मुख्य समाचार
पोखरा विमानस्थल (पुरानो विमानस्थल)को हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन, बेलुन उडाउन तथा लेजर लाइट प्रयोग गर्न निषेध
पोखरा विमानस्थल (पुरानो विमानस्थल)को हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन, बेलुन उडाउन तथा लेजर लाइट प्रयोग गर्न निषेध

। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल (पुरानो विमानस्थल)को हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन, बेलुन उडाउन तथा लेजर लाइट प्रयोग गर्न निषेध गरिएको छ ।

विमानको उडान सुरक्षामा गम्भीर असर पर्ने भएकाले उल्लेखित गतिविधि नगर्न सार्वजनिक रूपमा सबैमा सूचित गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौलाले जानकारी दिए ।

विमानस्थल आसपासका क्षेत्रमा जथाभावी फोहोरमैला फाल्ने तथा नहरमा मृत पशुपन्छी बगाउनेजस्ता गतिविधिले चराचुरुङ्गी र वन्यजन्तुको गतिविधि बढाई विमानको उडान तथा अवतरणमा असर पार्न सक्ने हुँदा फोहरमैला तथा मृत पशुपन्छीको उचित व्यवस्थापन गर्न आग्रह गरिएको छ ।

सूचनाको अवज्ञा गरी यस्ता गतिविधि गरेको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही हुने पोखरा अन्तरराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मौसममा सुधार आएपछि धवलागिरि हिमालको चालु शरदयामको आरोहण पुन:सुरु भएको छ । प्रतिकुल मौसमका कारण असोजको पहिलो साता आधार शिविरबाट फर्किएको आरोहण टोली मौसममा सुधार आएसँगै पुन:आधार शिविर पुगेका हुन् । विश्वको सातौँ (८,१६७ मिटर) अग्लो धौलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीको भूगोलमा पर्छ । डोरी टाँग्ने (रोप फिक्सिङ) टोली क्याम्प दुईभन्दा करिब ४०० मिटरमाथि ...
। मलेसिया सरकारले सीमित नेपाली म्यानपावर कम्पनीमार्फत मात्रै श्रमिक लिने व्यवस्था गरेपछि अहिले यसको पक्ष र विपक्षमा बहस भइरहेको छ । यो प्रणालीप्रति नेपाल सरकारले असहमति जनाउँदै कूटनीतिक नोट पठाएको छ । त्यसको जवाफमा मलेसिया सरकारले यो प्रणालीमा आफू अडिग रहेको बताएको छ । मलेसिया सरकारले शुरुमा नेपालका २५ वटा मेनपावर कम्पनीले मात्रै मलेसिया कामदार पठाउन ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व बजारमा इन्धनको बढ्दो मूल्य नियन्त्रण गर्न रुससँग डिजेल आपूर्ति गर्ने सहमति भएको घोषणा गरेका छन्। सहमतिसँगै ट्रम्प प्रशासनले युक्रेन युद्धका कारण मस्कोको राजस्व रोक्ने उद्देश्यले रुसी इन्धनमाथि लगाउँदै आएको प्रतिबन्ध अस्थायी रूपमा फुकुवा गरेको छ। ट्रम्पका अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी र विश्वव्यापी बजारका लागितुरुन्तै ३ लाख टन डिजेल ...
। नेपाली कांग्रेसका सभापति गगन थापाले व्यक्तिमा लागेको गैह्रकानुनी काम दाग स्वयं उसैले मेट्नुपर्ने र त्यसको भारी पार्टीले नबोक्ने बताएका छन् । शनिबार सभापतिमा पुन: निर्वाचित भएपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा पुगेर सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘नेपाली कांग्रेसबाट यही महाधिवेशनमा प्रतिष्पर्धा गर्ने, नेपाली कांग्रेससँग आवद्ध हुनुभएको एक जना साथीलाई ठगीको मुद्दा लागेको, मुद्दा ...
: पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-५ गलौंदी नजिकै भासिएको सडकखण्डमा ब्याक कटिङको काम सुरु गरिएको छ। सडक फराकिलो बनाएर दुईतर्फी यातायात सञ्चालनमा ल्याउने तयारी गरिएको हो। आज बिहानबाट सुरु भएको काममा दुईवटा स्काभेटर प्रयोग गरी करिब २० मिटर भित्तो काटिनेछ। कुनै समस्या नआए शनिबार साँझसम्म सडक खुलाउने लक्ष्य रहेको सडक विभागले जनाएको छ। नागढुंगा-नौबिसे-मुग्लिन सडक आयोजना (पूर्वी ...