मुख्य समाचार
बेनी–जोमसोम सडकमा अस्थायी मार्ग निर्माण गरी सवारीसाधन सञ्चालन
बेनी–जोमसोम सडकमा अस्थायी मार्ग निर्माण गरी सवारीसाधन सञ्चालन

। कालीगण्डकी नदीको कटान र पहिरोले क्षतिग्रस्त बेनी–जोमसोम सडकमा अस्थायी मार्ग निर्माण गरी सवारीसाधन सञ्चालन गर्न थालिए पनि यात्रु र चालकको सास्ती हटेको छैन । साँघुरो, हिलाम्मे र जोखिमपूर्ण सडकमा सवारीसाधनको चाप बढ्दा घण्टौँसम्म जाम हुने गरेको छ ।

असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरोले कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी र मुस्ताङ जोड्ने सडकका विभिन्न खण्ड बगाएको थियो । नदी कटान भएका स्थानमा अस्थायी एकतर्फी मार्ग निर्माण र पहिरो पन्छाएपछि बिहीबार साँझदेखि सवारीसाधन सञ्चालन गर्न थालिएको हो ।

सडक सञ्चालनमा आएसँगै उपल्लो मुस्ताङ र चीनको कोरला नाकाबाट भन्सार जाँच पास गराएर आएका करिब पाँच सय मालवाहक कन्टेनर तथा ट्रक गन्तव्यमा पुग्ने प्रतिक्षामा सडकमा रोकिएका छन् । बेनीबाट मुस्ताङतर्फ जाने सवारीसाधनको चापसमेत बढ्दा सडकमा लामो जाम हुने गरेको छ

दसैँ र जाडोयामका लागि चीनबाट आयात गरिएका कपडा, खाद्यान्न तथा फलफूल बोकेका कन्टेनर लामो समयसम्म बाटोमै रोकिँदा व्यवसायी र चालक समस्यामा परेका छन् ।



विशेषगरी फलफूल बोकेका केही गाडीमा सामान कुहिन थालेको छ । सडक अवरुद्ध हुँदा सामान ढुवानीमा ढिलाइ हुनुका साथै व्यवसायीले आर्थिक क्षति व्यहोर्नुपर्ने अवस्था आएको छ ।

क्षतिग्रस्त सडकको मर्मत तथा सुधारको काम जारी रहेकाले काम गर्नुपर्ने समयमा सवारी आवागमन रोकिने गरेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख तेजस्वी शर्माले बताए ।

‘सोमबारदेखि सबै किसिमका सवारीसाधन सञ्चालन गराउने कार्ययोजना अनुसार परिक्षणका लागि हलुका सवारीसाधन मात्र गुडाउन थालिएको सडकमा अन्धाधुन्दा रूपमा मालवाहक ट्रक, पर्यटक र यात्रुवाहक यातायातका साधन चल्न थालेपछि मर्मतको काम प्रभावित भयो’, उनले भने, ‘प्रारम्भिक मर्मत भएको सडकलाई हिलो बनाउदाँ तिल्केनीचौरलगायत केही ठाउँमा गाडी फस्ने समस्या देखिएको छ ।’

कमजोर सडकमा पुन: पहिरो खस्ने र आवागमन अवरुद्ध हुने चिन्ताले चालक तथा यात्रु त्रसित छन् । बेनी–जोमसोम–कोरला सडक योजनाका प्राविधिक विनोद पौडेलले कुनौटा–पोखरेबगर क्षेत्रको करिब १० किलोमिटर सडक सुधारलाई तीव्रता दिइएको जानकारी दिए ।

उनका अनुसार सोमबारभित्र मर्मत सकेर सहज रूपमा सञ्चालन गर्न सकिने बनाउने लक्ष्य राखिएको छ ।

लामो समय सडक अवरुद्ध हुँदा मुस्ताङमा खाद्यान्न तथा खाना पकाउने ग्यासको आपूर्तिमा समस्या हुनुका साथै विद्युत् र फोन तथा इन्टरनेट सेवासमेत प्रभावित भएका छन् । दैनिक उपभोग्य वस्तुको आपूर्ति र जनजीवन सहज बनाउन सडकको पूर्ण सुधार आवश्यक देखिएको छ

