मुख्य समाचार
विपद् पूर्वतयारी र प्रतिकार्य क्षमता अभिवृद्धि अभ्यास
विपद् पूर्वतयारी र प्रतिकार्य क्षमता अभिवृद्धि अभ्यास

। तनहुँ जलविद्युत् आयोजनाले निर्माणस्थलमा हुन सक्ने सम्भावित विपद्को जोखिम न्यूनीकरण, जनशक्तिको सुरक्षा तथा आपत्कालीन अवस्थामा प्रभावकारी उद्धार र प्रतिकार्य सुनिश्चित गर्न मुख्य बाँध निर्माणस्थलमा विपद् नमुना अभ्यास सम्पत्र गरेको छ ।

आयोजनाको नदी सुरक्षा व्यवस्थापन योजनाअन्तर्गत आपत्कालीन प्रतिकार्य उपयोजनाबमोजिम सञ्चालन गरिएको अभ्यासमा प्याकेज- १ (हेडवर्क्स) र प्याकेज-२ (मुख्य सुरुङ, विद्युतगृहलगायतका संरचना तथा सम्बन्धित उपकरणहरू)मा कार्यरत जनशक्तिलाई लक्षित गरिएको थियो ।

अभ्यासमा क्रममा सम्भावित विपद्का बेला अपनाउनुपर्ने सुरक्षा सावधानी, तत्काल उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण तथा आपत्कालीन अवस्थामा प्रभावकारी समन्वय गर्ने विधिबारे व्यवहारिक अभ्यास गरिएको थियो । नमुना अभ्यासमा तनहुँ हाइड्रोपावर लिमिटेड (टीएचएल) का प्रबन्ध–सञ्चालक, आयोजना प्रबन्धक तथा अन्य पदाधिकारी, नेपाली सेनाको दमौलीस्थित कालिभञ्जन गणका अधिकारी, आयोजना सुपरीवेक्षण परामर्शदाता (पीएससी), वातावरण तथा सामाजिक व्यवस्थापन सेवा प्रदायक र निर्माण व्यवसायीका प्रतिनिधिहरूको उपस्थिति थियो ।

कार्यक्रममा टीएचएलका प्रबन्ध–सञ्चालक छविलाल गैह्रेले विपद् व्यस्थापनमा पूर्वतयारी, समयमै सूचना प्रवाह र प्रभावकारी उद्धार प्रणालीको महत्वमा जोड दिँदै आयोजनाले निर्माणस्थलमा कार्यरत जनशक्तिको सुरक्षा र सम्भावित जोखिम न्यूनीकरणलाई उच्च प्राथमिकतामा राखेको बताए । उनले यस्ता अभ्यास विपद्का बेला तत्काल निर्णय लिन, सम्बन्धित निकायबीच समन्वय गर्न तथा मानवीय क्षति न्यूनीकरण गर्न महत्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गरे ।



उनले आयोजनाको प्रतिबद्धता निर्माणस्थलमा कार्यरत जनशक्तिको सुरक्षामा मात्र सीमित नरहेको उल्लेख गर्दै बाँधस्थलभन्दा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने समुदायलाई सम्भावित बाढी तथा अन्य जोखिमबारे सचेत गराउन र आपत्कालीन अवस्थामा सुरक्षित रहन विभित्र कार्यक्रम सञ्चालन भइरहेको उल्लेख गरे ।

आयोजनाले बाँधस्थलदेखि तल्लो तटीय क्षेत्र हुँदै सेती र त्रिशूली नदीको दोभानसम्म सम्भावित जोखिमबारे समयमै सूचना प्रवाह गर्न १७ वटा साइरन जडान गरेको छ । त्यसैगरी, नदीमा बाढी आएमा सुरक्षित स्थानमा जान तथा आपत्कालीन अवस्थामा अपनाउनुपर्ने सावधानीबारे जानकारी दिन १० स्थानमा सूचनामूलक होर्डिङ बोर्ड राखिएको छ ।

आयोजनाले विपद् जोखिम न्यूनिकरणलाई निर्माण व्यवस्थापनको अभिन्न अंगका रूपमा अघि बढाउँदै आएको छ । नियमित नमुना अभ्यास, आपत्कालीन प्रतिकार्यको तयारी, पूर्वसूचना प्रणालीको सुदृढीकरण र तल्लो तटीय क्षेत्रका समुदायमा जनचेतना अभिवृद्धिमार्फत निर्माणस्थलमा कार्यरत जनशक्ति तथा स्थानीय बासिन्दाको सुरक्षा सुनिश्चित गर्न आयोजना प्रतिबद्ध रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल पत्रकार महासंघले प्रेस काउन्सिल ऐन, २०४८ लाई संशोधन गर्न सरकारले ल्याएको अध्यादेश जारी नगर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष जोडदार माग गरेको छ। अध्यक्ष निर्मला शर्माको नेतृत्वमा महासंघका पदाधिकारी, सल्लाहकार तथा केन्द्रीय सदस्य सम्मिलित टोलीले आज राष्ट्रपति भवन पुगेर राष्ट्रपति पौडेलसँग भेटघाट गर्दै ध्यानाकर्षण गराएको हो। भेटका क्रममा महासंघले अध्यादेशका प्रावधानहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा पार्न ...
: लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी आनी छोइङ डोल्माको नागरिकता छानबिन गर्न माग गर्दै राष्ट्रिय जेनजी नागरिक अभियानले जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा ज्ञापनपत्र बुझाएको छ। छोइङ डोल्माको नागरिकता तथा सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित विषयमा उठेका प्रश्नहरूको निष्पक्ष छानबिन गर्न माग गर्दै अभियानले शुक्रबार काठमाडौँ प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको हो। राष्ट्रिय जेनजी नागरिक अभियानका संयोजक सुनिल सिंहले ...
: नेपाली कांग्रेसकी महामन्त्री डिला सङ्ग्रौलाले सरकारले आफ्ना कमजोरी र अक्षमता ढाकछोप गर्न कांग्रेसमाथि प्रहार गरिरहेको आरोप लगाएकी छन्। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले सरकारले कुनै प्रमाणबिना १८ करोडको डिल भएको भन्ने भाष्य खडा गरेर कांग्रेस सभापति गगनकुमार थापालाई बदनाम गराउन खोजेको उल्लेख गरिन्। आफ्ना काला कर्तुत लुकाउनकै लागि सरकारले थापालाई पक्रिने हल्ला फैलाएको उनको ...
: निर्वतमान नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सरकारको निर्णयविरुद्ध दायर गरेको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ। रिट केहीबेरअघि दर्ता भएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ। सरकारले आफूलाई प्रहरी प्रमुखबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाउने निर्णय गरेपछि अन्याय भएको दाबीसहित कार्कीले उक्त निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दिएका हुन्। कार्कीले आफूलाई पदावधि ...
: मेचीनगर नगरपालिका-५ सिर्जना चोकस्थित चिया बगानबाट ५५७ केजी अवैध गाँजा बरामद गरिको छ । शुक्रबार बिहान स्थानीय टेकेन्द्र थापाको (हाल विदेशमा रहेको) व्यक्तिगत चिया बगानमा बेवारिसे अवस्थामा गाँजा राखिएको भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोली खटिई खोजतलास गर्ने क्रममा १३ पोका गाँजा फेला परेको थियो । बरामद गाँजाको प्लास्टिकसहित तौल गर्दा ५६२ केजी ८०० ग्राम ...