन्य व्यावसायिक प्रतिष्ठान वा क्षेत्रलाई बिक्री गर्न सक्नेछ । यस्तो सुविधा दिने गरी सरकारले विधेयक ल्याएको हो ।

तर, ऊर्जा बचतको लक्ष्य हासिल गर्न नसक्ने व्यावसायिक प्रतिष्ठान वा क्षेत्रले पूरा गर्न नसकेको लक्ष्य बराबरको ऊर्जा बचत प्रमाणपत्र लक्ष्यभन्दा बढी ऊर्जा बचत गर्ने अन्य व्यावसायिक प्रतिष्ठान वा क्षेत्रबाट खरिद गरी लक्ष्य पूरा गर्नु पर्नेछ ।

ऊर्जा बचत प्रमाणपत्र खरिद गरेर पनि लक्ष्य पूरा गर्न नसक्ने व्यावसायिक प्रतिष्ठान वा क्षेत्रले ऊर्जा बचत योजनामा उल्लेख भएबमोजिम क्षतिपूर्ति बापतको रकम केन्द्रमा बुझाउनु पर्ने व्यवस्था प्रस्तावित विधेयकको दफा ९ को उपदफा ७ मा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसको देउवा समूहद्वारा गठित ‘१५औं महाधिवेशन आयोजक समिति’का संयोजक डा. शशांक कोइरालाले आफूलाई लागेको विश्वासमा अडिग रहन सक्नु नै राजनीतिको मुख्य आधार भएको बताएका छन् । शनिबार काठमाडौं क्षेत्र नम्बर ४ मा आयोजित समूहको क्षेत्रीय अधिवेशन उद्घाटन गर्दै उनले राजनीतिमा सत्यमा रहेर मात्र नहुने भन्दै सत्यमा रहँदा आउने मूल्य चुकाउन तयार हुनुपर्ने बताए ...
। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल (पुरानो विमानस्थल)को हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन, बेलुन उडाउन तथा लेजर लाइट प्रयोग गर्न निषेध गरिएको छ । विमानको उडान सुरक्षामा गम्भीर असर पर्ने भएकाले उल्लेखित गतिविधि नगर्न सार्वजनिक रूपमा सबैमा सूचित गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौलाले जानकारी दिए । विमानस्थल आसपासका क्षेत्रमा जथाभावी फोहोरमैला ...
: कपिलवस्तुमा प्रहरीले लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार बिहीबार राति करिब १२ः३० बजे कृष्णनगर नगरपालिका–२ स्थित कृष्णनगरबाट खटिएको प्रहरी टोलीले कृष्णनगर–मलंगवा अगाडि चन्द्रौटा–कृष्णनगर सडकखण्डमा भारतबाट नेपालतर्फ आउँदै गरेका दुई जनालाई चेकजाँच गर्ने क्रममा लागूऔषधजस्तो देखिने पदार्थ फेला पारेको हो। प्रहरीले उनीहरूको साथबाट ब्राउन सुगरजस्तो देखिने खैरो गिलो ...
। मानव अधिकार आयोगले मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ, गुणस्तरीय र विभेदरहित बनाउन आग्रह गरेको छ । विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा प्रेस विज्ञप्ति निकालेर आयोगले यस्तो आग्रह गरेको हो । नेपालको संविधान र अन्य प्रचलित कानुन, नीति तथा कर्यक्रमहरूका बाबजुद मानसिक रुपमा अस्वस्थ हुन पुगेका नागरिकहरूको जीवन, स्वतन्त्रता, समानता र मर्यादाको अधिकार सम्मानित र सुरक्षित हुन ...
: नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापाले नागरिकको विश्वास जित्ने गरी पार्टीलाई रूपान्तरण गर्ने बताएका छन्। सभापतिमा निर्वाचित भएपछि शनिबार पार्टी कार्यालय सानेपामा उपस्थित कार्यकर्ता तथा समर्थकलाई सम्बोधन गर्दै उनले आफूले प्राप्त गरेको जिम्मेवारीलाई अधिकार नभई जवाफदेहिताका रूपमा लिएको बताए। ‘तपाईंहरूले विश्वास गरेर पार्टीको जिम्मेवारी सुम्पिनुभएको छ। यो जिम्मेवारीप्रति कृतज्ञता व्यक्त गर्न आएको हुँ। ...