मुख्य समाचार
भासिएको सडकको विकल्पमा नयाँ ट्र्याक निर्माण गरी सवारी आवागमन सुचारु
भासिएको सडकको विकल्पमा नयाँ ट्र्याक निर्माण गरी सवारी आवागमन सुचारु

: पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-५ गलौँदीमा भासिएको सडकको विकल्पमा नयाँ ट्र्याक निर्माण गरी सवारी आवागमन सुचारु गरिएको छ। तर, सवारीसाधनको अत्यधिक चाप र कमजोर ट्राफिक व्यवस्थापनका कारण यात्रु र चालकले भने सास्ती खेप्नुपरेको छ।

त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि शुक्रबारदेखि अवरुद्ध भएको राजमार्गमा शनिबार मध्यराति नयाँ ट्र्याकबाट रोकिएका सवारीसाधन पास गराइएको थियो। त्यसपछि सवारीसाधन गन्तव्यतर्फ जान थालेका हुन्।

नयाँ ट्र्याकबाट सवारी आवागमन सुरु भए पनि गलौँदी क्षेत्रमा सवारीसाधनको चाप अत्यधिक छ। सवारी व्यवस्थापन प्रभावकारी हुन नसक्दा लामो समय जाममा बस्नुपरेको र यात्रा असहज भएको यात्रुहरूको गुनासो छ। राजमार्ग सुचारु भए पनि सहज रूपमा यात्रा गर्न नपाएको उनीहरूले बताएका छन्। नागढुंग-नौबिसे-मुग्लिन सडक आयोजना पूर्वी खण्डका प्रमुख गुरु प्रसाद अधिकारीका अनुसार नयाँ ट्र्याकबाट सवारीसाधन सञ्चालनमा आए पनि सडकलाई पूर्ण रूपमा व्यवस्थित गर्न थप काम गर्नुपर्नेछ।

भासिएको सडक मर्मतका लागि आइतबार बिहान साढे ८ बजेदेखि दिनभर राजमार्ग बन्द गरेर काम गर्ने तयारी गरिएको थियो। ब्याक कटिङ गरेर निकालिएको माटो पन्छाउने, सडकलाई चौडा बनाउने र ग्राभेल गर्ने काम अझै बाँकी रहेको आयोजनाले जनाएको छ।

त्रिशूली नदीको कटानले सडकको केही भाग भासिएपछि पृथ्वी राजमार्ग हुँदै यात्रा गर्ने हजारौँ यात्रु प्रभावित भएका थिए। नयाँ ट्र्याक निर्माण गरी सवारीसाधन पास गराउन थालिए पनि सवारी चापअनुसार ट्राफिक व्यवस्थापन हुन नसक्दा यात्रुले थप सास्ती भोग्नुपरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। साउदी अरेवियामा बढ्दो तनावका बीच काठमाडौंबाट दमामका लागि निर्धारित उडान रद्द भएको छ । हिमालय एयरलाइन्सले यस रुटको उडान रद्द गरेको जनाएको छ । यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै दमाम गन्तब्यका लागि निर्धारित तालिका अनुसार हालका उडान रद्द गरिएको कम्पनीले जनाएको छ । २५ असोजको काठमाडौं–दमाम र दमाम–काठमाडौं रुटका उडान रद्द गरिएको कम्पनीले जनाएको छ ।
। बूढीगण्डकी नदीमा आएको लेदोसहितको बाढीले आरुघाट–धादिङ जोड्न मोटरेबल पुल बगाएपछि बेलिब्रिज राख्ने तयारी गरिएको छ । सडक डिजिभन कार्यालय हेटौँडाबाट बेलिब्रिजको सामान ल्याउने तयारी भइरहेको गोरखा सडक योजनाले जनाएको छ । ‘हेटौँडाबाट सामान ल्याउने तयारी भइरहेको छ,’ कार्यालय प्रमुख विनोद पुनले भने, ‘सम्भवत: भोलिसम्म सामान आउला, आएलगतै काम सुरु हुन्छ ।’ बेलिब्रिज निर्माणका लागि आजैबाट टोली ...
। गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीका कारण चुमनुब्री गाउँपालिकाको लोक्पास्थित सर्दिभिरमा रहेको क्यान्टिलिभर पुल बगेको छ। चुमनुब्री गाउँपालिकाकी उपप्रमुख लक्ष्मी गुरुङका अनुसार आज बिहान आएको बाढीले क्यान्टिलिभर पुल बगाएसँगै तल्लो चुम क्षेत्रमा आउजाउ ठप्प भएको छ। ‘बाढीले क्यान्टिलिभर पुल बगायो। अब तल्लो चुम जाने बाटोघाटो केही छैन,’ उनले भनिन्, ‘फेरि उहिल्यैबाट पहिल्याएर काठको भर्‍याङ र डोरी ...
। तनहुँ जलविद्युत् आयोजनाले निर्माणस्थलमा हुन सक्ने सम्भावित विपद्को जोखिम न्यूनीकरण, जनशक्तिको सुरक्षा तथा आपत्कालीन अवस्थामा प्रभावकारी उद्धार र प्रतिकार्य सुनिश्चित गर्न मुख्य बाँध निर्माणस्थलमा विपद् नमुना अभ्यास सम्पत्र गरेको छ । आयोजनाको नदी सुरक्षा व्यवस्थापन योजनाअन्तर्गत आपत्कालीन प्रतिकार्य उपयोजनाबमोजिम सञ्चालन गरिएको अभ्यासमा प्याकेज- १ (हेडवर्क्स) र प्याकेज-२ (मुख्य सुरुङ, विद्युतगृहलगायतका संरचना तथा सम्बन्धित उपकरणहरू)मा कार्यरत ...
। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीले पारेको असरबारे दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत देउवाले बाढीले नदी किनाराका बस्तीमा पारेको असरको खबरले आफू दुखित बनेको बताएका हुन् । उनले लेखेका छन्, ‘बूढीगण्डकी र त्रिशूली नदी किनारका तटीय क्षेत्रमा रहेका सबै नागरिकलाई उच्च सतर्कता सहित सुरक्षित स्थानमा रहन अनुरोध गर्दछु ।’ नेपाली कांग्रेसका पूर्वसभापति समेत ...