मुख्य समाचार
तरकारीभित्र लुकाइएको ५७० किलो गाँजा मोरङमा बरामद
तरकारीभित्र लुकाइएको ५७० किलो गाँजा मोरङमा बरामद

: पिकअप भ्यानमा लोड गरिएको तरकारीभित्र लुकाइएको ५७० किलो गाँजा मोरङमा बरामद भएको छ।

नेपाल–भारत सीमा क्षेत्रनजिकै शनिबार राति सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको पिकअपमा स्कुस र बन्दाकोबीभित्र गाँजा लुकाएर राखिएको फेला परेको हो। मोरङको जहदा गाउँपालिका–४ रामचोकमा राति करिब ११ बजे शंकास्पद अवस्थामा रहेको प्र १–०१–०० च ७४२२ नम्बरको महेन्द्र पिकअप भ्यान जाँच गर्न खोज्दा चालक गाडी छाडेर भागेका थिए।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बीओपी) नोचाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको गाडी खानतलासी गर्दा तरकारीको बीचमा लुकाइएका १९ पोका गाँजा फेला परेको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारीले जानकारी दिए। तौल गर्दा गाँजा ५७० किलो रहेको पुष्टि भएको उनले बताए।

तरकारी ओसारपसारको आवरणमा गाँजा भारततर्फ लैजान खोजिएको प्रारम्भिक अनुमान छ। यद्यपि, गाँजा कहाँबाट ल्याइएको थियो र यसमा को-को संलग्न छन् भन्ने खुलेको छैन। बरामद गाँजा र पिकअप भ्यानलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको एसपी भण्डारीले बताए।

फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ। तरकारीको आडमा ठूलो परिमाणमा गाँजा ओसार्न खोजिएको यो घटनाले सीमा क्षेत्रमा लागूऔषध तस्करीको नयाँ शैलीका बारेमा अनुसन्धान गर्नुपर्ने देखाएको प्रहरी अधिकारीहरू बताउँछन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीका कारण चुमनुब्री गाउँपालिकाको लोक्पास्थित सर्दिभिरमा रहेको क्यान्टिलिभर पुल बगेको छ। चुमनुब्री गाउँपालिकाकी उपप्रमुख लक्ष्मी गुरुङका अनुसार आज बिहान आएको बाढीले क्यान्टिलिभर पुल बगाएसँगै तल्लो चुम क्षेत्रमा आउजाउ ठप्प भएको छ। ‘बाढीले क्यान्टिलिभर पुल बगायो। अब तल्लो चुम जाने बाटोघाटो केही छैन,’ उनले भनिन्, ‘फेरि उहिल्यैबाट पहिल्याएर काठको भर्‍याङ र डोरी ...
। तनहुँ जलविद्युत् आयोजनाले निर्माणस्थलमा हुन सक्ने सम्भावित विपद्को जोखिम न्यूनीकरण, जनशक्तिको सुरक्षा तथा आपत्कालीन अवस्थामा प्रभावकारी उद्धार र प्रतिकार्य सुनिश्चित गर्न मुख्य बाँध निर्माणस्थलमा विपद् नमुना अभ्यास सम्पत्र गरेको छ । आयोजनाको नदी सुरक्षा व्यवस्थापन योजनाअन्तर्गत आपत्कालीन प्रतिकार्य उपयोजनाबमोजिम सञ्चालन गरिएको अभ्यासमा प्याकेज- १ (हेडवर्क्स) र प्याकेज-२ (मुख्य सुरुङ, विद्युतगृहलगायतका संरचना तथा सम्बन्धित उपकरणहरू)मा कार्यरत ...
। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीले पारेको असरबारे दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत देउवाले बाढीले नदी किनाराका बस्तीमा पारेको असरको खबरले आफू दुखित बनेको बताएका हुन् । उनले लेखेका छन्, ‘बूढीगण्डकी र त्रिशूली नदी किनारका तटीय क्षेत्रमा रहेका सबै नागरिकलाई उच्च सतर्कता सहित सुरक्षित स्थानमा रहन अनुरोध गर्दछु ।’ नेपाली कांग्रेसका पूर्वसभापति समेत ...
। कोशी प्रदेशको राजधानी विराटनगरमा असोज २७ र २८ गते आयोजना हुने ‘अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन’ को सम्पूर्ण तयारी पूरा भएको छ । कोशी प्रदेश सरकारले आयोजना गर्ने सम्मेलनको तयारी पुरा भएको हो । सम्मेलनमा देशका सातै प्रदेशका माननीय मुख्यमन्त्रीहरू, मुख्य न्यायाधिवक्ताहरू, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्षहरू र प्रमुख सचिवहरूको सहभागिता रहने मुख्यमन्त्री हिक्मतकुमार ...
। गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्‍याएको क्षतिको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ । सो विवरणमा घर, पुल र हाइड्रोपावरमा क्षति पुगेको उल्लेख छ । फिलिम, सल्लेरी, जगत र माछाखोलाका स्वास्थ्य संस्थाहरु माथिल्लो उचाइमा रहेकाले कम जोखिममा रहेको मन्त्रालयले जनाएको छ । साथै गोरखा, लमजुङ र तनहुँ जिल्लाका जिल्ला स्तरीय द्रुत प्रतिकार्य टोली ...