चीनसँगको व्यापारिक आवागमनका लागि प्रयोग हुँदै आएका अन्य नाकामध्ये रसुवागढी बाढीपहिरोका कारण बन्द रहेको र तातोपानी नाकाबाट अपेक्षाअनुसार आवागमन हुन नसकेको अवस्थामा कोरला नाका महत्त्वपूर्ण विकल्प बनेको छ ।

तर, नाकाबाट सामान आयात भए पनि बेनी–जोमसोम सडक सहज नहुँदा ढुवानी र यात्रामा समस्या कायमै छ । अस्थायी मार्गबाट सवारी सञ्चालन हुन थाले पनि सडकको पूर्ण सुधार नभएसम्म म्याग्दी र मुस्ताङबीचको आवागमन तथा चीनसँगको व्यापार सहज हुने अवस्था देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। साउदी अरेवियामा बढ्दो तनावका बीच काठमाडौंबाट दमामका लागि निर्धारित उडान रद्द भएको छ । हिमालय एयरलाइन्सले यस रुटको उडान रद्द गरेको जनाएको छ । यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै दमाम गन्तब्यका लागि निर्धारित तालिका अनुसार हालका उडान रद्द गरिएको कम्पनीले जनाएको छ । २५ असोजको काठमाडौं–दमाम र दमाम–काठमाडौं रुटका उडान रद्द गरिएको कम्पनीले जनाएको छ ।
। बूढीगण्डकी नदीमा आएको लेदोसहितको बाढीले आरुघाट–धादिङ जोड्न मोटरेबल पुल बगाएपछि बेलिब्रिज राख्ने तयारी गरिएको छ । सडक डिजिभन कार्यालय हेटौँडाबाट बेलिब्रिजको सामान ल्याउने तयारी भइरहेको गोरखा सडक योजनाले जनाएको छ । ‘हेटौँडाबाट सामान ल्याउने तयारी भइरहेको छ,’ कार्यालय प्रमुख विनोद पुनले भने, ‘सम्भवत: भोलिसम्म सामान आउला, आएलगतै काम सुरु हुन्छ ।’ बेलिब्रिज निर्माणका लागि आजैबाट टोली ...
। गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीका कारण चुमनुब्री गाउँपालिकाको लोक्पास्थित सर्दिभिरमा रहेको क्यान्टिलिभर पुल बगेको छ। चुमनुब्री गाउँपालिकाकी उपप्रमुख लक्ष्मी गुरुङका अनुसार आज बिहान आएको बाढीले क्यान्टिलिभर पुल बगाएसँगै तल्लो चुम क्षेत्रमा आउजाउ ठप्प भएको छ। ‘बाढीले क्यान्टिलिभर पुल बगायो। अब तल्लो चुम जाने बाटोघाटो केही छैन,’ उनले भनिन्, ‘फेरि उहिल्यैबाट पहिल्याएर काठको भर्‍याङ र डोरी ...
। तनहुँ जलविद्युत् आयोजनाले निर्माणस्थलमा हुन सक्ने सम्भावित विपद्को जोखिम न्यूनीकरण, जनशक्तिको सुरक्षा तथा आपत्कालीन अवस्थामा प्रभावकारी उद्धार र प्रतिकार्य सुनिश्चित गर्न मुख्य बाँध निर्माणस्थलमा विपद् नमुना अभ्यास सम्पत्र गरेको छ । आयोजनाको नदी सुरक्षा व्यवस्थापन योजनाअन्तर्गत आपत्कालीन प्रतिकार्य उपयोजनाबमोजिम सञ्चालन गरिएको अभ्यासमा प्याकेज- १ (हेडवर्क्स) र प्याकेज-२ (मुख्य सुरुङ, विद्युतगृहलगायतका संरचना तथा सम्बन्धित उपकरणहरू)मा कार्यरत ...
। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीले पारेको असरबारे दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत देउवाले बाढीले नदी किनाराका बस्तीमा पारेको असरको खबरले आफू दुखित बनेको बताएका हुन् । उनले लेखेका छन्, ‘बूढीगण्डकी र त्रिशूली नदी किनारका तटीय क्षेत्रमा रहेका सबै नागरिकलाई उच्च सतर्कता सहित सुरक्षित स्थानमा रहन अनुरोध गर्दछु ।’ नेपाली कांग्रेसका पूर्वसभापति समेत ...