मुख्य समाचार
पिकअप गाडीको ठक्करबाट एक वृद्धको मृत्यु
पिकअप गाडीको ठक्करबाट एक वृद्धको मृत्यु

: बाराको अमलेखगञ्जमा पिकअप गाडीको ठक्करबाट आइतबार बिहान एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका–२२ का करिब ६७ वर्षीय रामबहादुर थिङ्ग रहेका छन्।

पथलैयाबाट हेटौंडातर्फ जाँदै गरेको प्र २-०३-००१ च १७७७ नम्बरको गाडीले थिङ्गलाई ठक्कर दिएको थियो। उनको घटनास्थलमै मृत्यु भएको हो। उनको शव वीरगन्जस्थित नारायणी अस्पतालमा राखिएको छ।

यता, वृद्धलाई ठक्कर दिएलगत्तै फरार भएको गाडी र चालक महोत्तरीको बर्दिबास नगरपालिका–१४ का ३४ वर्षीय विजयकुमार साह सोनारलाई मकवानपुरको रातेमाटो चेकपोस्टबाट प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्ट नेतृत्वको प्रहरी टोलीले फरार भएको गाडीको पहिचान गरी नियन्त्रणमा लिन सफल भएको हो।

यसअघि फरार गाडी पत्ता लगाउन माग राख्दै स्थानीयले अमलेखगञ्जमा सडक अवरुद्ध पारेका थिए। स्थानीयको अवरोधका कारण पथलैया–हेटौंडा सडकखण्ड बिहानैदेखि अवरुद्ध थियो। ठक्कर दिने गाडी पत्ता लागेपछि सडक सुचारु भएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीका कारण चुमनुब्री गाउँपालिकाको लोक्पास्थित सर्दिभिरमा रहेको क्यान्टिलिभर पुल बगेको छ। चुमनुब्री गाउँपालिकाकी उपप्रमुख लक्ष्मी गुरुङका अनुसार आज बिहान आएको बाढीले क्यान्टिलिभर पुल बगाएसँगै तल्लो चुम क्षेत्रमा आउजाउ ठप्प भएको छ। ‘बाढीले क्यान्टिलिभर पुल बगायो। अब तल्लो चुम जाने बाटोघाटो केही छैन,’ उनले भनिन्, ‘फेरि उहिल्यैबाट पहिल्याएर काठको भर्‍याङ र डोरी ...
। तनहुँ जलविद्युत् आयोजनाले निर्माणस्थलमा हुन सक्ने सम्भावित विपद्को जोखिम न्यूनीकरण, जनशक्तिको सुरक्षा तथा आपत्कालीन अवस्थामा प्रभावकारी उद्धार र प्रतिकार्य सुनिश्चित गर्न मुख्य बाँध निर्माणस्थलमा विपद् नमुना अभ्यास सम्पत्र गरेको छ । आयोजनाको नदी सुरक्षा व्यवस्थापन योजनाअन्तर्गत आपत्कालीन प्रतिकार्य उपयोजनाबमोजिम सञ्चालन गरिएको अभ्यासमा प्याकेज- १ (हेडवर्क्स) र प्याकेज-२ (मुख्य सुरुङ, विद्युतगृहलगायतका संरचना तथा सम्बन्धित उपकरणहरू)मा कार्यरत ...
। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीले पारेको असरबारे दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत देउवाले बाढीले नदी किनाराका बस्तीमा पारेको असरको खबरले आफू दुखित बनेको बताएका हुन् । उनले लेखेका छन्, ‘बूढीगण्डकी र त्रिशूली नदी किनारका तटीय क्षेत्रमा रहेका सबै नागरिकलाई उच्च सतर्कता सहित सुरक्षित स्थानमा रहन अनुरोध गर्दछु ।’ नेपाली कांग्रेसका पूर्वसभापति समेत ...
। कोशी प्रदेशको राजधानी विराटनगरमा असोज २७ र २८ गते आयोजना हुने ‘अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन’ को सम्पूर्ण तयारी पूरा भएको छ । कोशी प्रदेश सरकारले आयोजना गर्ने सम्मेलनको तयारी पुरा भएको हो । सम्मेलनमा देशका सातै प्रदेशका माननीय मुख्यमन्त्रीहरू, मुख्य न्यायाधिवक्ताहरू, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्षहरू र प्रमुख सचिवहरूको सहभागिता रहने मुख्यमन्त्री हिक्मतकुमार ...
। गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्‍याएको क्षतिको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ । सो विवरणमा घर, पुल र हाइड्रोपावरमा क्षति पुगेको उल्लेख छ । फिलिम, सल्लेरी, जगत र माछाखोलाका स्वास्थ्य संस्थाहरु माथिल्लो उचाइमा रहेकाले कम जोखिममा रहेको मन्त्रालयले जनाएको छ । साथै गोरखा, लमजुङ र तनहुँ जिल्लाका जिल्ला स्तरीय द्रुत प्रतिकार्य टोली ...