मुख्य समाचार
डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकासहित कम्तीमा १०९ आप्रवासीको मृत्यु, ११६ जना बेपत्ता
डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकासहित कम्तीमा १०९ आप्रवासीको मृत्यु, ११६ जना बेपत्ता

जिबुटी तटमा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकासहित कम्तीमा १०९ आप्रवासीको मृत्यु भएको छ । दुर्घटनामा ११६ जना बेपत्ता भएका छन् । संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले आइतबार उक्त जानकारी दिएको हो ।

आईओएमका अनुसार अक्टोबर ८ र ९ को मध्यरात जिबुटीबाट यमनतर्फ ३५० जना बोकेर गइरहेको डुङ्गा ओबोक सहरको उत्तरतर्फ दुर्घटनाग्रस्त भई पल्टिएको थियो ।

जिबुटीस्थित आईओएमका मिसन प्रमुख अलेक्जेन्डर कोइसेकले घटनालाई ठूलो मानवीय क्षति भन्दै मृतकका परिवार तथा आफ्ना आफन्तको अवस्थाबारे जानकारी पाउन नसकेका परिवारप्रति समवेदना व्यक्त गरेका छन् । उनले उद्धार तथा आपत्कालीन सहायता प्रदान गर्न आइओएमका टोली जिबुटीका अधिकारीसँग मिलेर घटनास्थलमा खटिएको बताए ।

आइओएमका अनुसार दुर्घटनामा मृत्यु भएका १०९ जनामध्ये ५२ पुरुष, ४२ महिला र १५ बालबालिका छन् । मृत बालबालिकामा नौ बालिका र छ बालक रहेका छन् ।



दुर्घटनाबाट ८० भन्दा बढी व्यक्ति बाँच्न सफल भएका छन् । उनीहरू सबै इथियोपियाली नागरिक हुन् ।

आईओएमले यो दुर्घटनाले आर्थिक अवसरको खोजीमा बाब–अल–मन्देब जलमार्ग पार गर्दै यमन हुँदै खाडी मुलुक पुग्ने प्रयास गर्ने आप्रवासीले सामना गर्नुपर्ने जोखिमलाई पुन: उजागर गरेको जनाएको छ ।

‘मध्यपूर्वमा बढ्दो अस्थिरताका बाबजुद गरिबी, असुरक्षा र जलवायु परिवर्तनको बढ्दो प्रभावले धेरै मानिसलाई यो जोखिमपूर्ण यात्रा गर्न बाध्य बनाएको छ,’ आईओएमले विज्ञप्तिमा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। युरोपका विभिन्न देशमा उडान गरिरहेका विमानमा बम राखिएको भन्दै धम्की आएपछि विहीबार एकैदिन २१ भन्दा बढी हवाई सेवा प्रभावित भएको छ । गत मंगलबार पनि यस्तै धम्कीका कारण युरोपका कम्तीमा २५ वटा उडान प्रभावित भएका थिए । पछिल्लोपटक आएको धम्कीका कारण केही विमानको उडान मार्ग परिवर्तन गरिएको छ भने केहीलाई आपत्कालीन अवतरण गराइएको छ । ...
इजरायलको अरब नेतृत्वका दलहरूको गठबन्धनले इजरायलमा नयाँ सरकार गठनका लागि विपक्षी नेता गादी आइजेनकोटलाई समर्थन गर्ने घोषणा गरेको छ । गठबन्धनले बिहीबार जारी गरेको विज्ञप्तिमा राष्ट्रपति आइज्याक हर्जोगलाई बिहीबार साँझ आइजेनकोटलाई सरकार गठनको जिम्मेवारी दिन सिफारिस गर्ने निर्णयबारे जानकारी गराउने जनाएको छ । गत साता सम्पन्न आम निर्वाचनमा अरब नेतृत्वका दलहरूले संसद्का १२० सिटमध्ये १९ सिट जितेका ...
ओमान र इरानका विदेशमन्त्रीबीच होर्मुज जलडमरु हुँदै निर्बाध जहाज आवागमन पुनः सञ्चालन गर्ने विषयमा टेलिफोन वार्ता भएको छ। ओमानको विदेश मन्त्रालयले जारी गरेको वक्तव्यअनुसार दुवै देशका विदेशमन्त्रीले पछिल्ला कूटनीतिक सम्पर्क र छलफलको समीक्षा गरेका थिए। होर्मुज जलडमरुमा निर्बाध जलयात्रा पुनः सञ्चालन गर्न व्यावहारिक, राजनीतिक तथा प्राविधिक समझदारी कायम गर्ने विषयमा उनीहरूबीच छलफल भएको हो। ओमानले तनाव कम ...
: फ्रान्समा बढ्दो महँगी, न्यून ज्याला र सार्वजनिक सेवाको कमजोर अवस्थाविरुद्ध देशव्यापी हडताल तथा प्रदर्शन चर्किएको छ । पाँचवटा श्रमिक संगठनको आह्वानमा बिहीबार भएको प्रदर्शनमा उच्च माध्यमिक विद्यालयका विद्यार्थी, कर्मचारी तथा सर्वसाधारण सहभागी भएका छन् । प्रदर्शनकारीहरूले न्यूनतम ज्याला वृद्धि, सार्वजनिक सेवामा सुधार र जीवनयापनको बढ्दो खर्च नियन्त्रण गर्न सरकारसँग माग गरेका छन् । स्थानीय समयअनुसार ...
: बैंकिङ संकटसँग जोडिएको राजनीतिक विवाद चर्किएपछि पाराग्वेका राष्ट्रपति स्यान्टियागो पेनाले पदबाट राजीनामा दिएका छन् । बैंक धराशायी भएपछि उत्पन्न विवाद र महाभियोगको प्रक्रिया अघि बढेसँगै उनले राजीनामा घोषणा गरेका हुन् । पेनाले सामाजिक सञ्जाल एक्समार्फत भिडियो सन्देश जारी गर्दै आफूबाट कुनै गल्ती भएको भए जनतासँग माफी मागेका छन् । जनताले आफूलाई दिएको विश्वासघात गर्ने आफ्नो ...