मुख्य समाचार
गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल र एउटा फलामको पुल बगाए
गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल र एउटा फलामको पुल बगाए

। गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल र एउटा फलामको पुल बगाएको छ ।

प्रहरीका अनुसार चुमनुब्री गाउँपालिका–३ न्याकचेतस्थित न्याकचेत-सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल बगाएको छ ।

यसैगरी गोरखाको धार्चे गाउँपालिका–५ माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल पनि बगाएको छ।

बाढीले आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुल पनि बगाएको प्रहरीले जनाएको छ ।

गोरखाको चुमनुब्री गाउँपालिका–६ लोक्पा र चुम्लिङबीच पहिरो खस्दा थुनिएको बूढीगण्डकी नदीबाट आएको बाढीले विभिन्न स्थानमा क्षति पुर्‍याएको हो।

प्रहरीका अनुसार बाढीले चुमनुब्री गाउँपालिका–३ सिर्दिबास निवासी रामबहादुर गुरुङको एउटा कच्ची घर बगाएको छ भने अर्को एउटा घरमा बाढी पसेको छ ।

प्रहरीका अनुसार धार्चे गाउँपालिका–५ माछिखोलास्थित तल्लो बस्तीमा बाढी पसेको छ । जसका कारण ५–७ वटा घर र ५–७ वटा टहरामा बाढी पसेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। गृहमन्त्री सुधन गुरुङले विशेष गरी बूढीगण्डकी नदी तटीय क्षेत्रमा रहेका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण हुन र उच्च सतर्कता अपनाउन अनुरोध गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो आग्रह गरेका हुन् । उनले लेखेका छन्, ‘विशेष गरी बूढीगण्डकी नदी किनार तथा तटीय क्षेत्रमा रहेका सिर्दिबास, जगत, सल्लेरी, खोलबेसी, माछाखोला, सोती, आर्खेत र आरुघाट क्षेत्रका बासिन्दाहरूलाई ...
। बूढीगण्डकी नदीमा आकस्मिक बाढीले पुर्‍याएको क्षतिको अवस्था बुझ्न काठमाडौंबाट समेत नेपाली सेनाको टोली परिचालित भएको छ । सेनाको हवाई र पैदल टोली प्रभावित क्षेत्रमा परिचालित भएको हो । नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले काठमाडौंबाट हेलिकप्टरसहित क्विक रेकी टोली परिचालित भएको र स्थानीय टोली पनि उद्धार सामग्रीसहित खटिएको जानकारी दिए । सेनाको टोलीले वस्तुगत अवस्था बुझ्दै उद्धार तथा ...
: नेपाल-चीनबीचको उत्तरी तातोपानी नाका पाँच सातादेखि बन्द हुँदा व्यवसायीहरू मर्कामा परेका छन् भने राज्यले दैनिक करोडौँ राजस्व गुमाउँदै आएको छ। सरकारले तातोपानी नाका पुनः सञ्चालनमा ल्याउन चीनसँग निरन्तर संवाद गरिरहेको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बताए। ‘तातोपानी नाका सञ्चालनमा ल्याउन नेपाली पक्षलाई कुनै समस्या छैन। पहिरोले अवरुद्ध भएको सडक पनि सञ्चालनमा ल्याइसकिएको छ,’ उनले भने, ‘अहिले ...
: सर्लाहीमा म्याजिक जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा मलंगवा नगरपालिका–७, गणेशियाका ३० वर्षीय अरविन्द साह रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका साहलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। नवलपुर–मलंगवा सडक खण्डमा नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको ना १ ज ६३०८ नम्बरको म्याजिकले विपरीत दिशाबाट आउँदै गरेको म ...
। रुकुमपश्चिमको पुरानो सडकखण्ड शीतलपोखरी–झुल्खेत–चुन्वाङ सडकको स्तरोन्नति तथा कालोपत्रेको काम २७ वर्षपछि सुरु भएको छ। पटक-पटक बजेट विनियोजन भए पनि निर्माण सम्पन्न हुन नसकेको उक्त सडकको काम पुनः सुरु भएपछि स्थानीयवासीमा वर्षौँदेखिको सास्ती अन्त्य हुने आशा पलाएको छ। मुसिकोट नगरपालिकास्थित शीतलपोखरीबाट झुल्खेत हुँदै चुन्वाङ जोड्ने १८.४ किलोमिटर सडकको स्तरोन्नति तथा कालोपत्रे गर्न ग्रामीण सडक सञ्जाल सुधार ...