मुख्य समाचार
मोटरसाइकलको ठक्करबाट साइकलमा सवार एक महिलाको मृत्यु
मोटरसाइकलको ठक्करबाट साइकलमा सवार एक महिलाको मृत्यु

: बाराको सिम्रौनगढमा मोटरसाइकलको ठक्करबाट साइकलमा सवार एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका सिम्रौनगढ नगरपालिका-६ की ३७ वर्षीया रिजवाना खातुनलाई कलैयास्थित प्रादेशिक अस्पताल ल्याइएपनि चिकित्सकले मृत घोषणा गरेका हुन्।

दुर्घटनामा उनको श्रीमान् साइकल चालक ४० वर्षीय सबु महमद गम्भीर घाइते भएका छन् । उनलाई कलैया अस्पतालबाट वीरगन्जस्थित न्यूरो अस्पताल लगिएको छ ।

यसैगरी घटनामा ठक्कर दिने मोटरसाइकमा सवार दुवै जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक २५ वर्षीय अजय महतो र मोटरसाइकलमा सवार २२ वर्षीय विवेक महतो रहेका छन् । उनीहरुको पनि न्यूरो अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइते तीनै जनाको अवस्था गम्भीर छ । सिम्रौनगढबाट कचोर्वातर्फ जाँदै गरेको बीआर०५एफ ०१४० नम्बरको मोटरसाइककले शनिबार साँझ सोही दिशाबाट जाँदै गरेको साइकललाई ठक्कर दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सर्लाहीमा म्याजिक जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा मलंगवा नगरपालिका–७, गणेशियाका ३० वर्षीय अरविन्द साह रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका साहलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। नवलपुर–मलंगवा सडक खण्डमा नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको ना १ ज ६३०८ नम्बरको म्याजिकले विपरीत दिशाबाट आउँदै गरेको म ...
। गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल र एउटा फलामको पुल बगाएको छ । प्रहरीका अनुसार चुमनुब्री गाउँपालिका–३ न्याकचेतस्थित न्याकचेत-सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल बगाएको छ । यसैगरी गोरखाको धार्चे गाउँपालिका–५ माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल पनि बगाएको छ। बाढीले आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुल पनि बगाएको प्रहरीले ...
। रुकुमपश्चिमको पुरानो सडकखण्ड शीतलपोखरी–झुल्खेत–चुन्वाङ सडकको स्तरोन्नति तथा कालोपत्रेको काम २७ वर्षपछि सुरु भएको छ। पटक-पटक बजेट विनियोजन भए पनि निर्माण सम्पन्न हुन नसकेको उक्त सडकको काम पुनः सुरु भएपछि स्थानीयवासीमा वर्षौँदेखिको सास्ती अन्त्य हुने आशा पलाएको छ। मुसिकोट नगरपालिकास्थित शीतलपोखरीबाट झुल्खेत हुँदै चुन्वाङ जोड्ने १८.४ किलोमिटर सडकको स्तरोन्नति तथा कालोपत्रे गर्न ग्रामीण सडक सञ्जाल सुधार ...
: नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता प्रकाशमान सिंहले आफूहरू नियमित १५औँ महाधिवेशनको तयारी गरिरहेको बताएका छन्। १४औँ महाधिवेशनबाट चयन भएको नेतृत्व नै आधिकारिक भएको उनको जिकिर छ। सोही आधारमा १५औँ महाधिवेशन आयोजना गर्न लागिएको उल्लेख गर्दै नेता सिंहले शेरबहादुर देउवाले राजीनामा नदिएको अवस्थामा कसैले टुँडिखेलमा बसेर सभापति घोषणा गर्दैमा त्यो मान्य नहुने बताए। साथै, उनले पार्टी ...