मुख्य समाचार
मन्त्री रामजी यादवले दक्ष जनशक्तिको अभाव देशको प्रमुख चुनौती भएको बताए
मन्त्री रामजी यादवले दक्ष जनशक्तिको अभाव देशको प्रमुख चुनौती भएको बताए

: श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले दक्ष जनशक्तिको अभाव देशको प्रमुख चुनौती भएको बताएका छन्।

भक्तपुरको सूर्यविनायक–४, दधिकोटमा स्थापना गरिएको ‘एभरेस्ट मल्टी स्किल’को आइतबार उद्घाटन गर्दै मन्त्री यादवले बजारको मागअनुसार सीपयुक्त जनशक्ति उत्पादन हुन नसक्दा बेरोजगारी बढेको बताए। “बजारले खोजेको सीप र हामीले उत्पादन गरिरहेको जनशक्तिबिचको अन्तर नै अहिलेको प्रमुख चुनौती हो। एकातर्फ युवाहरू बेरोजगारी भोगिरहेका छन् भने अर्कातर्फ उद्योग, निर्माण, पर्यटन, कृषि, सूचना प्रविधि तथा सेवा क्षेत्रमा दक्ष जनशक्तिको अभाव भइरहेको छ,” उनले भने।

सीपमूलक तालिम दिने निजी संस्थाहरूले सरकारलाई नै सघाइरहेकाले दक्ष जनशक्ति उत्पादनमा निजी क्षेत्रको लगानीको उनले खुलेर प्रशंसा समेत गरे। सरकारको ध्यान पनि युवाहरूलाई दक्ष बनाउनेतर्फ केन्द्रित रहेको उनले दाबी गरे।

कार्यक्रममा भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य राजीव खत्रीले परम्परागत पेसा र व्यवसायमा संलग्न नागरिकहरूको सीप परीक्षण गरी प्रमाणपत्र दिनुपर्नेमा जोड दिए। 'मध्यपुर थिमिका कुम्हाले समुदाय माटोका भाँडा बनाउने काममा निपुण छन्, उनीहरूको सीपलाई राज्यले प्रमाणित गर्न ढिला गर्नुहुँदैन,' उनले भने।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। साउदी अरेवियामा बढ्दो तनावका बीच काठमाडौंबाट दमामका लागि निर्धारित उडान रद्द भएको छ । हिमालय एयरलाइन्सले यस रुटको उडान रद्द गरेको जनाएको छ । यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै दमाम गन्तब्यका लागि निर्धारित तालिका अनुसार हालका उडान रद्द गरिएको कम्पनीले जनाएको छ । २५ असोजको काठमाडौं–दमाम र दमाम–काठमाडौं रुटका उडान रद्द गरिएको कम्पनीले जनाएको छ ।
। बूढीगण्डकी नदीमा आएको लेदोसहितको बाढीले आरुघाट–धादिङ जोड्न मोटरेबल पुल बगाएपछि बेलिब्रिज राख्ने तयारी गरिएको छ । सडक डिजिभन कार्यालय हेटौँडाबाट बेलिब्रिजको सामान ल्याउने तयारी भइरहेको गोरखा सडक योजनाले जनाएको छ । ‘हेटौँडाबाट सामान ल्याउने तयारी भइरहेको छ,’ कार्यालय प्रमुख विनोद पुनले भने, ‘सम्भवत: भोलिसम्म सामान आउला, आएलगतै काम सुरु हुन्छ ।’ बेलिब्रिज निर्माणका लागि आजैबाट टोली ...
। गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीका कारण चुमनुब्री गाउँपालिकाको लोक्पास्थित सर्दिभिरमा रहेको क्यान्टिलिभर पुल बगेको छ। चुमनुब्री गाउँपालिकाकी उपप्रमुख लक्ष्मी गुरुङका अनुसार आज बिहान आएको बाढीले क्यान्टिलिभर पुल बगाएसँगै तल्लो चुम क्षेत्रमा आउजाउ ठप्प भएको छ। ‘बाढीले क्यान्टिलिभर पुल बगायो। अब तल्लो चुम जाने बाटोघाटो केही छैन,’ उनले भनिन्, ‘फेरि उहिल्यैबाट पहिल्याएर काठको भर्‍याङ र डोरी ...
। तनहुँ जलविद्युत् आयोजनाले निर्माणस्थलमा हुन सक्ने सम्भावित विपद्को जोखिम न्यूनीकरण, जनशक्तिको सुरक्षा तथा आपत्कालीन अवस्थामा प्रभावकारी उद्धार र प्रतिकार्य सुनिश्चित गर्न मुख्य बाँध निर्माणस्थलमा विपद् नमुना अभ्यास सम्पत्र गरेको छ । आयोजनाको नदी सुरक्षा व्यवस्थापन योजनाअन्तर्गत आपत्कालीन प्रतिकार्य उपयोजनाबमोजिम सञ्चालन गरिएको अभ्यासमा प्याकेज- १ (हेडवर्क्स) र प्याकेज-२ (मुख्य सुरुङ, विद्युतगृहलगायतका संरचना तथा सम्बन्धित उपकरणहरू)मा कार्यरत ...
। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीले पारेको असरबारे दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत देउवाले बाढीले नदी किनाराका बस्तीमा पारेको असरको खबरले आफू दुखित बनेको बताएका हुन् । उनले लेखेका छन्, ‘बूढीगण्डकी र त्रिशूली नदी किनारका तटीय क्षेत्रमा रहेका सबै नागरिकलाई उच्च सतर्कता सहित सुरक्षित स्थानमा रहन अनुरोध गर्दछु ।’ नेपाली कांग्रेसका पूर्वसभापति समेत ...